pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

‘साइबर सेना’ले फैलाएको भ्रमको शिकार बने प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक टाइमलाइनमा राखेको नारा छ– सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने । तर, ‘सत्यसँग नलड्ने’ उनै ओली शुक्रबार नारायणहिटी अगाडि भएको आमसभामा भने ‘फेक न्युज’को शिकार बने ।

प्रचण्ड–माधव नेपाल समूहले आयोजना गरेको आम हड्तालको निन्दा गर्ने क्रममा प्रधानमन्त्री ओलीले ‘फेक न्युज’ को सहारा लिए । प्रधानमन्त्री ओलीले आम हड्तालको विरोध गर्दै भने, ‘सडकभरि तरकारी पोख्ने, ट्याक्सी जलाउने, के यही हो व्यवस्था रु’


तर, प्रधानमन्त्री ओलीले भनेको सडकमा तरकारी पोखिएको घटना बिहीबारको हडतालमा भएको होइन । बन्दका आयोजकहरुलाई बदनाम गर्न भाइरल बनाइएको तरकारी पोखिएका तस्वीरहरु बिहीबारका होइनन् ।

प्रधानमन्त्रीले टिप्पणी गरेका कुनै पनि दृश्यहरु प्रचण्ड–माधप समूहसँग सम्बन्धित छैनन् । साइबर सेनाहरुले बिहीबार प्रचण्ड–माधव समूहलाई बदनाम गर्नका लागि सार्वजनिक गरेका फेक तस्वीरमध्ये एउटा थियो( नापी विभागदेखि नयाँ बानेश्वर छिर्ने सडकमा छरपस्ट तरकारी छरिएको दृश्य । तर, उक्त सडक आसपासका स्थानीयले बिहीबार दिनभर सडकमा कुनै पनि तरकारी नफ्याँकिएको बताइसकेका छन् ।

त्यस्तै घिरौँला सडकमा फ्याँकिएको अर्को तस्वीर सर्लाही लालबन्दीका किसानले बिक्री नभएको तरकारी सडकमा फ्याँकेर आन्दोलन गरेको तस्वीर हो, त्यो पनि दुई वर्ष पुरानो ।

तरकारी फ्याँकिएको तेस्रो फोटो भने भारतको हो । तर, आमसभामा प्रधानमन्त्री ओली भ्रममा परेको प्रष्ट देखियो । किनभने, बूढीआमैको तरकारी फ्याँकेको भन्ने प्रधानमन्त्री ओलीको आरोप आफ्नै साइबर सेनाले फैलाएको भ्रममा आधारित थियो । तर, प्रधानमन्त्री ओलीले भनेजस्तै बिहीबारको आम हडतालका बेला एउटा ट्याक्सी जलाइएको घटनाचाहिँ सत्य नै हो ।

प्रधानमन्त्री भन्दा पहिले आमसभालाई सम्वोधन गरेका उपप्रधानमन्त्री ईश्वर पोखरेले गरी खाने नागरिकको ट्याक्सी जलाएकोप्रति घोर भत्र्सना गर्दै पीडितलाई सरकारले क्षतिपूर्ति दिने बताए । प्रधानमन्त्री ओलीले पनि सरकारले क्षतिपूर्ति दिने आश्वास दोहोर्‍याए ।

बिहीबार जलेको ट्याक्सीको क्षतिपूर्ति दिने आश्वासन ओली र पोखरेलले दिएता पनि दुई वर्षअघि बालकुमारीमा जलेको ट्याक्सीका चालकले अहिलेसम्म कुनै क्षतिपूर्ति पाएका छैनन् ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg