pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

 मुर्तिकलाको गाउँ बन्दै थाहानगरकाे टिस्टुङ
‘गाउँमै मुर्तिकार भएपछि गाउँ मुर्तिमय त हुने नै भयो’

murti-banaudai-2-1596971014.jpg

कुमार नेगी

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सरकारकै लागि चुनौति बनिरहेको बेला यसले अवसरसमेत लिएर आएको छ  । यसको उदाहरण बनेको छ मकवानपुरको वडा नं. ११ टिस्टुङ गाउँ । टिस्टुङलाई मुर्तिकलाको  गाउँ बनाउने वडा अध्यक्ष किरणमान बलको सपना पूरा हुँदै गएको छ । कोरोना भाइरस संक्रमणको डरले चार महिनाअघि गाउँ फर्किएका मानबहादुर बलको समूहले लकडाउनको अवधिमा गाउँका समाजसेवी एवम् पूर्व जनप्रतिनिधि स्वर्गीय अष्टमान बलको मुर्ति निर्माण गरेको छ । 

फाेटाे साैजन्य ः मंगल माेक्तान

थाहा नगरपालिकाले नगरपालिका गठनको शुरुमै ‘कृषि, पर्यटन र पूर्वाधार, थाहा नगरको आधार’ नारा तय गरेको थियो । पर्यटनअन्तर्गत के गर्ने भनेर सोच्दै जाँदा थाहा नगरपालिका–११ मा स्थानीय क्षेत्रमै पाइने चर्चरे ढुङ्गाबाट मुर्तिकला र चित्रकला देखाउन सकिन्छ भन्ने वडा अध्यक्ष बललाई लाग्यो । अन्य जनप्रतिनिधि र स्थानीय नागरिकहरुले पनि समर्थन जनाए । टिस्टुङमा नर्वे ढुङ्गा पार्क, ताराखोला पार्क, पहिचान स्तम्भ, राष्ट्रिय विभूति पार्क  जस्ता पर्यटकीय गन्तव्यहरु निर्माण गरेर ललितकलाअन्तर्गत मुर्तिकलाको गाउँ बनाउने अभियान चलिरहेको वडा अध्यक्ष बलले बताउनु भयो । 

टिस्टुङलाई मुर्तिकलाको गाउँ बनाउने योजना बनाइरहँदा गाउँकै केही युवाहरु काठमाण्डौंस्थित ललितकला क्याम्पसमा मुर्तिकला पढ्दै थिए । ललितकला क्याम्पस स्नातकोत्तर दोस्रो वर्षमा पढ्दै गरेका मानबहादुर बल, स्नातक तहमा मुर्तिकला नै पढ्दै गरेकी सुस्मिता मोक्तान र सोही तहमा ग्राफिक डिजाइन अध्ययन गरिरहेकी सुशिला मोक्तान गाउँ फर्किएपछि  वडा अध्यक्ष बललाई ढुङ्गा खोज्दा देउता मिलेजस्तै  भयो ।  लकडाउन लम्बिँदै गर्दा मानबहादुर, सुस्मिता र सुशिलाको समूह भने धमाधम गाउँमा मूर्ति कुँदिरहेको थियो । 

फाेटाे साैजन्य ः मंगल माेक्तान

अहिले समाजसेवी स्वर्गीय अष्टमान बलको मुर्ति कुँद्ने काम सम्पन्न भइसकेको र केही दिनमा नै प्रतिस्थापन गरिने वडा अध्यक्ष बलले जानकारी दिनुभयो । साविक टिस्टुङ गाविसमा पटकपटक जनप्रतिनिधि निर्वाचित र शिक्षा विकासमा अग्रणी पहल गर्नुभएका बलको सालिक वडा कार्यालयको प्राङ्गणमा राख्ने वडा कार्यालयको वार्षिक कार्यक्रम नै रहेको थियो । स्वर्गीय बल नेपाल तामाङ घेदुङ मकवानपुरको संस्थापक रहनुभएको थियो । 

अहिले कोरोना भाइरसको संक्रमण बढ्दै गएको र धमाधम जिल्ला र स्थानीय तहहरुले नै निषेधाज्ञा, सिल, सटडाउन आदिको घोषणा गरिरहँदा टिस्टुङका मुर्तिकलाका विद्यार्थीहरुको ध्यान भने आफ्नो सीप देखाउनुमै छ । उनीहरुको ध्यान अब एउटा ढुङ्गालाई कुखुरा (चरा)को स्वरुप दिनेमा केन्द्रित भएको छ । ‘हामी तामाङ संस्कृतिअन्तर्गत १२ थरीका जनावरको बीचमा कुखुरा(चरा) भएको मुर्ति बनाउने तयारीमा लागेका छौं,’ मुर्तिकार मानबहादुर बलले भन्नु भयो । 

बलले यसअघि ढुङ्गालाई कुँदेर टिस्टुङमै नेपालीहरुको वीरताको निसानीको रुपमा रहेको खुकुरी बनाइसक्नु भएको छ । टिस्टुङको ताराखोलामा राखिएको उक्त खुकुरी ढुङ्गा हेर्न पर्यटकहरु आउन थालिसकेका छन् । उक्त स्थानको नाम नै अहिले खुकरी मैदान भनेर चिनिन थालिएको छ । 

टिस्टुङको मेलखोला माथि रहेको बुद्धको मुर्ति पनि मानबहादुर बलकै समूहले निर्माण गरेको हो । थाहा नगरपालिकाको जनकल्याण माविमा स्वर्ण महोत्सवको अवसरमा ढुङ्गाको कृषि स्तम्भ निर्माण गर्दा पनि उहाँ संलग्न रहनुभएको थियो । 

‘गाउँमै मुर्तिकार भएपछि गाउँ मुर्तिमय त हुने नै भयो,’ टिस्टुङ तामाङ संग्रहालयका अध्यक्ष मंगल मोक्तानले भन्नु भयो । 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...