pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

चन्द्रागिरि-चित्लाङ-पालुङ-चितवन द्रुतमार्गमा पुर्व अर्थमन्त्री शर्माको ध्यानाकर्षण

FB_IMG_1693573104213-1693573119.jpg

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भैरहँदा उत्पन्न समस्याका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव शर्माले मुलुकको संघीय राजधानी काठमाडौंसँग सम्पूर्ण देश जोड्ने पृथ्वी राजमार्ग र मुग्लिन- नारायणघाट सडक खण्डमा पटक-पटक समस्या आईरहेको बताउँदै यसले दैनिक यात्रा गर्ने देशभरका आम नागरिक र नेपाल घुम्न आउने विदेशी पर्यटकले कठिनाई भोग्नुपरेको बताएका छन् ।

 

गत आर्थिक वर्ष २०७९/८० को बजेटमा चन्द्रागिरि-चित्लाङ-पालुङ-चितवन द्रुतमार्ग परियोजना बनाउने घोषणा गरेका तत्कालीन अर्थ मन्त्री शर्माले सो परियोजनाको सम्भाव्यता अध्ययन सकिएको जानकारी पनि दिएका छन् ।

अध्ययन अनुसार सो द्रुत मार्गको कुल लम्बाई ९६.५० कि.मी हुनेछ । जसमा सुरुङको कुल लम्बाई २९.८०किलोमिटर तथा पुलको लम्बाई ९.५३० किलोमिटर हुने प्रक्षेपण गरिएको छ ।

३.५० मिटर चाैडाइ भएको चार लेनको सो सडकमा ५६ वटा कलभर्ट, २.५० मिटर चाैडाइको पेभ सोल्डर रहने सो द्रुत मार्गको डिजाइन गति ८०-१२० कि.मी प्रति घण्टा रहनेछ जसअनुसार चन्द्रागिरिबाट पालुङ हुँदै चितवनसम्म यात्रा गर्न ५७ मिनेट लाग्नेछ ।

पूर्व अर्थ मन्त्री शर्माले  आधुनिक प्रविधि प्रयोग गरेर नारायणघाट-काठमाडौंं द्रुतमार्ग निर्माण गरेर एक घण्टामा यात्रा गर्न सकिने अध्ययनले देखाएको बताउँदै शर्माले सो मार्गलाई कालिगण्डकी किनार हुँदै पाल्पाको रामपुरसम्म र त्यँहावाट बुटवल र पोखरातर्फ पनि सुरुङमार्ग निर्माण गरेर लुम्बिनी-नारायणघाट- काठमाडौं २ घण्टामा, लुम्बिनी-पोखरा १ घण्टामा तथा पोखरा-नारायणघाट-काठमाडौंं दुई घण्टामै यात्रा गर्न सकिने धारणा राखेका छन् ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...