Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

कात्तिके नाच सकियो, पानी परेपछि गुल–बकवलीको कथा सिद्ध भयो

nach-copy-1604396282.jpg

हिजोसम्म पानी पर्ने कुनै छाँट थिएन । आज बिहान उठ्दा पानी परिरहेको होला भनेर धेरैले कल्पनासम्म गरेका थिएनन् । तर सानो र एक छिन भए पनि वर्षा भयो । आजको वर्षालाई चित्लाङ बासीले कात्तिके नाचसँग जोडेर हेरेका छन् । 

चित्लाङको माझगाउँमा बलामी जातिमा प्रचलित कात्तिके नाचअन्तर्गत गुल–बकवलीको कथामा प्रदर्शन हुने वर्ष हरेकपटक अनिवार्य रुपमा वर्षा हुन्छ भन्ने जनविश्वास छ । यो जन विश्वास यस वर्ष पनि सिद्ध भएको श्री स्वच्छन्द भैरब धार्मिक तथा साँस्कृतिक व्यवस्थापन समितिका सचिब निर्मल बलामीले बताउनु भयो । 

सदाझैं यस वर्ष पनि कोजाग्रत पूर्णिमादेखि शुरु भएको कात्तिके नाचअन्तर्गत यस वर्षको कथा गुल–बकवलीको कथामा आधारित रहेको थियो । 

यस्तो छ गुल–बकवलीको कथा
गुल–बकवलीको कथा मदन सेनको जन्मलिलासँग सम्बन्धित छ । खास गुल–बकवली एक प्रजातिको फूलको नाम हो । कथा अनुसार राजा चन्द्रसेनका दुईवटा श्रीमती थिए । पहिलो श्रीमतीबाट ४ वटा छोराहरु भए पनि दोस्रो श्रीमतीबाट बच्चा हुन सकेको थिएन । समयक्रममा दोस्रो श्रीमतीबाट पनि एक छोरो जन्मियो । दोस्रो श्रीमतीको कोखबाट जन्मिएको बच्चाको न्वारान गर्ने क्रममा पण्डितले उक्त बच्चा तेजस्वी हुने बताउँछन् । त्यतिमात्र होइन  छोरासँग राजाको आँखा जुध्यो भने राजाको आँखाको ज्योति नष्ट हुने पण्डितले बताउँछन् । 

यसरी आँखा जुध्यो मात्र भने पनि राजा दृष्टिबिहिन हुने भएपछि बच्चालाई देश निकाला गरिन्छ । एकदिन राजा चन्द्रसेन आफ्नो मन्त्रीसहित शिकार खेल्न जान्छन् । मृगलाई पछ्याउँदै जाँदा राजा आफ्नो टोलीबाट छुट्छन् । त्यहीक्रममा राजाको भेट देश निकाला गरिएका छोरा मदनसेनसँग हुन्छ । छोरासँग आँखा जुधेको हुनाले राजा तत्कालै दृष्टिबिहिन हुन्छन् । दृष्टिविहिन भएपछि जंगलमै अलमलिएका राजालाई मन्त्रीहरुले खोजेर दरवारमा ल्याउँछन् । 

राजाले आँखा नदेख्ने कुरा प्रष्ट भएपछि दरवारमा बैद्यलाई बोलाइन्छ । बैद्यले गुल–बकवली फूलले सफा गरे दृष्टि फर्किने कुरा बताउँछन् । त्यसपछि राजाका पहिलो श्रीमतीका ४ छोराहरु गुल–बकवली फूल खोज्न जंगल जान्छन् । जंगलमा उनीहरुले फूल भेट्छन् । तर ल्याउने क्रममा मदन सेनसँग भेट हुन्छ र उनहरुबीच फूल खोसाखोस हुन्छ । त्यस क्रममा ती चार छोराहरुको समूहले जितेर फूल ल्याउँछन् । 

उक्त फूलले सफा गर्दा आँखामा सुधार नआएपछि थाहा हुन्छ कि उक्त गुल–बकवली फूल नक्कली रहेछ । यो कुरा मदन सेनले पनि थाहा पाउँछन् र सक्कली गुल–बकवली फूल लिएर दरवार फर्किन्छन् । उक्त फूलले सफा गरेपछि राजाले आँखा देख्छन् । 

दिन दिनसम्म देखाइने नाच यही कथामा आधारित छ। यदि कुनै वर्ष ऐतिहासिक तथा पौराणिक कथामा आधारित भएर नाच देखाउन नसके पनि देउता, बाठोः, ख्याक, बनियाँ, सिकारी, कोः आदि अनिवार्य रुपमा नचाउनु पर्ने बलामीले बताउनु भयो । 

पाटन र कीर्तिपुरबाट स्थानान्तरण भएर आएका चित्लाङका नेवार समुदायले करिब ७ सय वर्षदेखि यो जात्रा दशैंको कोजाग्रत पुर्णिमादेखि तीन दिनसम्म सञ्चालन गर्ने गर्छन् । तत्कालिन समयमा पाटनबाट एक दिनको लागि सापटी ल्याएको नाच दुई दिन थप गरी तीन दिनसम्म देखाउने गरिएको स्थानीय बुद्धरत्न मानन्धरले बताउनु भयो । जात्रामा बनिया र बाठो नाच पनि प्रदर्शन गर्छन् । बनिया नाच चित्लाङको मौलिक नाच हो ।

स्थानीयका अनुसार निरन्तर रुपमा वर्षेनी संचालन गर्दै अएको जात्रा बीचमा एक, दुई वर्ष रोकिँदा गाउँमा रोग व्याधीले सतायो त्यसैले मेलालाई निरन्तरता दिइरहेको छ । 
 

https://thahapati.com/public/images/users/311570708_181297997780959-1686637964.jpg
रन्जिता बिश्वकर्मा
thahapati@gmail.com

बस्नेत थाहापाटी अनलाईनका प्रतिनिधि हुन् । कुनै खबर वा जानकारीका लागि ९८२६२०३९४४ मा सम्पर्क गर्न सक्नु हुन्छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...