jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

‘साइबर सेना’ले फैलाएको भ्रमको शिकार बने प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक टाइमलाइनमा राखेको नारा छ– सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने । तर, ‘सत्यसँग नलड्ने’ उनै ओली शुक्रबार नारायणहिटी अगाडि भएको आमसभामा भने ‘फेक न्युज’को शिकार बने ।

प्रचण्ड–माधव नेपाल समूहले आयोजना गरेको आम हड्तालको निन्दा गर्ने क्रममा प्रधानमन्त्री ओलीले ‘फेक न्युज’ को सहारा लिए । प्रधानमन्त्री ओलीले आम हड्तालको विरोध गर्दै भने, ‘सडकभरि तरकारी पोख्ने, ट्याक्सी जलाउने, के यही हो व्यवस्था रु’


तर, प्रधानमन्त्री ओलीले भनेको सडकमा तरकारी पोखिएको घटना बिहीबारको हडतालमा भएको होइन । बन्दका आयोजकहरुलाई बदनाम गर्न भाइरल बनाइएको तरकारी पोखिएका तस्वीरहरु बिहीबारका होइनन् ।

प्रधानमन्त्रीले टिप्पणी गरेका कुनै पनि दृश्यहरु प्रचण्ड–माधप समूहसँग सम्बन्धित छैनन् । साइबर सेनाहरुले बिहीबार प्रचण्ड–माधव समूहलाई बदनाम गर्नका लागि सार्वजनिक गरेका फेक तस्वीरमध्ये एउटा थियो( नापी विभागदेखि नयाँ बानेश्वर छिर्ने सडकमा छरपस्ट तरकारी छरिएको दृश्य । तर, उक्त सडक आसपासका स्थानीयले बिहीबार दिनभर सडकमा कुनै पनि तरकारी नफ्याँकिएको बताइसकेका छन् ।

त्यस्तै घिरौँला सडकमा फ्याँकिएको अर्को तस्वीर सर्लाही लालबन्दीका किसानले बिक्री नभएको तरकारी सडकमा फ्याँकेर आन्दोलन गरेको तस्वीर हो, त्यो पनि दुई वर्ष पुरानो ।

तरकारी फ्याँकिएको तेस्रो फोटो भने भारतको हो । तर, आमसभामा प्रधानमन्त्री ओली भ्रममा परेको प्रष्ट देखियो । किनभने, बूढीआमैको तरकारी फ्याँकेको भन्ने प्रधानमन्त्री ओलीको आरोप आफ्नै साइबर सेनाले फैलाएको भ्रममा आधारित थियो । तर, प्रधानमन्त्री ओलीले भनेजस्तै बिहीबारको आम हडतालका बेला एउटा ट्याक्सी जलाइएको घटनाचाहिँ सत्य नै हो ।

प्रधानमन्त्री भन्दा पहिले आमसभालाई सम्वोधन गरेका उपप्रधानमन्त्री ईश्वर पोखरेले गरी खाने नागरिकको ट्याक्सी जलाएकोप्रति घोर भत्र्सना गर्दै पीडितलाई सरकारले क्षतिपूर्ति दिने बताए । प्रधानमन्त्री ओलीले पनि सरकारले क्षतिपूर्ति दिने आश्वास दोहोर्‍याए ।

बिहीबार जलेको ट्याक्सीको क्षतिपूर्ति दिने आश्वासन ओली र पोखरेलले दिएता पनि दुई वर्षअघि बालकुमारीमा जलेको ट्याक्सीका चालकले अहिलेसम्म कुनै क्षतिपूर्ति पाएका छैनन् ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...