Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

सरस्वती माविमा २६ वर्ष ३ महिना सेवा गरेका शिक्षक बिनोद अर्यालको भव्य बिदाई

FB_IMG_1766151253154-1766151296.jpg

थाहा नगरपालिका–७ देउखेल, मकवानपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा लामो समय सेवा गरेका शिक्षक बिनोद अर्यालको सम्मानसहित बिदाई गरिएको छ। विद्यालय व्यवस्थापन समितिको आयोजनामा मिति २०८२ साल पुस ४ गतेफेरि भेटौँला” कार्यक्रमका बीच उहाँलाई भव्य रूपमा बिदाई गरिएको हो।
धादिङ जिल्ला थाक्रे गाउँपालिका–४ स्थायी घर भई शिक्षक अर्यालले वि.सं. २०५६ साल भदौ १ गतेदेखि २०८२ साल मंसिर १६ गतेसम्म सरस्वती माध्यमिक विद्यालयमा निरन्तर २६ वर्ष ३ महिना सेवा गर्नुभएको थियो। उहाँले २०५६ सालदेखि २०८० सालसम्म सहायक प्रधानाध्यापकको रूपमा र २०८० सालदेखि २०८१ साल भदौसम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै विद्यालयको शैक्षिक तथा प्रशासनिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको विद्यालयले जनाएको छ।
बिदाई कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर लोको अध्यक्षता रहेको थियो भने थाहा नगरपालिकाका शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष शिवराज थिङ, श्री सुन्दरीदेवी माध्यमिक विद्यालयका निवर्तमान अध्यक्ष विनायक गोले, शुन्दरीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा थाहा नगर शिक्षा समिति सदस्य हरिकृष्ण कार्की, इन्द्रायणी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणबहादुर कार्की, पूर्व विद्यार्थी रामकृष्ण कार्की (सकार) तथा सरस्वती माविका प्रधानाध्यापक विष्णु वाइवाका साथै शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले शिक्षक अर्यालको अनुशासन, नेतृत्व क्षमता, शैक्षिक सुधारप्रतिको प्रतिबद्धता र विद्यार्थीप्रतिको समर्पणको प्रशंसा गर्दै उहाँको योगदान विद्यालयको इतिहासमा स्मरणीय रहने बताए।
शिक्षक बिनोद अर्याल हाल धुनीबेसी नगरपालिका–९, धादिङस्थित सेतीदेवी आधारभूत विद्यालयमा सरुवा भई सेवा निरन्तरता दिनुहुने भएको छ। बिदाई कार्यक्रमले उहाँप्रति विद्यालय परिवारको सम्मान, कृतज्ञता र शुभेच्छा व्यक्त गरेको बिध्यालयले जनाएको छ।

FB_IMG_1766151257647-1766151296.jpg
FB_IMG_1766151261641-1766151313.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...