pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

आँखा लाई माया गरौं- भन्दै थाहामा विश्व दृष्टि दिवस मनाइयो ।

311469391_448081793982352-1665666933.jpg

आज अक्टोवर १३ तारिख अर्थात विश्व दृष्टि दिवस । आँखा लाई माया गरौ भन्ने विश्वभर चेतना फैलाउने उद्देश्यले आज विश्वभर यो दिवस मनाइयो । नेपालमा पनि ‘आँखा लाई माया गरौं- विश्व दृष्टि दिवस मनाआैं’ भन्ने नाराका यो दिवस मनाइयो । विश्व स्वास्थ्य संगठन र आईर्एपीवीले संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्युनिकरण गर्न सन् १९९९ फेबुअरीमा भिजन २०२०ः राइट टु साइटको घोषणा गरी आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकीकृत स्वास्थ्य सेवालाई जोड दिँदै प्रत्येक वर्ष अक्टोवर महिनाको दोस्रो विहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउदै आएको छ । दिवसमा विश्वभरिका विभिन्न संघ-संस्थाले सरकार, संस्था र व्यक्तिलाई विश्वव्यापी रुपमा आँखा लाई माया गर्न प्रोत्साहित गरेको छ । विगत तीन दशकदेखि नेपालको आँखा स्वास्थ्य सेवामा गैरसरकारी संस्थाहरुको सहभागिताले यस क्षेत्रको प्रगती तुलनात्मक रुपमा अग्रिम पंक्तिमा छ । यद्यपि, प्राथमिक आँखा उपचार सेवालाई ग्रामीण समुदायसम्म अझ प्रभावकारी बनाउन जिल्लामा आँखा स्वास्थ्य सेवा कार्यक्रमसँग सम्बन्धित सबै सरोकारवालाबीच समन्वय गराउँदै एकीकृत स्वास्थ्य सेवा प्रणालीमा जोड दिनु विश्व दृष्टि दिवसको पहिलो प्राथमिकता हो । विश्व दृष्टि दिवसकै अवसरमा तिलगंगा आँखा प्रतिष्ठान,अन्तर्गत रहेको सामुदायिक आँखा केन्द्र थाहा नगरपालिकाले पनि एक कार्यक्रमको आयोजना गरेको छ । साथै, आँखा उपचार सम्बन्धी जनचेतना जगाउने उद्देश्यका साथ आँखा केन्द्र परिसरमा अन्तरक्रिया कार्यक्रम र्मार्फत स्थानीय सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, व्यवसायी, संघसस्थाका प्रतिनिधि, सर्वसाधारण तथा विरामीको उपस्थितिमा आँखा स्वास्थ्य सेवाको आवश्यकता तथा महत्ववारे जानकारी गराइयो । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट ,वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी ,अस्पताल निर्माण समितिका सचिव शकुन्तला गोपाली,कोषाध्यक्ष विमल कुमार ढकाल ,आँखा केन्द्रकी इन्चार्ज विनि महर्जन लगायतका उपस्तिथि रहेको थियो। 

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...