pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

जनप्रतिनिधि संग एच.आइ.भि सम्बन्धित अन्तरक्रिया

FB_IMG_1689071809785-1689071952.jpg

नेपालमा पहिलो पटक एचआइभी संक्रमित पत्ता लागेकै ३६ वर्ष पुगिसकेको छ ।  तर पनि अझै पनि एचआइभी संक्रमितहरु समाजमा लुकेर बस्न बाध्य छन् ।
बागमती प्रदेश ,स्वास्थ्य मन्त्रालय ,स्वास्थ्य निर्देशनालय हेटौंडाले थाहा नगरपालिकामा  आयोजना गरेको एच आइ भि संग सम्बन्धित लाल्छना र भेदभाव सम्बन्धि जनप्रतिनिधि हरु संग अन्तरक्रिया कार्यक्रममा एचआइभीको बारेमा प्रयाप्त जनचेतना नहुँदा संक्रमितहरु खुलेर उपचारमा आउन नसकेको केन्द्रका क्षयरोग तथा एच आइ भि फोकल
 पर्सन जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो ।
नेपालमा एचआएभी संक्रमितको उपचार र औषधिमा निकै प्रगति भएको भए पनि अझै ठूलो संख्यामा संक्रमित खुलेर नहाउँदा थप समस्या भएको कर्णको भनाइ रहेको थियो ।
तेसै गरि मकवानपुर पोजेटिभ समूह हेटौंडाकि कोषाध्यक्ष सावित्री लामिछानेले उपचारमा आएका संक्रमितहरुलाई निरन्तरता दिएर राख्न सकिएको भए पनि समाजको स्टिग्माको कारण केही संक्रमित उपचारमा नआउँदा त्यसले एड्स नियन्त्रण गर्ने लक्ष्यमा पुग्न चुनौती रहेको बताउदै समाजमा ब्याप्त जनचेतनाको कमिले एच आइभी संक्रमितलाई खुल्न गारो हुदा उपचारमा समस्या रहेको र अझ पुरुषलाई भन्दा महिलालाई खुल्न झन गाह्रो हुने अनुभव सुनाइन।
थाहा नगरपालिकाका जनप्रतिनिधि हरुको उपस्तिथि रहेको अन्तरक्रिया कार्यक्रममा थाहा नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी,सेभ द चिल्ड्रेन बागमती प्रदेशका बरिस्ठ कार्यक्रम संयोजक राजेश साह,स्वास्थ्य कार्यालय हेटौंडाका जनस्वास्थ्य निरीक्षक ठाकुर पौडेलले सहजीकरण गरेका थिए ।
नेपाल सरकारले सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । त्यसका लागि तीनवटा क्षेत्रमा ९५ प्रतिशत परिणाम ल्याउनुपर्ने छ ।
पहिलो ९५ प्रतिशत एचआइभी संक्रमितले आफनो संक्रमण अवस्थाबारे थाहा पाउनुपर्ने दोस्रोमा ९५ प्रतिशतमा उपचारको पहुँच हुनुपर्ने र तेस्रोमा औषधि खानेमा ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुनुपर्नेछ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg