pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

अमेरिकन जोन्सन एण्ड जोन्सोन खोप कति प्रभावकारी ?


• जोन्सन एण्ड जोन्सन कस्तो प्रकारको खोप हो?

- संसारमा अहिले प्रचलनमा रहेको अथवा कोभिड विरुद्ध लगाउन मान्यता प्राप्त खोपहरु मध्य जोन्सन एण्ड जोन्सन पनि हो। यो अमेरिकन कम्पनीबाट उत्पादित खोप हो।

यसलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिइसकेको छ। यो अमेरिकन एफडिएबाट पनि स्वीकृत भइसकेको छ।
नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधरणका लागि लगाउन अनुमति प्राप्त खोप हो। यो अत्यन्तै सुरक्षित छ।

• यो खोप किन आवश्यक छ?

- अहिलेको परिस्थितिमा हामी कोभिड–१९ को रोगबाट बच्नको लागि खोप नै एकमात्रै त्यस्तो अचुक औषधी जस्तो लाग्छ जसले महामारी र मानिसहरुको मृत्युलाई रोक्नका लागि एकदमै रामवाणको काम गरेको छ।

त्यही भएर यो खोप उपलब्ध भएसम्मकोले जसजसलाई सरकारले लक्षित वर्ग राखेको छ उनीहरुले ढुक्क भएर यो खोप लगाउँदा हुन्छ।

• यो खोप कति डोज लगाउने?

- विश्व स्वास्थ्य संगठन अथवा अमेरिकाको एफडिएले मान्यता दिए अनुसार यो एकचोटी लगाएपछि यसको मात्रा पुग्छ।

• यो लगाएपछि कुनै असर देखिए के गर्ने?

- जुनसुकै खोपहरु लगाएपनि सामान्य असर भनेको लगाएको ठाउँमा दुख्ने, कहिलेकाहीँ सुन्निने, कहिले एक–दुई दिनपछि बेलुकातिर ज्वरो आउने, जिउ दुख्ने जस्ता लक्षणहरु देखिन्छ। यस्तो हुँदा केही डराउनु पर्दैन।

यति हुँदाहुँदै पनि अरु गम्भीर किसिमका केही समस्या देखिए, एकदमै अप्ठ्यारो हुने, बेहोस होला जस्तो हुने, छाती बेस्सरी दुख्ने, चिटचिट पसिना आउने, ज्वरो अत्याधिक आउने त्यस्तो समस्या भयोे भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्दा पनि हुन्छ।

                   डा. विमल शर्मा चालिसे, 
               प्रमुख कन्सल्टेन्ट फिजिसियन
       शुक्रराज ट्रपकिल तथा सरुवा रोग अस्पताल

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...