pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

शिक्षा

सरस्वती माविमा २६ वर्ष ३ महिना सेवा गरेका शिक्षक बिनोद अर्यालको भव्य बिदाई

FB_IMG_1766151253154-1766151296.jpg

थाहा नगरपालिका–७ देउखेल, मकवानपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा लामो समय सेवा गरेका शिक्षक बिनोद अर्यालको सम्मानसहित बिदाई गरिएको छ। विद्यालय व्यवस्थापन समितिको आयोजनामा मिति २०८२ साल पुस ४ गते “फेरि भेटौँला” कार्यक्रमका बीच उहाँलाई भव्य रूपमा बिदाई गरिएको हो।
धादिङ जिल्ला थाक्रे गाउँपालिका–४ स्थायी घर भई शिक्षक अर्यालले वि.सं. २०५६ साल भदौ १ गतेदेखि २०८२ साल मंसिर १६ गतेसम्म सरस्वती माध्यमिक विद्यालयमा निरन्तर २६ वर्ष ३ महिना सेवा गर्नुभएको थियो। उहाँले २०५६ सालदेखि २०८० सालसम्म सहायक प्रधानाध्यापकको रूपमा र २०८० सालदेखि २०८१ साल भदौसम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै विद्यालयको शैक्षिक तथा प्रशासनिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको विद्यालयले जनाएको छ।
बिदाई कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर लोको अध्यक्षता रहेको थियो भने थाहा नगरपालिकाका शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष शिवराज थिङ, श्री सुन्दरीदेवी माध्यमिक विद्यालयका निवर्तमान अध्यक्ष विनायक गोले, शुन्दरीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा थाहा नगर शिक्षा समिति सदस्य हरिकृष्ण कार्की, इन्द्रायणी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणबहादुर कार्की, पूर्व विद्यार्थी रामकृष्ण कार्की (सकार) तथा सरस्वती माविका प्रधानाध्यापक विष्णु वाइवाका साथै शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले शिक्षक अर्यालको अनुशासन, नेतृत्व क्षमता, शैक्षिक सुधारप्रतिको प्रतिबद्धता र विद्यार्थीप्रतिको समर्पणको प्रशंसा गर्दै उहाँको योगदान विद्यालयको इतिहासमा स्मरणीय रहने बताए।
शिक्षक बिनोद अर्याल हाल धुनीबेसी नगरपालिका–९, धादिङस्थित सेतीदेवी आधारभूत विद्यालयमा सरुवा भई सेवा निरन्तरता दिनुहुने भएको छ। बिदाई कार्यक्रमले उहाँप्रति विद्यालय परिवारको सम्मान, कृतज्ञता र शुभेच्छा व्यक्त गरेको बिध्यालयले जनाएको छ।

FB_IMG_1766151257647-1766151296.jpg
FB_IMG_1766151261641-1766151313.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg