Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

ओटिटी’ निर्मातालाई आम्दानीको नयाँ स्रोत

OTT-1698283221.png

 

 

 

काठमाडौँ,  कात्तिक८ गते । ओटिटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजार राम्रो बनाई सकेका नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायतका ओटिटी प्लेटफर्म दर्शकका प्रिय बने ।

नेपालीसमेत उल्लेखित ओटिटीका प्लेटफर्मतर्फ आकर्षित हुँदा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघरजस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपश्चात् बन्द नै भयो । यद्यपि पछिल्लो समय ओटिटी नेपालमा निर्माताको लागि नयाँ आम्दानीको स्रोत बनेको छ । 

चलचित्र भवनबाट सिधै युट्युबमा निःशुल्क उपलब्ध हुने चलचित्र अब एपका माध्यमले केही शुल्क लिएर उपलब्ध हुँदा सोबापतको आम्दानी निर्माताले पाउन थालेका छन् । सिनेमाघर एपसँग सन् २०१८ मै जोडिएका अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले दर्शकलाई एपमा आकर्षण गर्ने र चलचित्र हेर्ने बानिको विकास गरिरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “युट्युबबाट दर्शकलाई एपमा फिल्म हेर्ने बानी बसाउन केही समय निःशुल्क चलचित्र उपलब्ध गराएका थियौँ । सन् २०१६ मै डिजिटल भविष्य देखेर खोलिएको सिनेमा घरमा दुई वर्षपश्चात् म सञ्चालकका रुपमा जोडिए । नयाँ चलचित्र र ओर्जिनल कन्टेनले दर्शक तान्नेमा विश्वस्थ छौँ । हामीले त्यसको तयारीसमेत थालिरहेका छौँ ।” 

दर्शकको ओटिटीप्रतिको आकर्षणलाई बुझेर चलचित्र शिक्षासम्बन्धी अध्ययन गराइरहेको कान्तिपुर फिल्म एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’को दसैँकै अवसरमा शुभारम्भ गरेको छ । यसमा केही प्रसिद्ध चलचित्रसँगै आफ्नै सामग्री रहेको एकेडेमीका सिइओ प्रकाश पुरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो प्लेटफर्मले नेपाली कन्टेनलाई इन्टरनेटमा खोजिरहनुभएका दर्शकलाई आकर्षित गर्नेमा विश्वस्त छौँ । हामीले तयारी गरेर कन्टेन जम्मा गरेर बल्ल एपको सुरुआत गरेका हौँ ।”

उहाँका अनुसार ‘ज्याकी ः आइएम ट्वान्टी वान’, ‘जुलेबी’लगायतका चलचित्रसँगै ‘ब्रह्माण्ड’, ‘लभसूत्र’, ‘मदर’, ‘खरानी’, ‘ऋतु’, ‘मिस स्कार्लेट’लगायतका शृङ्खला हेर्न पाउनु हुनेछ । ठुलोपर्दामै देखिने कलाकारलाई लिएर कन्टेन बनाएर ओटिटीमा ल्याउने तयारीमा रहे तापनि यसले पूर्णता पाउन सकेको छैन । रासस

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...