pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

आँखा लाई माया गरौं- भन्दै थाहामा विश्व दृष्टि दिवस मनाइयो ।

311469391_448081793982352-1665666933.jpg

आज अक्टोवर १३ तारिख अर्थात विश्व दृष्टि दिवस । आँखा लाई माया गरौ भन्ने विश्वभर चेतना फैलाउने उद्देश्यले आज विश्वभर यो दिवस मनाइयो । नेपालमा पनि ‘आँखा लाई माया गरौं- विश्व दृष्टि दिवस मनाआैं’ भन्ने नाराका यो दिवस मनाइयो । विश्व स्वास्थ्य संगठन र आईर्एपीवीले संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्युनिकरण गर्न सन् १९९९ फेबुअरीमा भिजन २०२०ः राइट टु साइटको घोषणा गरी आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकीकृत स्वास्थ्य सेवालाई जोड दिँदै प्रत्येक वर्ष अक्टोवर महिनाको दोस्रो विहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउदै आएको छ । दिवसमा विश्वभरिका विभिन्न संघ-संस्थाले सरकार, संस्था र व्यक्तिलाई विश्वव्यापी रुपमा आँखा लाई माया गर्न प्रोत्साहित गरेको छ । विगत तीन दशकदेखि नेपालको आँखा स्वास्थ्य सेवामा गैरसरकारी संस्थाहरुको सहभागिताले यस क्षेत्रको प्रगती तुलनात्मक रुपमा अग्रिम पंक्तिमा छ । यद्यपि, प्राथमिक आँखा उपचार सेवालाई ग्रामीण समुदायसम्म अझ प्रभावकारी बनाउन जिल्लामा आँखा स्वास्थ्य सेवा कार्यक्रमसँग सम्बन्धित सबै सरोकारवालाबीच समन्वय गराउँदै एकीकृत स्वास्थ्य सेवा प्रणालीमा जोड दिनु विश्व दृष्टि दिवसको पहिलो प्राथमिकता हो । विश्व दृष्टि दिवसकै अवसरमा तिलगंगा आँखा प्रतिष्ठान,अन्तर्गत रहेको सामुदायिक आँखा केन्द्र थाहा नगरपालिकाले पनि एक कार्यक्रमको आयोजना गरेको छ । साथै, आँखा उपचार सम्बन्धी जनचेतना जगाउने उद्देश्यका साथ आँखा केन्द्र परिसरमा अन्तरक्रिया कार्यक्रम र्मार्फत स्थानीय सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, व्यवसायी, संघसस्थाका प्रतिनिधि, सर्वसाधारण तथा विरामीको उपस्थितिमा आँखा स्वास्थ्य सेवाको आवश्यकता तथा महत्ववारे जानकारी गराइयो । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट ,वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी ,अस्पताल निर्माण समितिका सचिव शकुन्तला गोपाली,कोषाध्यक्ष विमल कुमार ढकाल ,आँखा केन्द्रकी इन्चार्ज विनि महर्जन लगायतका उपस्तिथि रहेको थियो। 

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg