pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

सहिद आकाश मेमोरियल क्याम्पस, हेटौंडाले ‘टेकनोभा फेष्ट २०८२’ सम्पन्न गर्यो।

FB_IMG_1755102040134-1755102139.jpg

२८ श्रावण, हेटौंडा
‎सहिद आकाश मेमोरियल क्याम्पस, हेटौंडा मकवानपुरले आज हेटौंडामा ‘टेकनोभा फेष्ट २०२५’ सम्पन्न गरेको छ। कार्यक्रममा एआई विज्ञ ई. सर्वज्ञ न्यौपानेले ‘एआई ईन ईन्डष्ट्री’ र साईबर सेक्यूरिटी विज्ञ ई. विजय गौतमले ‘ईमर्जिंग ट्रेन्ड्स ईन आईटी’ बिषयमा पेपर प्रस्तुत गर्नुभएको थियो। क्याम्पसमा अध्ययनरत विध्यार्थीहरुले तैयार गरेको ‘च्याट बट’, ‘फिसिंग अट्याक’, एआई भ्वाईस एक्सप्लेनर’, क्यारियर पाथ न्याभिगेटर’ र ‘टेक टर्म एक्सप्लेनर’ बिषयक डेमोहरु समेत प्रस्तुत गरिएको थियो।
‎हेटौंडा उपमहानगरपालिकाको मेयर मिनाकुमारी लामाले उद्घाटन गर्नुभएको आईटी फेयरमा १२ कक्षा पास गरेका करिब एक सय विध्यार्थीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सूरी टेक्नोलोजी प्रालि, आरएमसी केमिकल ईन्डस्ट्री, सफ्टी हाईजेनिक प्रोडक्ट पालि, मल्टीपल आईरन प्रालि, स्टील्स एण्ड प्लाष्टिक उध्योग, एकता प्लाष्टिक्स प्रोडक्ट्स प्रालि लगायतसॅग बिध्यार्थीहरुको ‘ईन्टर्न र रोजगारी’को लागि समझदारी पत्रमा हस्ताक्षर समेत गरिएको थियो। यसलाई आगामी दिनमा अझ विस्तार गरेर लैजाने बताइएको थियो।
‎कार्यक्रममा सन्चालक समितिका अध्यक्ष विजय गौतम, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशी, क्याम्पसका प्रमुख दिनेश सुवेदी लगायतले बिध्यार्थीको क्यारियर केन्द्रीत सम्बोधन गर्नुभएको थियो।
‎क्याम्पसमा अध्ययनरत विध्यार्थीहरुको क्लब SAMC Tech Club को आयोजनामा रोयल पार्टी प्यालेस हेटौंडामा सम्पन्न कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष महेश मोक्तानले गर्नुभएको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...