pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

जनप्रतिनिधि संग एच.आइ.भि सम्बन्धित अन्तरक्रिया

FB_IMG_1689071809785-1689071952.jpg

नेपालमा पहिलो पटक एचआइभी संक्रमित पत्ता लागेकै ३६ वर्ष पुगिसकेको छ ।  तर पनि अझै पनि एचआइभी संक्रमितहरु समाजमा लुकेर बस्न बाध्य छन् ।
बागमती प्रदेश ,स्वास्थ्य मन्त्रालय ,स्वास्थ्य निर्देशनालय हेटौंडाले थाहा नगरपालिकामा  आयोजना गरेको एच आइ भि संग सम्बन्धित लाल्छना र भेदभाव सम्बन्धि जनप्रतिनिधि हरु संग अन्तरक्रिया कार्यक्रममा एचआइभीको बारेमा प्रयाप्त जनचेतना नहुँदा संक्रमितहरु खुलेर उपचारमा आउन नसकेको केन्द्रका क्षयरोग तथा एच आइ भि फोकल
 पर्सन जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो ।
नेपालमा एचआएभी संक्रमितको उपचार र औषधिमा निकै प्रगति भएको भए पनि अझै ठूलो संख्यामा संक्रमित खुलेर नहाउँदा थप समस्या भएको कर्णको भनाइ रहेको थियो ।
तेसै गरि मकवानपुर पोजेटिभ समूह हेटौंडाकि कोषाध्यक्ष सावित्री लामिछानेले उपचारमा आएका संक्रमितहरुलाई निरन्तरता दिएर राख्न सकिएको भए पनि समाजको स्टिग्माको कारण केही संक्रमित उपचारमा नआउँदा त्यसले एड्स नियन्त्रण गर्ने लक्ष्यमा पुग्न चुनौती रहेको बताउदै समाजमा ब्याप्त जनचेतनाको कमिले एच आइभी संक्रमितलाई खुल्न गारो हुदा उपचारमा समस्या रहेको र अझ पुरुषलाई भन्दा महिलालाई खुल्न झन गाह्रो हुने अनुभव सुनाइन।
थाहा नगरपालिकाका जनप्रतिनिधि हरुको उपस्तिथि रहेको अन्तरक्रिया कार्यक्रममा थाहा नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी,सेभ द चिल्ड्रेन बागमती प्रदेशका बरिस्ठ कार्यक्रम संयोजक राजेश साह,स्वास्थ्य कार्यालय हेटौंडाका जनस्वास्थ्य निरीक्षक ठाकुर पौडेलले सहजीकरण गरेका थिए ।
नेपाल सरकारले सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । त्यसका लागि तीनवटा क्षेत्रमा ९५ प्रतिशत परिणाम ल्याउनुपर्ने छ ।
पहिलो ९५ प्रतिशत एचआइभी संक्रमितले आफनो संक्रमण अवस्थाबारे थाहा पाउनुपर्ने दोस्रोमा ९५ प्रतिशतमा उपचारको पहुँच हुनुपर्ने र तेस्रोमा औषधि खानेमा ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुनुपर्नेछ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...