Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

कहिले बन्ला ऋषेश्वर मन्दिर ब्यबस्थापन समिति ?

rksr-1627036794.jpg

थाहा नगरपालिकाकै सर्बाधिक प्रख्यात धार्मिक पर्यटकिय क्षेत्र श्री ऋषेश्वर महादेव मन्दिर र छ्युमी झ्याङ गुम्बा प्राग-ऐतिहासिक महत्त्वका धरोहरहरु हुन् त्यसैले यसको उत्पत्ति इतिहासको बारेमा कुनै ठेट जानकारी नै छैन। राजा त्रिभुवनले यस पुण्य क्षेत्रको बारेमा थाहा पाएपछि पुत्र प्राप्तिको मनोकाङ्छाले गोरेटो बाटो निर्माण गर्न लगाई थानकोट हुँदै घोडामा दर्शन गर्न आएको अनि पुज-आराधना गरे पश्चात् पुत्रको रूपमा राजा  महेन्द्रको जन्म भएको भन्ने  किंबदन्ती प्रचलित  रहेको छ। पछि राजा महेन्द्रले यस पुण्य क्षेत्रको साथै  दामनमा  भएका बागवानी फार्म,पर्वतीय वनस्पति उद्यान र दामन भ्यु टावरको निर्माण गरि बिकास निर्माणको कार्यमा अनुपम योगदान दिएका थिए ।

महादेव मन्दिर परिसरमा एउटा जलकुण्ड र माथी चट्टानमा शिवको प्रतिमा रहेको छ र  यो मन्दिर पुर्ण प्राकृतिक रुपमा नै स्थिर छ। कुनै थप संरचनाहरु निर्माण गरि संरक्षण,प्रबर्द्धन र बिकास गरिएको छैन। त्यसैगरी नजिकै रहेको प्रख्यात गुम्बा २०७२ सालको महाभुकम्पले ध्वस्त पारेको ७ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेको छैन।

यी  दुबै धरोहरहरु हिन्दु तथा बुद्धिस्ट धर्मावलम्बीहरुको समान आस्थाको केन्द्र बिन्दु हुन् । यहाँ ठुलो एकादसी,फागु पुर्णिमा,बुद्ध जयन्ती,महा शिवरात्री,ल्होसार र साउन महिनामा भब्य मेला लाग्ने गर्दछ।

करिब २०० वर्षदेखि लामा परिवारहरुले यस  क्षेत्रको संरक्षण गर्दै आईरहेको वर्तमान लामा प्रमुख बताउँछन्।यस धार्मिक पर्यटकिय क्षेत्रको दर्शन गर्नभारत,भुटान,तिब्बत,चीन,थाइल्यान्ड,म्यानमार,जापान ,सिङ्गापुर आदि रास्ट्रहरुबाट र नेपालकै अनेक जिल्ला र स्थानीय गाउँहरुबाट  धार्मिक पर्यटकहरु आउने गरेका छन् । त्यसैले पनि यस पुण्य क्षेत्र  दामन-सिमभन्ज्याङ्का पर्यटन ब्यबसायीहरुको पहिलो अनि प्रमुख आयस्रोतको रुपमा रहेको छ। यसलाई सदाबहार चल्ने  धार्मिक पर्यटकिय गन्तव्यको रुपमा बिकास गरिनुपर्दछ।

स्थानीय सम्पदा संरक्षण समिती निर्माण गरि यसतो अमुल्य महत्त्वका क्षेत्रलाई अग्रणी स्थानमा सुचिकृत गरिनुपर्छ,तब मात्र यसको औचित्य रहन्छ।स्थानीय सरकार र स्थानीय जनताहरु यस गम्भीर विषयप्रती सचेत हुनुपर्ने थाहापाटिको बुझाई रहेको  छ र  सदाबहार पर्यटकहरुको आगमन हुने सम्भावना रहेको  यस तिर्थ क्षेत्रको सर्वाङ्गिण  बिकासको निम्ति मन्दिर ब्यबस्थापन समितीू आजको मुल आवश्यकता हो।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...