pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

कोरोनामुक्त भएका बालबालिकालाई एमआईएस (सी) को खतरा

cc-1625560153.jpg

कोरोना भाइरस (कोभिड—१९० सङ्क्रमण मुक्त भएका बालबालिकामा पछिल्लो समय मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन अर्थात् एमआईएस (सी) भएर अस्पताल आउने क्रम बढ्न थालेको बाल चिकित्सकहरूले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना सङ्क्रमणबाट मुक्त भएका १९ वर्षमुनि उमेर समूहलाई  एमआईएस (सी) लाग्छ । कोरोना सङ्क्रमण मुक्त भएको दुईदेखि चार हप्ताभित्र यो रोग देखिनसक्ने कान्ति बाल अस्पतालका पेडियाट्रिक विभागका प्रमुख बालरोग विशेषज्ञ प्रा.डा. अजित रायमाझी बताउँछन् । यद्यपि कोरोना सङ्क्रमण मुक्त भएको एकदेखि तीन महिनासम्म पनि बालबालिकालाई एमआईएस (सी) देखिन्छ ।

एमआईएस (सी) लागेर गम्भीर स्वास्थ्य समस्या भई उपचारका क्रममा बालबालिकाको मृत्युसमेत भएको छ ।

एमआईएस ९सी० रोग कोरोना सङ्क्रमणकै कारण हुने गर्छ । तर कम बालबालिकालाई कोरोना सङ्क्रमण भएकै बेलामा पनि एमआईएस ९सी० लाग्न सक्नेसमेत बालरोग विशेषज्ञ डा। रायमाझीले बताए ।

कोरोनामुक्त भएका बालबालिकामा उचित ध्यान पु¥याउन नसक्दा स्वास्थ्यमा गम्भीर खालको समस्या देखापर्ने उनले सुनाए । यो गम्भीर खालको रोग भएकाले यसबारे सचेत रहन अति आवश्यक भएको डा। रायमाझी ठान्छन् ।

पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थाहा पाईकन नै एमआईएस ९सी० रोग लाग्ने गरेको छ । कोरोना सङ्क्रमण लक्षणविहीन देखिएपछि थाहा नपाईकन नै निको हुन गर्छ । तर बालबालिकालाई सङ्क्रमण भएको पत्तो नपाई पनि एमआईएस ९सी० को लक्षण देखिने गरेको डा। रायमाझी बताउँछन् ।

एमआईएस (सी) पुष्टि भएपछि कोरोना परीक्षण गर्दा नेगेटिभ देखाउने उनले सुनाए । कोभिडसँग लड्नका लागि शरीरले प्रतिक्रिया जनाउने क्रममा एमआईएस (सी)  रोग लाग्ने उनले बताए । शरीरले भाइरसप्रति प्रतिक्रिया जनाउने क्रममा प्रतिक्रिया नदिने र ज्यादै प्रक्रिया दिँदा एमआईएस (सी) हुन सक्ने डा. रायमाझीले सुनाए ।

भाइरसप्रति शरीरले तीन खालका प्रतिक्रिया देखाउँछ । भाइरस शरीरमा हुँदा एउटाले सामान्य प्रतिक्रिया देखाउँछ, अर्कोले प्रतिक्रिया नै नदेखाउने हुन्छ र शरीरले एकदमै धेरै प्रतिक्रिया दिने उनले बताए ।

कोरोना सङ्क्रमण निको भएपछि भाइरसले शरीरमा साधारण प्रतिक्रिया देखाउनुपर्ने सट्टामा प्रतिरक्षा प्रणालीले अत्यधिक प्रतिक्रिया देखाएर शरीरभरी गलत सूचना फिजाउँदा एमआईएस (सी)हुने वातावरण सिर्जना गर्ने डा। रायमाझीको भनाइ छ । त्यही भएर नै कोभिड सङ्क्रमण हुनेबित्तिकै यो रोग शरीरमा देखापर्दैन ।

एमआईएस (सी) लाग्दा देखिने लक्षणहरू यस्ता छन् ।

–दुई तीन दिनसम्म उच्च ज्वरो आउने ।

–आँखा रातो भएर पक्ने ।

–हातखुट्टा चिसा हुने, नसाहरू खोज्दा नभेटिने ।

–मुटुको धड्कन बढ्ने ।

–हात, खुट्टा, शरीर लगायतका विभिन्न ठाउँमा काला डाबरहरू आउने ।

–नाक वा शरीरको कुनै भागबाट रगत बग्ने

 ।

–पेट दुख्ने, पखाला लाग्ने, बान्ता आउने  ।

–कोभिड मुक्त भएपछि एमआईएस (सी)भएर जटिल अवस्था जटिल नै सिर्जना भएको बेलामा जिब्रो, ओठ सुन्निने ।

–श्वासप्रश्वासमा समस्या हुने, पिसाब फेर्न पनि गाह्रो हुने ।

–हातखुट्टा सुन्निने ।

कोभिड मुक्त भएपछि देखिने एमआईएस ९सी० को उपचार महँगो पर्ने चिकित्सकहरू बताउँछन् । यो रोग लागेर अस्पताल पु¥याउन ढिला भएमा बालबालिकाको स्वास्थ्य अवस्था गम्भीर बन्न सक्नेसमेत डा। रायमाझीले सुनाए । मे २०२० कालासाकी जस्तो लक्षणदेखिएका बाल रोगी आएपछि जाँच तथा परीक्षण गर्दा एमआईएस ९सी० भन्न  पहिचान भएको उनले सुनाए । त्यसपछि कान्ति बाल अस्पतालले यस रोगको बारेमा स्वास्थ्य मन्त्रालयलाई सेप्टेम्बरमा रिपोर्टिङ गरेको उनले बताए । ‘जाँच तथा परीक्षण क्रममा कोभिड मुक्त भएका बालबालिकालाई एमआईएस (सी) लागेको देखियो भनेर प्रकाशन ग¥यौँ,’ उनले भने, ‘त्यसपछि धेरै अस्पतालमा यो रोगका बिरामीको जाँच, पहिचान उपचार गर्न सुरु गरिएको छ  ।’

त्यसपछि लक्षणदेखिएका बालबालिकालाई एमआईएस ९सी० को शङ्का गर्न थालिएको हो । शङ्काका आधारमा अस्पतालमा बिरामीलाई समयमै ल्याउँदा उपचार पाएर निको भएर घर जान थालेको उनको भनाइ छ । कान्ति बाल अस्पतालमा हप्तामा १५ देखि १७ जना एमआईएस ९सी० आशङ्का भएर आउने गरेको उनले जानकारी दिए ।

बालबालिकामा एमआईएस ९सी०को आशङ्का लाग्ने बित्तिकै अस्पताल लैजानुपर्छ । यो नवजात शिशुलाई समेत लाग्छ । त्यसैले शिशु तथा ससाना बालबालिका, किशोर किशोरीहरूले तत्काल थाहा पाउँदैनन् । कोरोना मुक्त भएका बालबालिकालाई पुनः स्वास्थ्यमा समस्या देखिएमा अभिभावकले ख्याल गर्न अत्यन्त जरुरी भएको उनले सुनाए । यो रोग कम उमेर समूहका नवजात शिशु, बालबालिका र किशोर किशोरीलाई देखापर्ने भएकाले कोरोना भाइरस मुक्त भएका उनीहरूमा स्वास्थ्य समस्या देखिएमा अभिभावक धेरै सचेत हुनुपर्ने बालरोग विशेषज्ञ डा. रायमाझीको सुझाव छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...