Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

सर्वदलिय बैठक सकियाे, एमसीसी पारित गर्न नदिएकाेमा सभामुखमाथि प्रधानमन्त्री आक्राेशित

sarbadaliya-baithak-1618649417.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले बाेलाएकाे सर्वदलिय बैठक सकिएकाे छ। बैठकमा प्रधानमन्त्री ओलीलाई जारी राजनीतिक गतिरोधलाई छिटो निकास दिन नेपाली काँग्रेसले सुझाव दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे साे बैठकमा काँग्रेसले लामो समय राजनीतिक संकट निम्तिँदा अन्य क्षेत्रमा पनि असर पर्ने भन्दै छिटो गतिरोध अन्त्यका लागि पहल गर्न ओलीलाई सुझाव दिएको हो ।

बैठकपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले सरकारलाई राजनीतिक गतिरोधबारे चाँडो निकाश दिन सुझाएको बताए। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको आलोचना गरेका छन्। ओलीले सभामुख सापकोटाले संसदलाई बन्धक बनाएको आरोप लगाएका हुन्। बैठकमा भाग लिएर बाहिरिएपछि राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री ओलीले सभामुखले सरकारलाई कामै गर्न नदिएको गुनासो गरेको सञ्चारकर्मीसँग बताए।

‘सभामुख अराजक बन्नुभयो, उहाँले संसदलाई बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै डा. लोहनीले भने, ‘यसको निकास कसरी खोज्ने भनेर दलहरूसँग राय माग्नुभयो। सर्वदलीय बैठकमा उहाँले सभामुखप्रति आक्रोश पोख्नुभयो।’

प्रधानमन्त्री ओलीले सरकारले सोचेअनुसार, संसद्मा काम हुन नसकेको बताए। एमसीसी लगायतका विषयमा सभामुख सापकोटाले संसद्मा काम गर्न नदिएको उनको भनाइ थियो। यस्तै बैठकमा कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न, तत्काल राष्ट्रियसभाको बैठक बोलाउन, प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया अघि बढाउन पनि काँग्रेसले माग गरेको बताए। उनले प्रतिनिधिसभामा रिक्त रहेका पदहरुमा उपनिर्वाचन गर्नेबारे पनि छलफल भएको बताए।

सर्वदलिय बैठक भनिएपनि बैठकमा चार पूर्वप्रधानमन्त्रीले सहित जसपा नेताहरुले बहिष्कार गरेका थिए।  बैठकलाई पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले बैठक बहिष्कार गरेका हुन्। त्यस्तै जसपा नेता उपेन्द् यादव पनि बैठकमा सहभागी भएका थिएनन्। सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जसपाका अध्यक्ष महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी भएका छन्।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg