pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

ग्लोबल आइएमईका शाखा प्रमुखलाई कोरोना हुँदा थाहामा त्रास
त्यही दिन हेटौँडा फर्किनुभएका उहाँलाई घरमा पुगेपछि ज्वरो आयो । भोलिपल्ट परीक्षण गराउँदा कोरोना देखियो

korona-1597564466.jpg

दुई दिनअघि हेटौंडा निबासी दिपेन्द्र थापाले आफ्नो फेसबुकमा लेख्नुभयो, ‘बिगत ७ दिन देखि मेरो सम्पर्कमा रहनुहुने सम्पूर्ण व्यक्ति सुरक्षित हुनुहोला । मेरो corona रिपोर्ट positive देखिएको छ । म अहिले कुशल छु ।’ 

प्रशासनले यसैबीच ग्लोबल आएमई बैंकको हेटौडा शाखा सिल ग¥यो । शाखामा कार्यरत एकजनामा कोरोना संक्रमण पुष्टि भएको भन्दै प्रशासनले सिल गरेको थियो ।  
प्रशासनले ग्लोबल आईएमई बैकको हेटौडा शाखा सिल गर्नु र त्यही शाखाका व्यवस्थापक थापाले फेसबुकमा आफूलाई कोरोना भएको सार्वजनिक गर्नुले  अहिले थाहा नगरपालिका पनि तरंगित भएको छ । शाखा प्रमुख थापा गत साउन २३ गते शुक्रबार थाहानगर आउनु भएको थियो । त्यही दिन हेटौँडा फर्किनुभएका उहाँलाई घरमा पुगेपछि ज्वरो आयो । भोलिपल्ट परीक्षण गराउँदा कोरोना देखियो । 

थाहापाटीलाई प्राप्त जानकारी अनुसार शाखा प्रमुख थापा एउटा स्कोरपियो गाडी चढेर थाहानगरका एकजना राजनीतिकर्मीसँग पालुङ आउनु भएको थियो । गाडीको अगाडि सिटमा राजनीतिकर्मी र पछाडि थापा बस्नु भएको थियो । उहाँसँगै बैंकका एकजना भ्यालुएटर(जग्गा मूल्याङ्कन परामर्शकर्ता) पनि थिए । उहाँहरु सिधै थाहा–२ को महादेबथान जानुभयो । त्यहाँ केहीबेर बसेपछि खाना खान थाहा–३ को एक होटलमा जानुभयो । होटलमा थाहानगरका अरु ३ जनासँग भेट भयो । खाना पछि थापा र भ्यालुएटर  होटलमै भेटिएका थाहानगर बज्रवाराहीका एक जनासँग स्कोरपियो चढेर बज्रवाराही गए । राजनीतिकर्मीचाहिँ होटलमै भेटिएका अर्काे एकजनाको गाडीमा थाहा नगरपालिका पुग्नुभयो । नगरपालिकामा उहाँ राजश्व शाखामा छिर्नुभयो । नगरप्रमुखको कार्यकक्षमा बसेर नगर प्रमुख र केही वडाअध्यक्षसँग बसेर ‘ग्रिन टी’ पिउनु भयो । 

त्यसपछि बज्रवाराही टोली र नगरपालिका जाने टोलीको भेट शिखरकोटमा भयो । केहीबेर पछि उनीहरुले थाहा ४ मा रहेको एक होटलमा खाजा खाए । खाजापछि बैंकका शाखाप्रमुख थापासहितको टोली हेटौंडा फर्कियो ।

कोरोना पुष्टि भएपछि अहिले थापा होम आइसोलेसनमा रहनु भएको छ । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभएको छ । 
थापाको सम्पर्कमा आएका थाहा नगरका व्यक्तिहरुहरुमा कुनै लक्षण नदेखिएको उनीहरुले बताएका छन् । तर पिसिआर टेस्ट गरिएको छैन । थापा थाहा नगर आउनु भएको आज आइतबार १० औं दिन हो । 
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...