pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

कोरोना बिरुद्धको खोप अभियान सञ्चालनमा ल्याईने
जेठ २५ देखि ६० देखि ६४ बर्ष उमेरकालाई लगाईने

jilla-prassan-1623045041.jpg

आईतबार बसेको कोभिड १९ सम्बन्धी जिल्ला खोप समन्वय समितिको बैठकले आगामी जेष्ठ २५ गते देखी २८ गते सम्म SARS-COV-2 Vaccine (verocell inactive) खोप अभियान संचालन गरी खोप लगाउने निर्णय गरेको छ । पहिलो चरणमा ६० बर्ष देखि ६४ बर्ष उमेर समुहका करीब ८ हजार जनालाई यो खोप लगाईने भएको हो । खोपलाई ब्यस्थित तरिकाले लगाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिएको छ । खोप लगाउन आउदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा सम्बन्धित वडा कार्यालयले दिएको सिफारिसको आधारमा खोप दिने निर्णय भएको छ ।

सबै पालिकाहरूले खोप लगाएका व्यक्तिको दर्ता हरेक दिन IMU App मा गर्ने, खोप रजिष्टरमा समेत विवरण प्रविष्टि गरी दैनिक प्रतिवेदन स्वास्थ्य कार्यालय मकवानपुरमा पेश गर्नु पर्ने लगाएतका निर्णहरु भएकाछन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको संयोजकत्वमा भएको बैठकले सबै पालिकाहरूका स्वास्थ्य संस्थाहरू ९अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य केन्द्र, ग्रामीण सामुदायिक स्वास्थ्य इकाई० मा आवश्यकता र औचित्यताका आधारमा स्थानीय तहबाट निर्णय गरी खोप केन्द्र कायम गर्ने ।

खोप अभियान सञ्चालन गर्दा भिडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्ने, गराउने समेत निर्णय भएको छ  । ६०—६४ वर्षका लक्षित जनसंख्या, अघिल्लो अभियानको प्रगति तथा जोखिमको वर्गिकरण अनुसार स्वास्थ्य कार्यालय, मकवानपुरले तयार गरेको माइक्रो प्लानिङ्ग तथा खोपको उपलब्धताका आधारमा स्वास्थ्य कार्यालय, मकवानपुरले सम्बन्धित स्थानीय तहलाई खोप उपलब्ध गराउने निर्णय भएको छ  । यस्तै खोप सम्बन्धी विविध जानकारीमूलक सूचनाहरू स्वास्थ्य कार्यालय मकवानपुर र सबै पालिकाहरूले प्रचार प्रसार गर्ने समेत निर्णय भएका छन् ।

यो खोप यस अघि लगाएकाले लगाउन नमिल्ने खोप रहेको छ साथै रगत पातालो हुने ब्यक्ती, दम,  ज्वरो साथै १५ दिन भित्र कोभिड सक्रमण भएका ब्यक्तीले  खोप लगाउन नमिल्ने बताईएको छ । बिहान १० बजे देखि ४ बजेसम्म लगाईने खोपको गलत प्रयोग गर्ने  कर्मचारीलाई बिभागीय काबार्ही गरिने समेत बताईएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg