pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा थाहामा शहरी स्वास्थ्य सम्बन्धि अभिमुखिकरण

1743169254010-1743169502.jpg

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा थाहा नगरपालिकाका जनप्रतिनिधि र सरोकारवालालाई शहरी स्वास्थ्य कार्यक्रम अन्तर्गत एक दिने नसर्ने रोग सम्बन्धी जनचेतनामुलक अभिमुखीकरण गरेको छ । 

जनप्रतिनिधि र सरोकारवालालाई नसर्ने रोगबारे अभिमुखीकरण गर्नु हुदै जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजारले आफु स्वास्थ्य भए आफ्नौ घर आगाँन देखि परिवार र समाज स्वास्थ्य रहने भएकाले यहाँका स्थानीय सरकार संगको समन्वयमा बढ्दो शहरीकरण संगै नसर्ने रोग बारे जनचेतना गरिएको बताए । राज्यले बागमती प्रदेशका जनतालाई मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम अन्तर्गत  यहाँका नागरिकलाई स्वास्थ्य क्षेत्रमा लाभ मिलेको र यहाँका नागरिकले  नगरपालिकाको स्वास्थ्य शाखासँग समन्वय गरेर यहाँका नागरिकलाई नसर्ने रोगबाट मुक्त गर्न बिभिन्न प्रकारका स्वास्थ्य सम्बन्धीका रोग बारे सचेतीकरण गरिएको उनले बताए ।
कार्यक्रमबारे जानकारी दिदै स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले पहिले सर्ने रोगहरुलाई मात्र प्राथमिकतामा राखी अभिलेख राख्दै आएको भएपनी अहिले सरकारले नसर्ने रोगको बारेमा जनचेतना दिइरहेको बताउनु भयो । नसर्ने रोग भनेको मुटु रोग ,मधुमेह, क्यान्सर तथा श्वासप्रश्वास रोगहरु पर्ने स्वास्थ शाखा प्रमुख बलामीले जानकारी दिनुभयो ।

 स्वास्थकर्मी तथा सरोकारवालाहरुलाई ब्यवहारिक ज्ञान दिनको लागि आयोजना गरिएको कार्यक्रममा विश्वभरमा ८०% मानिसहरुको मृत्यु नसर्ने रोगबाट हुने गरेको तथ्यांक रहेको रहेको जनस्वास्थ्य प्रमुख मिजारले बताउनु भयो ।
कार्यक्रममा तीन बर्षको आयोजनाको अन्तिम बर्ष भएकोले शहरी स्वास्थ्य कार्यक्रम अब स्थानीय तह र स्वास्थ्य संस्थाहौलाइ कार्यक्रम हस्तान्तरण सहित शहरी स्वास्थ्य कार्यक्रमलाई स्थानिय स्वास्थ्य प्रणालीमा समाहित गर्ने र जनस्वास्थ्य कार्यक्रम हरुमा जोड दिने बताइयो।

अभिमुखिकरण कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत दिलेन्द्र बुढा मगर,लक्ष्मण घिमिरे,खोप तथा बालस्वास्थ्य फोकल पर्सन बासुदेव रिमाल  थाहा नगरपालिका भित्र रहेका ७ वटा शहरी स्वास्थ्य संस्थाका प्रमुख हरु,महिला स्वास्थ्य स्वयंसेविका हरु,जनप्रतिनिधि,स्थानीय युवा क्लवका प्रतिनिधि,संचारकर्मी,स्वास्थ्यकर्मी,लगायतका सहभागी रहेको थियो।

कार्यक्रममा सहभागी हरुले बढ्दो शहरीकरण संगै नसर्ने रोगको चुनौती बढ्दै गैरहेकोमा सरोकारवाला हरुले चिन्ता व्यक्त गर्दै रोकथामको उपायहरु अपनाउनुपर्नेमा जोड दिएका थिए।

1743169259614-1743169502.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...