pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहानगरका जनप्रतिनीधि र कर्मचारीहरुका लागि तीनदिने क्षमता अभिवृद्धि तालिम सुरु

FB_IMG_1741538233378-1741538263.jpg

 

थाहा नगरपालिकाको आयोजनामा जनप्रतिनीधि र कर्मचारीहरुका लागि तीनदिने क्षमता अभिवृद्धि तालिम २५ फागुनबाट शुरु भएको छ । तालिममा नगर प्रमुख तथा उपप्रमुखसहित वडाध्यक्षहरु, महाशाखा, शाखा प्रमुख र वडा सचिवहरुको सहभागिता रहेको छ 

तालिमका सहभागीहरुलाई नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँसकोटा तथा पूर्व सहसचिवद्वय महेन्द्र थापा र लक्ष्मी विलास कोइरालाले सहजीकरण गरिरहेका छन् ।
थाहानगर बज्रवाराहीको अध्याय रिसोर्टमा भइरहेको तालिममा सकारात्मक सोच, आन्तरिक नियन्त्रण प्रणाली, अन्तरतह समन्वय, पत्रव्यवहार, प्रतिवेदन लेखन, बैठक सञ्चालन प्रक्रिया, सञ्चार व्यवस्थापन, कार्यपालिका, नगरसभा सञ्चालन, टिप्पणी लेखन, बजेट तर्जुमा, राजश्व, सार्वजनिक खरिदलगायतको विषयमा सहजकर्ताहरुले सहजीकरण गर्ने कार्यक्रम छ ।

यसैबीच २५ फागुनमा एक समारोहकाबीच नगर प्रमुख विष्णु बहादुर विष्टले तालिमको उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै प्रमुख विष्टले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे । पालिकाको सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउनको लागि तालिमले सहयोग मिल्ने विष्टको विश्वास रहेको थियो । तालिमको उद्देश्यमाथि प्रकाश पार्दै प्रमुख प्रशाकीय अधिकृत सुरेन्द्र प्रधानले स्वागत गरेका थिए । प्रधानले जनप्रतिनीधि र कर्मचारीको क्षमता अभिवृद्धिले समग्र पालिकाको सेवा प्रवाह, सुशासनमा सकारात्मक परिवर्तन आउने बताए ।

कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, वडाध्यक्षहरु, शाखा प्रमुखहरु तथा वडा सचिवहरुको सहभागिता रहेको थियो ।

FB_IMG_1741538238243-1741538264.jpg
FB_IMG_1741538242289-1741538288.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...