jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

के हो कम्युनिष्ट नैतिकता ?

Communists_Word_Shabda-1634710882.jpg

साम्यवादी समाजका आदर्शहरूमा आधारित आचरणको सिद्धान्त तथा मानक। कम्युनिष्ट नैतिकताको वस्तुगत आधार त्यो सबै हो, जसले साम्यवादी समाजको स्थापना गर्न र कम्युनिष्ट आदर्शलाई मूर्त रूप दिनमा योगदान गर्दछ। कम्युनिष्ट नैतिकताका निम्नानुसार मुख्य सिद्धान्तहरूबाट साम्यवादको निर्माताको नैतिक संहिता बन्दछ : साम्यवादको लक्ष्यप्रति निष्ठा, श्रमद्वारा सामाजिक सम्पदामा वृद्धि, सामाजिक कर्तव्यको उच्च भावना, सामूहिकता, मानवतावाद, अन्तर्राष्ट्रियतावाद।

कम्युनिष्ट नैतिकताको आरम्भिक ऐतिहासिक रूप थियो मजदुर वर्गको क्रान्तिकारी नैतिकता, जुन पूँजीवादी समाजअन्तर्गत बनेको थियो। यद्यपि यो नैतिकता पूर्ण रूपले सर्वहारा वर्गको संघर्षको अधीनमा थियो र शोषकहरूको प्रचलित नैतिकताको विरुद्ध थियो, तर सर्वहारा नैतिकतामा आधारभूत सार्विक नैतिक मानकहरू सामेल थिए, जसलाई सामान्य जनसमुदायले सामाजिक बन्धन तथा नैतिक खराबीहरूको विरुद्ध हजारौं वर्षको संघर्षको क्रममा निर्माण गरेका थिए। साथसाथै मजदुर वर्गले आफ्ना नैतिक मानक प्रस्तुत गर्‍यो : वर्गीय एकता, अन्तर्राष्ट्रियतावाद तथा सामूहिकता। समाजवादको विजय भएपछि कम्युनिष्ट नैतिक सर्वहारा वर्गको नैतिकताबाट सम्पूर्ण समाजको नैतिकतामा परिवर्तित हुन्छ, यसका सिद्धान्तहरू नयाँ अन्तर्वस्तुबाट समृद्ध हुन्छन् र सामाजिक जीवनका सम्पूर्ण क्षेत्रहरूमा फैलिन्छन्।

यस प्रकार कम्युनिष्ट नैतिकता मानव जातिको नैतिक प्रगतिको सबभन्दा उच्च चरण हो। कम्युनिष्ट नैतिकताका मानकहरू मानिसहरूको आचरणसम्म सीमित रहँदैनन् : तिनीहरू समाजको रूपान्तरणको सक्रिय कारक हुन्छन्, साम्यवादी सामाजिक संस्थानहरूको गठन तथा सम्पूर्ण सामाजिक विकास प्रवाहमाथि प्रभाव पार्दछन्। कम्युनिष्ट नैतिकताका मानकहरू जब सार्विक बन्दछन्, तब सर्वमान्य सार्वजनिक कर्तव्यको अनुरूप मानिसको आचरणले व्यक्ति तथा समाजको बीचमा सम्बन्धहरूको विधायक तथा प्रशासनिक नियमनका विभिन्न कडीहरूलाई विस्तार-विस्तार अनावश्यक बनाउँदै जान्छ र व्यक्तिको पूर्ण स्वतन्त्रतातिर लैजान्छ। कानूनहरुको संहिता र प्रशासनका मानकहरूका रूपहरूको स्थानमा कम्युनिष्ट नैतिकताको स्वाभाविक स्थापना नैतिकताको इतिहासमा क्रान्ति हुनेछ।

वर्तमान कालमा कम्युनिष्ट नैतिकताका मानकहरूको आफ्नो प्रसार तथा सुदृढीकरणको प्रक्रियाको क्रममा गैरकम्युनिष्ट नैतिकतासँग दुई स्तरहरूमा टकराब हुन्छ : समाजवादी समाजभित्र, जहाँ पुराना तथा कालातीत भइसकेका मानकहरू अतीतका अवशेषहरूको रूपमा, समाजमा प्रचलित कानूनको पालन नगरिने तथा तिनीहरूले उल्लंघन गरिने कार्यको परिणामको रूपमा विद्यमान रहन्छन्, जसको कारण अनैतिक कार्यहरू तथा अपराधहरू हुन्छन्; समाजवादी समाजबाहिर, जहाँ कम्युनिष्ट नैतिकताको बुर्जुवा समाजको नैतिकतासँग टकराब हुन्छ। कम्युनिष्ट नैतिकताको निरूपण यो जटिल संघर्ष तथा निर्माणको प्रक्रियामा सम्पूर्ण मानव जातिको भावी नैतिकताको रूपमा भइरहेको छ।

-रमेश सुनुवारको दर्शन विश्वकोशबाट

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...