pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

“भाषणमा होइन, काममा विश्वास गर्छु” :- उम्मेदवार लवशेर विष्ट

FB_IMG_1770121377521-1770121396.jpg

कैलाश । नेपाली कम्युनिस्ट पार्टी मकवानपुर २ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार  लवशेर विष्टले आफू भाषणमा होइन, काममा विश्वास गर्ने नेता भएको बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कैलाश गाउँपालिका कमिटीको विस्तारित बैठकलाई मंगलबार कालिकाटारमा सम्बाेधन गर्दै  विष्टले भने, “बोलेर होइन, काम गरेर देखाउँछु। जनताको अपेक्षा पूरा गर्नु मेरो जिम्मेवारी हो ।” 
विष्टले जनजीविकाका सवाल, रोजगारी, विकास र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पार्टीप्रति जनताको भरोसा अझ बलियो बनाउन सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आग्रह गरे।
बैठकमा पार्टीको आगामी निर्वाचन रणनीति, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल भएको थियो। कार्यक्रममा प्रमुख अतिथि  नेकपाकी केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन कमिटी संयोजक कुमारी मोक्तानले देश र जनताको हितमा काम गर्ने एकमात्र पार्टी नेपाली कम्युनिस्ट पार्टी भएको दाबी गरिन्। उनले देशको समृद्धि र विद्यमान अस्थिरतालाई सही दिशामा लैजान नेकपाले मात्र नेतृत्व दिन सक्ने बताइन्। “नयाँ र पुरानो पार्टीको बहस होइन, विचार र समाजवादतर्फ देशलाई अघि बढाउने सवाल मुख्य हो, र त्यो क्षमता हाम्रो पार्टीसँग मात्र छ,” मोक्तानले भनिन् ।
कार्यक्रममा बाेल्दै नेकपाका केन्द्रीय सदस्य किशोर बर्तौलाले विष्टले सबैभन्दा योग्य र काम गरेर देखाइसकेको उम्मेदवारका रूपमा परिचित रहेको बताए । नेकपाका प्रदेश कमिटी सदस्य कमल अर्याल, समानुपातिक उम्मेदवार मंगलसिं प्रजा, प्रदेश कमिटी सदस्य बालकुमार मल्लले पनि पार्टीको नीति, कार्यक्रम र उम्मेदवारको पक्षमा धारणा राखेका थिए।
गाउकमिटि संयाेजक रवीन्द्र थिङकाे सभाध्यक्षतामा भएको बैठकमा नेकपा प्रदेश कमिटी सदस्य सीता पुलामी मगर, ठाकुरसिं थिङ लगायत पालिकाका नेताहरू सहभागी थिए ।
विस्तारित बैठकले आगामी निर्वाचनमा विष्टलाई विजयी बनाउन संगठनलाई थप सक्रिय बनाई जनपरिचालन तिब्र बनाउने निर्णय गरेको पार्टीका कैलाश सचिव सुरेश घिमिरेले बताए ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg