pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

शिक्षा

सहिद आकाश मेमोरियल क्याम्पस, हेटौंडाले ‘टेकनोभा फेष्ट २०८२’ सम्पन्न गर्यो।

FB_IMG_1755102040134-1755102139.jpg

२८ श्रावण, हेटौंडा
‎सहिद आकाश मेमोरियल क्याम्पस, हेटौंडा मकवानपुरले आज हेटौंडामा ‘टेकनोभा फेष्ट २०२५’ सम्पन्न गरेको छ। कार्यक्रममा एआई विज्ञ ई. सर्वज्ञ न्यौपानेले ‘एआई ईन ईन्डष्ट्री’ र साईबर सेक्यूरिटी विज्ञ ई. विजय गौतमले ‘ईमर्जिंग ट्रेन्ड्स ईन आईटी’ बिषयमा पेपर प्रस्तुत गर्नुभएको थियो। क्याम्पसमा अध्ययनरत विध्यार्थीहरुले तैयार गरेको ‘च्याट बट’, ‘फिसिंग अट्याक’, एआई भ्वाईस एक्सप्लेनर’, क्यारियर पाथ न्याभिगेटर’ र ‘टेक टर्म एक्सप्लेनर’ बिषयक डेमोहरु समेत प्रस्तुत गरिएको थियो।
‎हेटौंडा उपमहानगरपालिकाको मेयर मिनाकुमारी लामाले उद्घाटन गर्नुभएको आईटी फेयरमा १२ कक्षा पास गरेका करिब एक सय विध्यार्थीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सूरी टेक्नोलोजी प्रालि, आरएमसी केमिकल ईन्डस्ट्री, सफ्टी हाईजेनिक प्रोडक्ट पालि, मल्टीपल आईरन प्रालि, स्टील्स एण्ड प्लाष्टिक उध्योग, एकता प्लाष्टिक्स प्रोडक्ट्स प्रालि लगायतसॅग बिध्यार्थीहरुको ‘ईन्टर्न र रोजगारी’को लागि समझदारी पत्रमा हस्ताक्षर समेत गरिएको थियो। यसलाई आगामी दिनमा अझ विस्तार गरेर लैजाने बताइएको थियो।
‎कार्यक्रममा सन्चालक समितिका अध्यक्ष विजय गौतम, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशी, क्याम्पसका प्रमुख दिनेश सुवेदी लगायतले बिध्यार्थीको क्यारियर केन्द्रीत सम्बोधन गर्नुभएको थियो।
‎क्याम्पसमा अध्ययनरत विध्यार्थीहरुको क्लब SAMC Tech Club को आयोजनामा रोयल पार्टी प्यालेस हेटौंडामा सम्पन्न कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष महेश मोक्तानले गर्नुभएको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg