Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

“भाषणमा होइन, काममा विश्वास गर्छु” :- उम्मेदवार लवशेर विष्ट

FB_IMG_1770121377521-1770121396.jpg

कैलाश । नेपाली कम्युनिस्ट पार्टी मकवानपुर २ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार  लवशेर विष्टले आफू भाषणमा होइन, काममा विश्वास गर्ने नेता भएको बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कैलाश गाउँपालिका कमिटीको विस्तारित बैठकलाई मंगलबार कालिकाटारमा सम्बाेधन गर्दै  विष्टले भने, “बोलेर होइन, काम गरेर देखाउँछु। जनताको अपेक्षा पूरा गर्नु मेरो जिम्मेवारी हो ।” 
विष्टले जनजीविकाका सवाल, रोजगारी, विकास र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पार्टीप्रति जनताको भरोसा अझ बलियो बनाउन सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आग्रह गरे।
बैठकमा पार्टीको आगामी निर्वाचन रणनीति, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल भएको थियो। कार्यक्रममा प्रमुख अतिथि  नेकपाकी केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन कमिटी संयोजक कुमारी मोक्तानले देश र जनताको हितमा काम गर्ने एकमात्र पार्टी नेपाली कम्युनिस्ट पार्टी भएको दाबी गरिन्। उनले देशको समृद्धि र विद्यमान अस्थिरतालाई सही दिशामा लैजान नेकपाले मात्र नेतृत्व दिन सक्ने बताइन्। “नयाँ र पुरानो पार्टीको बहस होइन, विचार र समाजवादतर्फ देशलाई अघि बढाउने सवाल मुख्य हो, र त्यो क्षमता हाम्रो पार्टीसँग मात्र छ,” मोक्तानले भनिन् ।
कार्यक्रममा बाेल्दै नेकपाका केन्द्रीय सदस्य किशोर बर्तौलाले विष्टले सबैभन्दा योग्य र काम गरेर देखाइसकेको उम्मेदवारका रूपमा परिचित रहेको बताए । नेकपाका प्रदेश कमिटी सदस्य कमल अर्याल, समानुपातिक उम्मेदवार मंगलसिं प्रजा, प्रदेश कमिटी सदस्य बालकुमार मल्लले पनि पार्टीको नीति, कार्यक्रम र उम्मेदवारको पक्षमा धारणा राखेका थिए।
गाउकमिटि संयाेजक रवीन्द्र थिङकाे सभाध्यक्षतामा भएको बैठकमा नेकपा प्रदेश कमिटी सदस्य सीता पुलामी मगर, ठाकुरसिं थिङ लगायत पालिकाका नेताहरू सहभागी थिए ।
विस्तारित बैठकले आगामी निर्वाचनमा विष्टलाई विजयी बनाउन संगठनलाई थप सक्रिय बनाई जनपरिचालन तिब्र बनाउने निर्णय गरेको पार्टीका कैलाश सचिव सुरेश घिमिरेले बताए ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg