pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

कोरोनामुक्त भएका बालबालिकालाई एमआईएस (सी) को खतरा

cc-1625560153.jpg

कोरोना भाइरस (कोभिड—१९० सङ्क्रमण मुक्त भएका बालबालिकामा पछिल्लो समय मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन अर्थात् एमआईएस (सी) भएर अस्पताल आउने क्रम बढ्न थालेको बाल चिकित्सकहरूले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना सङ्क्रमणबाट मुक्त भएका १९ वर्षमुनि उमेर समूहलाई  एमआईएस (सी) लाग्छ । कोरोना सङ्क्रमण मुक्त भएको दुईदेखि चार हप्ताभित्र यो रोग देखिनसक्ने कान्ति बाल अस्पतालका पेडियाट्रिक विभागका प्रमुख बालरोग विशेषज्ञ प्रा.डा. अजित रायमाझी बताउँछन् । यद्यपि कोरोना सङ्क्रमण मुक्त भएको एकदेखि तीन महिनासम्म पनि बालबालिकालाई एमआईएस (सी) देखिन्छ ।

एमआईएस (सी) लागेर गम्भीर स्वास्थ्य समस्या भई उपचारका क्रममा बालबालिकाको मृत्युसमेत भएको छ ।

एमआईएस ९सी० रोग कोरोना सङ्क्रमणकै कारण हुने गर्छ । तर कम बालबालिकालाई कोरोना सङ्क्रमण भएकै बेलामा पनि एमआईएस ९सी० लाग्न सक्नेसमेत बालरोग विशेषज्ञ डा। रायमाझीले बताए ।

कोरोनामुक्त भएका बालबालिकामा उचित ध्यान पु¥याउन नसक्दा स्वास्थ्यमा गम्भीर खालको समस्या देखापर्ने उनले सुनाए । यो गम्भीर खालको रोग भएकाले यसबारे सचेत रहन अति आवश्यक भएको डा। रायमाझी ठान्छन् ।

पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थाहा पाईकन नै एमआईएस ९सी० रोग लाग्ने गरेको छ । कोरोना सङ्क्रमण लक्षणविहीन देखिएपछि थाहा नपाईकन नै निको हुन गर्छ । तर बालबालिकालाई सङ्क्रमण भएको पत्तो नपाई पनि एमआईएस ९सी० को लक्षण देखिने गरेको डा। रायमाझी बताउँछन् ।

एमआईएस (सी) पुष्टि भएपछि कोरोना परीक्षण गर्दा नेगेटिभ देखाउने उनले सुनाए । कोभिडसँग लड्नका लागि शरीरले प्रतिक्रिया जनाउने क्रममा एमआईएस (सी)  रोग लाग्ने उनले बताए । शरीरले भाइरसप्रति प्रतिक्रिया जनाउने क्रममा प्रतिक्रिया नदिने र ज्यादै प्रक्रिया दिँदा एमआईएस (सी) हुन सक्ने डा. रायमाझीले सुनाए ।

भाइरसप्रति शरीरले तीन खालका प्रतिक्रिया देखाउँछ । भाइरस शरीरमा हुँदा एउटाले सामान्य प्रतिक्रिया देखाउँछ, अर्कोले प्रतिक्रिया नै नदेखाउने हुन्छ र शरीरले एकदमै धेरै प्रतिक्रिया दिने उनले बताए ।

कोरोना सङ्क्रमण निको भएपछि भाइरसले शरीरमा साधारण प्रतिक्रिया देखाउनुपर्ने सट्टामा प्रतिरक्षा प्रणालीले अत्यधिक प्रतिक्रिया देखाएर शरीरभरी गलत सूचना फिजाउँदा एमआईएस (सी)हुने वातावरण सिर्जना गर्ने डा। रायमाझीको भनाइ छ । त्यही भएर नै कोभिड सङ्क्रमण हुनेबित्तिकै यो रोग शरीरमा देखापर्दैन ।

एमआईएस (सी) लाग्दा देखिने लक्षणहरू यस्ता छन् ।

–दुई तीन दिनसम्म उच्च ज्वरो आउने ।

–आँखा रातो भएर पक्ने ।

–हातखुट्टा चिसा हुने, नसाहरू खोज्दा नभेटिने ।

–मुटुको धड्कन बढ्ने ।

–हात, खुट्टा, शरीर लगायतका विभिन्न ठाउँमा काला डाबरहरू आउने ।

–नाक वा शरीरको कुनै भागबाट रगत बग्ने

 ।

–पेट दुख्ने, पखाला लाग्ने, बान्ता आउने  ।

–कोभिड मुक्त भएपछि एमआईएस (सी)भएर जटिल अवस्था जटिल नै सिर्जना भएको बेलामा जिब्रो, ओठ सुन्निने ।

–श्वासप्रश्वासमा समस्या हुने, पिसाब फेर्न पनि गाह्रो हुने ।

–हातखुट्टा सुन्निने ।

कोभिड मुक्त भएपछि देखिने एमआईएस ९सी० को उपचार महँगो पर्ने चिकित्सकहरू बताउँछन् । यो रोग लागेर अस्पताल पु¥याउन ढिला भएमा बालबालिकाको स्वास्थ्य अवस्था गम्भीर बन्न सक्नेसमेत डा। रायमाझीले सुनाए । मे २०२० कालासाकी जस्तो लक्षणदेखिएका बाल रोगी आएपछि जाँच तथा परीक्षण गर्दा एमआईएस ९सी० भन्न  पहिचान भएको उनले सुनाए । त्यसपछि कान्ति बाल अस्पतालले यस रोगको बारेमा स्वास्थ्य मन्त्रालयलाई सेप्टेम्बरमा रिपोर्टिङ गरेको उनले बताए । ‘जाँच तथा परीक्षण क्रममा कोभिड मुक्त भएका बालबालिकालाई एमआईएस (सी) लागेको देखियो भनेर प्रकाशन ग¥यौँ,’ उनले भने, ‘त्यसपछि धेरै अस्पतालमा यो रोगका बिरामीको जाँच, पहिचान उपचार गर्न सुरु गरिएको छ  ।’

त्यसपछि लक्षणदेखिएका बालबालिकालाई एमआईएस ९सी० को शङ्का गर्न थालिएको हो । शङ्काका आधारमा अस्पतालमा बिरामीलाई समयमै ल्याउँदा उपचार पाएर निको भएर घर जान थालेको उनको भनाइ छ । कान्ति बाल अस्पतालमा हप्तामा १५ देखि १७ जना एमआईएस ९सी० आशङ्का भएर आउने गरेको उनले जानकारी दिए ।

बालबालिकामा एमआईएस ९सी०को आशङ्का लाग्ने बित्तिकै अस्पताल लैजानुपर्छ । यो नवजात शिशुलाई समेत लाग्छ । त्यसैले शिशु तथा ससाना बालबालिका, किशोर किशोरीहरूले तत्काल थाहा पाउँदैनन् । कोरोना मुक्त भएका बालबालिकालाई पुनः स्वास्थ्यमा समस्या देखिएमा अभिभावकले ख्याल गर्न अत्यन्त जरुरी भएको उनले सुनाए । यो रोग कम उमेर समूहका नवजात शिशु, बालबालिका र किशोर किशोरीलाई देखापर्ने भएकाले कोरोना भाइरस मुक्त भएका उनीहरूमा स्वास्थ्य समस्या देखिएमा अभिभावक धेरै सचेत हुनुपर्ने बालरोग विशेषज्ञ डा. रायमाझीको सुझाव छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg