Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

विचार / अन्तरवार्ता

के हो कम्युनिष्ट नैतिकता ?

Communists_Word_Shabda-1634710882.jpg

साम्यवादी समाजका आदर्शहरूमा आधारित आचरणको सिद्धान्त तथा मानक। कम्युनिष्ट नैतिकताको वस्तुगत आधार त्यो सबै हो, जसले साम्यवादी समाजको स्थापना गर्न र कम्युनिष्ट आदर्शलाई मूर्त रूप दिनमा योगदान गर्दछ। कम्युनिष्ट नैतिकताका निम्नानुसार मुख्य सिद्धान्तहरूबाट साम्यवादको निर्माताको नैतिक संहिता बन्दछ : साम्यवादको लक्ष्यप्रति निष्ठा, श्रमद्वारा सामाजिक सम्पदामा वृद्धि, सामाजिक कर्तव्यको उच्च भावना, सामूहिकता, मानवतावाद, अन्तर्राष्ट्रियतावाद।

कम्युनिष्ट नैतिकताको आरम्भिक ऐतिहासिक रूप थियो मजदुर वर्गको क्रान्तिकारी नैतिकता, जुन पूँजीवादी समाजअन्तर्गत बनेको थियो। यद्यपि यो नैतिकता पूर्ण रूपले सर्वहारा वर्गको संघर्षको अधीनमा थियो र शोषकहरूको प्रचलित नैतिकताको विरुद्ध थियो, तर सर्वहारा नैतिकतामा आधारभूत सार्विक नैतिक मानकहरू सामेल थिए, जसलाई सामान्य जनसमुदायले सामाजिक बन्धन तथा नैतिक खराबीहरूको विरुद्ध हजारौं वर्षको संघर्षको क्रममा निर्माण गरेका थिए। साथसाथै मजदुर वर्गले आफ्ना नैतिक मानक प्रस्तुत गर्‍यो : वर्गीय एकता, अन्तर्राष्ट्रियतावाद तथा सामूहिकता। समाजवादको विजय भएपछि कम्युनिष्ट नैतिक सर्वहारा वर्गको नैतिकताबाट सम्पूर्ण समाजको नैतिकतामा परिवर्तित हुन्छ, यसका सिद्धान्तहरू नयाँ अन्तर्वस्तुबाट समृद्ध हुन्छन् र सामाजिक जीवनका सम्पूर्ण क्षेत्रहरूमा फैलिन्छन्।

यस प्रकार कम्युनिष्ट नैतिकता मानव जातिको नैतिक प्रगतिको सबभन्दा उच्च चरण हो। कम्युनिष्ट नैतिकताका मानकहरू मानिसहरूको आचरणसम्म सीमित रहँदैनन् : तिनीहरू समाजको रूपान्तरणको सक्रिय कारक हुन्छन्, साम्यवादी सामाजिक संस्थानहरूको गठन तथा सम्पूर्ण सामाजिक विकास प्रवाहमाथि प्रभाव पार्दछन्। कम्युनिष्ट नैतिकताका मानकहरू जब सार्विक बन्दछन्, तब सर्वमान्य सार्वजनिक कर्तव्यको अनुरूप मानिसको आचरणले व्यक्ति तथा समाजको बीचमा सम्बन्धहरूको विधायक तथा प्रशासनिक नियमनका विभिन्न कडीहरूलाई विस्तार-विस्तार अनावश्यक बनाउँदै जान्छ र व्यक्तिको पूर्ण स्वतन्त्रतातिर लैजान्छ। कानूनहरुको संहिता र प्रशासनका मानकहरूका रूपहरूको स्थानमा कम्युनिष्ट नैतिकताको स्वाभाविक स्थापना नैतिकताको इतिहासमा क्रान्ति हुनेछ।

वर्तमान कालमा कम्युनिष्ट नैतिकताका मानकहरूको आफ्नो प्रसार तथा सुदृढीकरणको प्रक्रियाको क्रममा गैरकम्युनिष्ट नैतिकतासँग दुई स्तरहरूमा टकराब हुन्छ : समाजवादी समाजभित्र, जहाँ पुराना तथा कालातीत भइसकेका मानकहरू अतीतका अवशेषहरूको रूपमा, समाजमा प्रचलित कानूनको पालन नगरिने तथा तिनीहरूले उल्लंघन गरिने कार्यको परिणामको रूपमा विद्यमान रहन्छन्, जसको कारण अनैतिक कार्यहरू तथा अपराधहरू हुन्छन्; समाजवादी समाजबाहिर, जहाँ कम्युनिष्ट नैतिकताको बुर्जुवा समाजको नैतिकतासँग टकराब हुन्छ। कम्युनिष्ट नैतिकताको निरूपण यो जटिल संघर्ष तथा निर्माणको प्रक्रियामा सम्पूर्ण मानव जातिको भावी नैतिकताको रूपमा भइरहेको छ।

-रमेश सुनुवारको दर्शन विश्वकोशबाट

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg