pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

खेलकुद बिकासको लागि प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री मोक्तान

IMG_20211102_142139~2-1635856229.jpg

कात्तिक १६/बागमती प्रदेशको सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले युवा तथा खेलकुद क्षेत्रको बिकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मंगलबार थाहा नगरपालिका वडा नम्बर २ फाँटबजारमा आयोजना गरिएको चौंथो बिनय बाबु स्मृति मकवानपुर जिल्ला स्तरिय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री मोक्तानले खेलकुद सामाजिक बिकासकोलागि महत्त्वपूर्ण भएको बताउनुभयो ।

जिल्ला स्तरिय रनिङ शिल्ड भलिवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाका राजनितिक सल्लाहकार बिष्णु बिष्ट, माओवादी केन्द्र प्रदेश कमिटि सदस्य प्रकाश पाण्डे, थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्ट, नेकपा एकीकृत समाजबादीका बागमती प्रदेश सदस्य गौतम बुद्ध लामा,  नेकपा एमालेका थाहा नगर अध्यक्ष अच्युतम ढकाल, नेपाली कांग्रेस थाहा नगर उपसभापति नबराज कार्की, नेकपा माओबादी केन्द्रका थाहा नगर अध्यक्ष अरुण रायमाझी, राप्रपा थाहानगर कमिटि अध्यक्ष नबिन रायमाझी, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्रीराम तिमल्सिना, थाहा नगरपालिका वडा नं. १ का अध्यक्ष हेरमान गोपाली, २ का अध्यक्ष गुप्त बहादुर कार्की, वडा नम्बर ३ का अध्यक्ष तथा थाहा नगर खेलकुद बिकास समितिका संयोजक राजेश केसी, वडा नम्बर ४ का अध्यक्ष दिपक सिं लामा लगायतको आतिथ्यता रहेको थियो ।

बिनयबाबु स्मृति प्रतिष्ठान थाहा नगरपालिकाको आयोजनामा भएको भलिवल प्रतियोगिताको स्वागत मन्तब्य कार्यक्रम संयोजक शंकर लो गर्नुभएको थियो भने कार्यक्रम संचालन प्रतिस्ठानका उपाध्यक्ष शेखर कार्कीले गर्नु भएको थियो ।

३ दिनसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रम प्रतिस्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको थियो ।


१७ टिम सहभागि भएको प्रतियोगिताको आज मंगलबार भएको खेलमा गैरिगाउ शसक्त युवा क्लब हेटौंडा, फुफु म्हेन्दो युवा क्लब थाहा ७, बिनय बाबु स्मृति प्रतिस्ठान थाहा २, मेत्तोक युवा क्लब थाहा २, हिमाली डाँफे युवा क्लब मार्खु, नब प्रतिभा सांस्कृतिक युवा क्लब आमभन्ज्याङ बिजयी भएका छन् ।

भोलि बुधबार बिहान ७ बजेदेखि लिग चरणको खेल हुने आयोजकले बताए ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20211102_142633-1635856230.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...