Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

अबको ५ वर्ष भित्रमा थाहा वडा नम्बर १ का जनताले आफुलाई जिताउन देखेका सपना पुरा गर्ने छु ।

HYERMAN-1522572036.jpg

  थाहा नगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष हेरमान गोपाली पिता भोग बहादुर गेपाली तथा माता पंफावती गोपालीको कोखवाट २०३९ साल चैत्र महिनाको १२ गते जन्मिएका हुन् । श्रीमति तारादेवी गोपालीका साथै १ छोरा र १ छारी रहेका छन् । अहिले ३५ बर्षका मात्र भएका जागरिला युवा गोपालीले मानविकी संकायमा स्नातक तह सम्म प्रमुख विषय समाजशास्त्र र अंग्रेजी साहित्य गरेका छन् भने कृषिमा इजरायलको आइक्याट कलेजबाट दुईवर्षे डिप्लोमा गरेका छन् । सानै उमेरदेखी बलियाले कमजोरीलाई हेपेको देख्दा ती कमजोरीको न्यायको पक्षमा उभिने गोपालीको बानि रहेको बताउनु हुन्छ, यही बानीले आज म वडा अध्यक्ष बन्न सफल भएको हो झै लाग्छ उहा बताउनु हुन्छ । राजनितिक त्यो प्लेटफर्भ हो जुन विना समाज परिर्वतन अपुरो हुन्छ हाम्रो जीवनका प्रत्येक क्षणमा राजनितिक भैरहेको छ अर्थात कहि न कही राजनितीले प्रभाव पारिरहेको हुन्छ भन्नु हुन्छ । प्रस्तुत छ, सदैव सामाजिक काममा लागि पर्ने सालिन तथा सहयोगी जा“गरीलो युवा नेताका छवि बनाएका वडा अध्यक्ष गोपाली सगको कुराकानी ः—

— तपाईलाई हार्दिक स्वागत छ ।

                यहा“लाई हार्दिक धन्यवाद अनि नमस्ते ।

— आजभोलि केमा ब्यस्त हुनु हुन्छ ?

                आजभोली नढाटी भन्नुपर्दा पुरा समय समाज सेवामा भन्दा फरक पर्दैन यदाकदा समय निकाल्न सक्दा खेतिबारी जान्छु ।

— निर्वाचित भैसकेपछि जनताको काम गर्दा कस्तो महशुस भैरहेको छ ?

                जनताको काम गर्न पाउनु गौरवको विषय हो सवैले यो अवसर पाउन कठिन छ, म अत्यन्तै हर्षित छु ।

— स्थानिय निर्वाचन पश्चात वडावाटै जनताको काम हुन्छ भनिएको थियो के अहिले तपाईहरुको क्षेत्रको  अधिकार पर्याप्त छ ?

                 अधिकार त मानिसलाई जति भएपनी पुग्दैन यद्यपी अहिलेको अधिकार पर्याप्त भन्नु पर्छ वडाका जनताका लगभग ९० प्रतिसत काम बडा कार्यलयबाटै हुनु पनि त सकारात्मक नै हो नी ।

— वडा अध्यक्ष भैरह“दा कुनै समस्या भइरहेको छ की ?

         समस्या त हेर्नुहोस यो त जहा“पनि जहिलेपनि जन्म स“गसगै टासिएर आउनेकुरा हो तर भनिन्छ नि, जहा“ ईच्छा शक्ति त्यहा“ समाधानका उपाय पनि त छ ।

— वडा अध्यक्ष हुनु पहिला र अहिलेको हेरमान गोपालीको जीवनमा के फरक छ ?

                नेवार समुदायको भएको हुनाले म सानैदेखि गुठीहरुमा अनि हाम्रो अन्य सा“स्कृतिक परम्पराहरुमा संम्लग्न भए स“गै सामाजीक कार्यहरु र सधै समाजमा सकारात्मक परिर्वतन ल्याउने सोच बोकेको व्याक्ति भएर हो की ठुलो फरक आए जस्तो त लाग्दैन भएतापनि पहिला बाध्यात्मक परिस्थीती हुन्नथ्यो भने अहिले समाज सेवामा व्यस्त छु ।

— आफ्ना वडाका विकासको लागि के कस्ता योजनाहरु रहेका छन् ?

                वडाको प्रमुख भएको हैसियतले जिम्वेवारी व्यक्ति समाजले बनाएको छ, जसलाई पुरा गर्न वडाका विकासका योजनाहरु मोटर बाटो, खानेपानि, विधालय, कृषि, पर्यटन, व्यवसाय जस्ता विषयहरु समेटेको छु र आगामि वर्षमा योजना अलि फरक हुनेछ ।

— कृषि तथा पर्यटननै थाहा नगरको समृद्को आधार भनिएको छ, तपाईको वडामा कृषि र पर्यटनको लागि के के गर्ने योजनाहरु अघि बढाउनुभएको छ ? 

                हजुर पक्कै हो हामीले जे सुकै भनेतापनि अहिले पनि हामि कृषिमा नै निर्भर छौ कृषि सेवा केन्द्रको सहयोगले मात्र कृषि व्यावसाय अघि बढन गाह्रो महसुस गदै मैले आफ्नो वडाका सवै कृषक जसले आपm्नै तरिकाले टनेल बनाउछ वडाहरुलाई ३० प्रतिसत अनुदानमा टनेल प्लास्टीक वितरण गर्ने व्यवस्था योजनामा राखेको छु र काम भैरहेको छ । पर्यटनमा १ नम्बर वडा अरु भन्दा अगाडी देख्छु । किन भन्दा यहा“को मिलेको वस्तीहरु जुन होमस्टे विस्तारको निम्ती अत्यन्तै सजिलो छ । गत वर्षमात्र वडाको कुन्छाल गाउ“लाई ग“उ पर्यटन प्रर्वधन मञ्चले पर्यटकिय गन्तव्य गाउ“ घोषणा गर्न सफल भएका छौ  र त्यहा“ होसस्टे प्रर्वधनको निम्ति समिति गठन गरेर अघि वढिरहेका छन् र यो कार्यलाई अन्य गाउ“हरुमा पनि विस्तार गर्दैछु । यसैगरी कुटिपकलमा भ्यु टावर निर्माणको लागी डि पि आर तयार हुदैछ, ओखरवजारका झम्केश्वरीमा धार्मिक पर्यटकको लागी झम्केश्वरी जग्गेशाला डिपिआर तयार भैरहेको छ ,सास्कृतिक पर्यटनको लागी महिला लक्षीत गरी वासुरी बाजा तथा हाकु पटासी पर्वधन कार्यक्रम रहेको छ  खेलकुद मैदान तयार हुदैछ समग्रमा १ नं वडाको पर्यटन राम्रो हुनेवाला छ ।

– वाटो सुविधा नभइकन विकास सम्भावना कम हुन्छ, वाटो सम्वन्धि कस्तो योजना वनाउनु भएको  छ ?

                हजुर हो अहिले मानिसहरु भारी बोक्न छोडिसकेका छन् यो समयको माग पनि हो । त्यसैले यो वडामा भएका वस्तीहरुमा प्राय सडक ढलान तथा ग्रावेलिग यही वर्षमा हुने गरी बजेट विनियोजन गरेको छ । बा“की सडकहरु जुन कृषिको लागी तथा अन्य द्रष्टिले वनाएका छौ ति वाटाहरु क्रमिक रुपमा विकास गर्दै लानेछौ ।

– तत्काल वनाउनु पर्ने तथा दिर्घकालिन बाटोहरु छुट्याउनु भएको छ ? अथवा मापदण्ड के छ?

                तत्काल बनाउनुपर्ने बाटाहरुपनी धेरैछन् ति वाटाहरु प्राथमिक्ताको आधारमा बनाइरहेका छौ । अहिले ६ मिटरका बाटाहरु धेरैछन । अब बनाईने बाटाहरु दिर्घकालिन बाटोको मापदण्ड अनुरुप कम्तीमा १० मिटरको हुनेछ सम्भवत १ नं. वडामा एउटा रिङगरोड कल्पना गरेको छु ।

– दिर्घकालिन खालको वाटोहरु कुन् कुन् हो ?

                अहिले गाउ“छिरेका बाटोहरु यसै दिर्घकालिन भइहाले भने अव बन्ने बाटोहरु झन स्तरीय हुनुपर्छ वडा कार्यलयबाट कुलगाउ“ ,कुन्छाल हुदै वाराहीचौर सम्म एउटा स्तरीय बाटो बन्नेछ । भने रिगरोडले वडाका सम्र्पुण वस्ती समिटिने गरी बनाउने लक्ष्य छ ।

– तपाईको वडामा स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुलि वत्ति, सरसफाई को अवस्था के छ? भावि योजनापनि छन् की?

                यो वडामा स्वास्थ्य चौकि सम्म पनी छैन तर म अस्पतालको लक्ष्यका साथ बढ्दैछु शिक्षामा यहां दुईटा मावि एउटा प्रावि र दुईटा आधारभुत स्कुलहरु छन् ।  यहँ“को जनता प्राय शिक्षित नै छन खानेपानिको समस्या सामाधान हुदैछ सम्र्पुण वडावासीको घरमा विजुलीको पहु“च पुगेको छ व्यवस्थीत गर्न बाकी छ । सरसफाईको लागी योजनाबद्ध ढंगबाट अगाडि बढदैछौ भर्खरै मात्र वडाको मुख्य वजार ओखरवजारमा बजार ब्यावस्थापन समिति गठन गरी समिति र नगरपालिकाको समन्वयमा बजार सफागर्ने काम भएको छ यसले निरन्तरता पाउनेछ भने अन्य टोलहरुमा पनि टोल सुधार समिति गठन गरी काम अघि बढदैछन ।

– यस बर्षका तपाईको वडाको आयोजनाहरु कत्तिको सम्पन्न भयो? उल्लेखनीय कार्य भएका कुनै आयोजनाहरु भन्दीनुस न?

                यो वडाका ३८ वटा योजना मध्ये ७० प्रतिसत काम सम्पन्न भैसकेको र बा“कि ३० प्रतिसत सम्पन्न हुनेवालामा छन सबै योजना सम्पन्न हुनेमा म विस्वस्थ छु ।

– जनताको तत्कालको आवस्यक्ता के के देख्नु भयो ? वेरोजगारी समस्या कत्तिको छ व्यवस्थापनका लागि केही योजना छन् की?

                आवस्यक्ता धेरै छन गास वास र कपासको आवश्यक्ता भने जहा सम्म लाग्छ छैन वेरोजगारी समस्या त यो वडामा पनि छ तर कामै नपाएर चै हैन कामको महत्व र प्रकृति नबुझेर हो । कृषिमा आधुनिकिकरण स“गै थाहामा बेरोजगारी समस्याको समाधान हुन्छ भन्नेमा विस्वस्थ छु जसका लागि वडाले यही वर्षको योजनामा ४ लाखको टनेल प्लाष्टिक वितरण गर्दैछ आगामी वर्षमा वडामा यो भन्दा धेरैगुणाले बृद्धी हुनेपनि जानकारी गराउछु यसै गरी पर्यटन क्षेत्रमा पनि आवश्यक पहल गरिरहेकै छु अझ धेरै गर्न बाकी  छ ।

– समृद् वडा भए पछि थाहा नगर समृद् हुनेनै छ, समृद् वडाका लागि के सोच्नु भएको छ ?

                समृद्ध हुन एक दुईजनाले बल गरेरमात्र गाह्रो छ । यसमा सम्र्पुण बुद्धिजिवि,समाजसेवी ,शिक्षक, विद्यार्थी, किसान, मजदुर, व्यावसायी, पत्रकार लगायत सबैको सल्लाह र सहयोगको खाचो छ । व्यंग गर्ने र अरुलाई कमजोर बनाउने सोच राख्यौ भने हामि अरु भन्दापनि पछि पर्छौ । छलफल र सल्लाहले हामि छिटै समृद्ध तर्फ पुग्छौ त्यसैले सम्र्पुणको सल्लाह सुक्षाव र सहयोगको अपेक्षा गर्छु ।

— खानेपानीको कत्तिको समस्या छ ? समाधनका लागि योजना ?

                यो वडाको ताखेल,कुटिपकल गहते र देउरालीमा खानेपानिको अति नै समस्या रहेछ, जसको समाधान भएको छ अब सवैतिरको खानेपानिलाई व्यवस्थीत गर्नआवस्यक ठानेको छु ।

— वडा कार्यालय भाडामा चलाइ रहनु भएको छ, वडा कार्यालय पनि वन्दैछ के भन्छन् वडा   बासीहरु ?

                हजुर, धेरै प्रयासपछि वडा कार्यलय विस्तार गरको छु भाडामै भएपनि जनताहरु खुसी छन सवै सेवाकार्य पायक पर्ने ठाउमा छ । अब वडाको आफ्नो भवन बन्नेकाम शुरु भएको छ ।

– वडा कार्यालय बनिरहेको स्थानको बिषयमा बासीन्दा खुसी छन्?

                हामि कुनै पुर्वाग्रह नराखी ठाउ छानेका छौ वडाकै बिचमा पर्छ टाडाका बासिन्दा पनि आधा घण्टामा कार्यालय आईपुग्न सक्नुहुन्छ त्यसैले लाग्छ कसैलाई यसको दुखेसो छैन ।

– अवको ५ बर्ष पछि थाहा नगरपालिकाको वडा नम्बर १ कस्तो हुने छ ?

                समस्या ,चुनौती र अवसर यतीखेर सबैले मलाई घेरामा पारिरहेको छ, तर पनि म मा विस्वास यो छ कि मेरो पालामै यो वडाको शिक्षा,स्वास्थमा फरक महसुस गर्ने छन् । सबै जनतासामु शुद्ध पिउने पानिको उचित व्यावस्थापन गाउ“ टोलहरु सफा र सुन्दर,कृषिमा व्यापक आधुनिकिकरण, पर्यटनले छुट्टै फडको मारेको र समग्रमा १ नं वडा विकासमा पनि १नं हुनेमा विस्वास गर्न आग्रह गर्दछु ।

– कुराकानीका लागि समय दिनुभएकोमा धन्यवाद, अरु कुनै तपाईले भन्न चाहीरहनु भएको र हामीले सोध्न बिर्षेका केही कुराहरु छन् र्की?

                हजुर, यो १ नंम्बर वडालाई सवैक्षेत्रमा सधै १ नम्बर बनाइराख्न सम्र्पुण तह र तप्काका वडावासीलाई आग्रह गर्नचाहन्छु की तपाईहरुले जुन सपना बोकेर मलाई चुन्नुभएको छ त्यो सपना सकार बनाउने म सधै तल्लीन रहनेछु त्यसको लागी आव्स्यक सल्लाह सुझाव र सहयोग तथा परार्मसको सधै अपेक्षा र आभारी रहनेछु ।आशा छ सबैको आशिर्वाद र माया पाउनेछु । अन्तमा आफ्ना कुराहरु सबैसामु राख्ने मौका दिनुभयो तपाईलगायत सम्र्पुण जनमुखी साप्ताहिक तथा थाहापाटी अनलाईन टिमलाई हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु । धन्यवाद नमस्ते  ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

khane-1774766593.png