pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

थाहानगरमा कोभिड-१९ खोपका लागि खोपकेन्द्रहरूबाटै अनलाइन फारम भर्न सकिने

jonson-and-jonson-1627894221.png

 कोभिड- १९ खोपका लागि अनलाइन फारम भर्नु पर्ने भएको छ । कोभिड-१९ रोगको रोगथाम र नियन्त्रणका लागि खोप अभियानहरुमा धेरै भिडभाड हुने कारणबाट संक्रमणको जोखिम उच्च हुने भएकोले जोखिम कम गर्न तथा अभिलेख प्रतिवेदन राख्न समेत सहज बनाउन अनलाइन इन्ट्री व्यवस्था गरिएको हो।

यसैबिच थाहा नगरपालिका कोभिड-१९ को खोपका लागि अनलाइन फारम भर्न इन्टरनेटको पहुँचमा नभएका र अनलाईन फारम भर्न नसक्ने व्यक्तिहरुका लागि खोपकेन्द्रहरुमा स्वास्थ्य स्वयंम सेविकाहरुबाट अनलाईन फारम भर्ने व्यवस्था मिलाइने थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनु भयो ।फारम भर्नको लागि आफ्नो नागरिक्ता र फोन नम्बर आवश्यक पर्ने शाखा प्रमुख बलामीले जानकारी दिनुभयो ।थाहा नगरपालिकामा हाल सम्म ६ हजार ४ सय १३ जनाले खोप लगाएका छन् ।

खोप अभियान सञ्चालनमा सेवाग्राहीहरुलाई सहजता र सुरक्षित तवरले खोप उपलब्ध गराउन समेत खोप लिने व्यक्तीहरुको अग्रिम विधुतीय विवरणमा प्रविष्ट गर्नु पर्नेछ । । विधुतीय विवरणमा प्रविष्टि नभएमा खोप उपलब्ध गर्न कठिनाई हुने हुदा खोप लिन बाँकीहरुले अनलाइन इन्ट्रीबाट फारम भर्नु पर्ने भएकाे हाे। अनलाइन इन्ट्री गर्न www.vaccine.mohp.gov.np  मा लग अन गरि आवश्यक व्यक्तिगत विवरण प्रविष्टि गर्न सकिनेछ ।

 

https://thahapati.com/public/images/users/311472678_776667630106071-1677912015.jpg
रबी जिम्बा
rabitamang2076@gmail.com

रबी जिम्बा. थाहापाटी अनलाईनका रिपोर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9861612718

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...