jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

सर्वदलिय बैठक सकियाे, एमसीसी पारित गर्न नदिएकाेमा सभामुखमाथि प्रधानमन्त्री आक्राेशित

sarbadaliya-baithak-1618649417.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले बाेलाएकाे सर्वदलिय बैठक सकिएकाे छ। बैठकमा प्रधानमन्त्री ओलीलाई जारी राजनीतिक गतिरोधलाई छिटो निकास दिन नेपाली काँग्रेसले सुझाव दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे साे बैठकमा काँग्रेसले लामो समय राजनीतिक संकट निम्तिँदा अन्य क्षेत्रमा पनि असर पर्ने भन्दै छिटो गतिरोध अन्त्यका लागि पहल गर्न ओलीलाई सुझाव दिएको हो ।

बैठकपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले सरकारलाई राजनीतिक गतिरोधबारे चाँडो निकाश दिन सुझाएको बताए। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको आलोचना गरेका छन्। ओलीले सभामुख सापकोटाले संसदलाई बन्धक बनाएको आरोप लगाएका हुन्। बैठकमा भाग लिएर बाहिरिएपछि राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री ओलीले सभामुखले सरकारलाई कामै गर्न नदिएको गुनासो गरेको सञ्चारकर्मीसँग बताए।

‘सभामुख अराजक बन्नुभयो, उहाँले संसदलाई बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै डा. लोहनीले भने, ‘यसको निकास कसरी खोज्ने भनेर दलहरूसँग राय माग्नुभयो। सर्वदलीय बैठकमा उहाँले सभामुखप्रति आक्रोश पोख्नुभयो।’

प्रधानमन्त्री ओलीले सरकारले सोचेअनुसार, संसद्मा काम हुन नसकेको बताए। एमसीसी लगायतका विषयमा सभामुख सापकोटाले संसद्मा काम गर्न नदिएको उनको भनाइ थियो। यस्तै बैठकमा कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न, तत्काल राष्ट्रियसभाको बैठक बोलाउन, प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया अघि बढाउन पनि काँग्रेसले माग गरेको बताए। उनले प्रतिनिधिसभामा रिक्त रहेका पदहरुमा उपनिर्वाचन गर्नेबारे पनि छलफल भएको बताए।

सर्वदलिय बैठक भनिएपनि बैठकमा चार पूर्वप्रधानमन्त्रीले सहित जसपा नेताहरुले बहिष्कार गरेका थिए।  बैठकलाई पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले बैठक बहिष्कार गरेका हुन्। त्यस्तै जसपा नेता उपेन्द् यादव पनि बैठकमा सहभागी भएका थिएनन्। सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जसपाका अध्यक्ष महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी भएका छन्।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...