pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

ग्लोबल आइएमईका शाखा प्रमुखलाई कोरोना हुँदा थाहामा त्रास
त्यही दिन हेटौँडा फर्किनुभएका उहाँलाई घरमा पुगेपछि ज्वरो आयो । भोलिपल्ट परीक्षण गराउँदा कोरोना देखियो

korona-1597564466.jpg

दुई दिनअघि हेटौंडा निबासी दिपेन्द्र थापाले आफ्नो फेसबुकमा लेख्नुभयो, ‘बिगत ७ दिन देखि मेरो सम्पर्कमा रहनुहुने सम्पूर्ण व्यक्ति सुरक्षित हुनुहोला । मेरो corona रिपोर्ट positive देखिएको छ । म अहिले कुशल छु ।’ 

प्रशासनले यसैबीच ग्लोबल आएमई बैंकको हेटौडा शाखा सिल ग¥यो । शाखामा कार्यरत एकजनामा कोरोना संक्रमण पुष्टि भएको भन्दै प्रशासनले सिल गरेको थियो ।  
प्रशासनले ग्लोबल आईएमई बैकको हेटौडा शाखा सिल गर्नु र त्यही शाखाका व्यवस्थापक थापाले फेसबुकमा आफूलाई कोरोना भएको सार्वजनिक गर्नुले  अहिले थाहा नगरपालिका पनि तरंगित भएको छ । शाखा प्रमुख थापा गत साउन २३ गते शुक्रबार थाहानगर आउनु भएको थियो । त्यही दिन हेटौँडा फर्किनुभएका उहाँलाई घरमा पुगेपछि ज्वरो आयो । भोलिपल्ट परीक्षण गराउँदा कोरोना देखियो । 

थाहापाटीलाई प्राप्त जानकारी अनुसार शाखा प्रमुख थापा एउटा स्कोरपियो गाडी चढेर थाहानगरका एकजना राजनीतिकर्मीसँग पालुङ आउनु भएको थियो । गाडीको अगाडि सिटमा राजनीतिकर्मी र पछाडि थापा बस्नु भएको थियो । उहाँसँगै बैंकका एकजना भ्यालुएटर(जग्गा मूल्याङ्कन परामर्शकर्ता) पनि थिए । उहाँहरु सिधै थाहा–२ को महादेबथान जानुभयो । त्यहाँ केहीबेर बसेपछि खाना खान थाहा–३ को एक होटलमा जानुभयो । होटलमा थाहानगरका अरु ३ जनासँग भेट भयो । खाना पछि थापा र भ्यालुएटर  होटलमै भेटिएका थाहानगर बज्रवाराहीका एक जनासँग स्कोरपियो चढेर बज्रवाराही गए । राजनीतिकर्मीचाहिँ होटलमै भेटिएका अर्काे एकजनाको गाडीमा थाहा नगरपालिका पुग्नुभयो । नगरपालिकामा उहाँ राजश्व शाखामा छिर्नुभयो । नगरप्रमुखको कार्यकक्षमा बसेर नगर प्रमुख र केही वडाअध्यक्षसँग बसेर ‘ग्रिन टी’ पिउनु भयो । 

त्यसपछि बज्रवाराही टोली र नगरपालिका जाने टोलीको भेट शिखरकोटमा भयो । केहीबेर पछि उनीहरुले थाहा ४ मा रहेको एक होटलमा खाजा खाए । खाजापछि बैंकका शाखाप्रमुख थापासहितको टोली हेटौंडा फर्कियो ।

कोरोना पुष्टि भएपछि अहिले थापा होम आइसोलेसनमा रहनु भएको छ । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभएको छ । 
थापाको सम्पर्कमा आएका थाहा नगरका व्यक्तिहरुहरुमा कुनै लक्षण नदेखिएको उनीहरुले बताएका छन् । तर पिसिआर टेस्ट गरिएको छैन । थापा थाहा नगर आउनु भएको आज आइतबार १० औं दिन हो । 
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg