Friday, 17 May, 2024
अपडेट

कहिले बन्ला ऋषेश्वर मन्दिर ब्यबस्थापन समिति ?

rksr-1627036794.jpg

थाहा नगरपालिकाकै सर्बाधिक प्रख्यात धार्मिक पर्यटकिय क्षेत्र श्री ऋषेश्वर महादेव मन्दिर र छ्युमी झ्याङ गुम्बा प्राग-ऐतिहासिक महत्त्वका धरोहरहरु हुन् त्यसैले यसको उत्पत्ति इतिहासको बारेमा कुनै ठेट जानकारी नै छैन। राजा त्रिभुवनले यस पुण्य क्षेत्रको बारेमा थाहा पाएपछि पुत्र प्राप्तिको मनोकाङ्छाले गोरेटो बाटो निर्माण गर्न लगाई थानकोट हुँदै घोडामा दर्शन गर्न आएको अनि पुज-आराधना गरे पश्चात् पुत्रको रूपमा राजा  महेन्द्रको जन्म भएको भन्ने  किंबदन्ती प्रचलित  रहेको छ। पछि राजा महेन्द्रले यस पुण्य क्षेत्रको साथै  दामनमा  भएका बागवानी फार्म,पर्वतीय वनस्पति उद्यान र दामन भ्यु टावरको निर्माण गरि बिकास निर्माणको कार्यमा अनुपम योगदान दिएका थिए ।

महादेव मन्दिर परिसरमा एउटा जलकुण्ड र माथी चट्टानमा शिवको प्रतिमा रहेको छ र  यो मन्दिर पुर्ण प्राकृतिक रुपमा नै स्थिर छ। कुनै थप संरचनाहरु निर्माण गरि संरक्षण,प्रबर्द्धन र बिकास गरिएको छैन। त्यसैगरी नजिकै रहेको प्रख्यात गुम्बा २०७२ सालको महाभुकम्पले ध्वस्त पारेको ७ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेको छैन।

यी  दुबै धरोहरहरु हिन्दु तथा बुद्धिस्ट धर्मावलम्बीहरुको समान आस्थाको केन्द्र बिन्दु हुन् । यहाँ ठुलो एकादसी,फागु पुर्णिमा,बुद्ध जयन्ती,महा शिवरात्री,ल्होसार र साउन महिनामा भब्य मेला लाग्ने गर्दछ।

करिब २०० वर्षदेखि लामा परिवारहरुले यस  क्षेत्रको संरक्षण गर्दै आईरहेको वर्तमान लामा प्रमुख बताउँछन्।यस धार्मिक पर्यटकिय क्षेत्रको दर्शन गर्नभारत,भुटान,तिब्बत,चीन,थाइल्यान्ड,म्यानमार,जापान ,सिङ्गापुर आदि रास्ट्रहरुबाट र नेपालकै अनेक जिल्ला र स्थानीय गाउँहरुबाट  धार्मिक पर्यटकहरु आउने गरेका छन् । त्यसैले पनि यस पुण्य क्षेत्र  दामन-सिमभन्ज्याङ्का पर्यटन ब्यबसायीहरुको पहिलो अनि प्रमुख आयस्रोतको रुपमा रहेको छ। यसलाई सदाबहार चल्ने  धार्मिक पर्यटकिय गन्तव्यको रुपमा बिकास गरिनुपर्दछ।

स्थानीय सम्पदा संरक्षण समिती निर्माण गरि यसतो अमुल्य महत्त्वका क्षेत्रलाई अग्रणी स्थानमा सुचिकृत गरिनुपर्छ,तब मात्र यसको औचित्य रहन्छ।स्थानीय सरकार र स्थानीय जनताहरु यस गम्भीर विषयप्रती सचेत हुनुपर्ने थाहापाटिको बुझाई रहेको  छ र  सदाबहार पर्यटकहरुको आगमन हुने सम्भावना रहेको  यस तिर्थ क्षेत्रको सर्वाङ्गिण  बिकासको निम्ति मन्दिर ब्यबस्थापन समितीू आजको मुल आवश्यकता हो।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२


world-link-1690434568.jpg
निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...