pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

कोरोना बिरुद्धको खोप अभियान सञ्चालनमा ल्याईने
जेठ २५ देखि ६० देखि ६४ बर्ष उमेरकालाई लगाईने

jilla-prassan-1623045041.jpg

आईतबार बसेको कोभिड १९ सम्बन्धी जिल्ला खोप समन्वय समितिको बैठकले आगामी जेष्ठ २५ गते देखी २८ गते सम्म SARS-COV-2 Vaccine (verocell inactive) खोप अभियान संचालन गरी खोप लगाउने निर्णय गरेको छ । पहिलो चरणमा ६० बर्ष देखि ६४ बर्ष उमेर समुहका करीब ८ हजार जनालाई यो खोप लगाईने भएको हो । खोपलाई ब्यस्थित तरिकाले लगाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिएको छ । खोप लगाउन आउदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा सम्बन्धित वडा कार्यालयले दिएको सिफारिसको आधारमा खोप दिने निर्णय भएको छ ।

सबै पालिकाहरूले खोप लगाएका व्यक्तिको दर्ता हरेक दिन IMU App मा गर्ने, खोप रजिष्टरमा समेत विवरण प्रविष्टि गरी दैनिक प्रतिवेदन स्वास्थ्य कार्यालय मकवानपुरमा पेश गर्नु पर्ने लगाएतका निर्णहरु भएकाछन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको संयोजकत्वमा भएको बैठकले सबै पालिकाहरूका स्वास्थ्य संस्थाहरू ९अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य केन्द्र, ग्रामीण सामुदायिक स्वास्थ्य इकाई० मा आवश्यकता र औचित्यताका आधारमा स्थानीय तहबाट निर्णय गरी खोप केन्द्र कायम गर्ने ।

खोप अभियान सञ्चालन गर्दा भिडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्ने, गराउने समेत निर्णय भएको छ  । ६०—६४ वर्षका लक्षित जनसंख्या, अघिल्लो अभियानको प्रगति तथा जोखिमको वर्गिकरण अनुसार स्वास्थ्य कार्यालय, मकवानपुरले तयार गरेको माइक्रो प्लानिङ्ग तथा खोपको उपलब्धताका आधारमा स्वास्थ्य कार्यालय, मकवानपुरले सम्बन्धित स्थानीय तहलाई खोप उपलब्ध गराउने निर्णय भएको छ  । यस्तै खोप सम्बन्धी विविध जानकारीमूलक सूचनाहरू स्वास्थ्य कार्यालय मकवानपुर र सबै पालिकाहरूले प्रचार प्रसार गर्ने समेत निर्णय भएका छन् ।

यो खोप यस अघि लगाएकाले लगाउन नमिल्ने खोप रहेको छ साथै रगत पातालो हुने ब्यक्ती, दम,  ज्वरो साथै १५ दिन भित्र कोभिड सक्रमण भएका ब्यक्तीले  खोप लगाउन नमिल्ने बताईएको छ । बिहान १० बजे देखि ४ बजेसम्म लगाईने खोपको गलत प्रयोग गर्ने  कर्मचारीलाई बिभागीय काबार्ही गरिने समेत बताईएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...