jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

संसद विघटनको विरोधमा थाहामा कांग्रेसको प्रदर्शन

संसद विघटनको विरोधमा थाहामा कांग्रेसको प्रदर्शन
नेपाली कांगे्रस थाहा नगर कमिटिले वडा नम्वर ७ डांडावासमा ¥याली सहित संसद विघटनविरुद्ध विरोध प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेस जिल्ला सल्लाहकार तथा महासमिति सदस्य जयराम लामीछानेको प्रमुख आतिथ्य र् थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको हो । 
कार्यक्रममा असंवैधानिक र अलोकतान्त्रिक संसद विघटनको टोल टोलवाट विरोध गर्दै एकढिक्का भएर लाग्न जोड दिइएको जिल्ला सदस्य प्रमोद कृष्ण जोशिले जानकारी दिनु भयो ।
थाहा नगरपालिकाको वडा नम्वर ७ डांडावासमा वृहत भेला सहितको विरोध सभामा वडा सदस्य शिवराज थिङको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा जिल्ला सदस्य खडग बहादुर गोपाली, जिल्ला सदस्य भिमवहादुर भोन्जन लगायतको आतिथ्य रहेको थियो ।
यस्तै हेटौंडा उपमहानरपालिकामा नेकपा र राप्रपा पार्टी परित्याग गर्दै २७ जना नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् ।
आज हेटौंडाको शितलमहलचोकमा नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका समितिद्वारा आयोजित विरोध कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनिहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र विघटित प्रतिनिधिसभा सदस्य प्रकास स्नेहीले स्वागत गरेका थिए ।
यसस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली कांग्रेस भीमफेदी गाउँपालिकाले प्रधानमन्त्री ओलीको असंबैधानिक कदम विरुद्ध प्रदर्शन तथा सभाको आयोजना गरेको थियो ।
नेपाली कांग्रेस भीमफेदी गाउँपालिका समितिका सभापति संजिव श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डिनाले सर्बसत्तावादको विरुद्धमा सडकमा उत्रिन बाध्य भएको उल्लेख गर्दै केपी ओलीको असंबैधानिक कदमले खतरामा परेको संविधान र लोकतन्त्रको रक्षाको लागी सडकमा आएको बताएकी छिन् ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेसकी महासमिति सदस्य एवम् जिल्ला प्रतिनिधि रिता खनाल जिल्ला सचिव आनन्द कठायत, महासमिति सदस्य दिनेश उपाध्याय, जिल्ला सदस्य अमृता थापा, नेपाल महिला संघकी जिल्ला सचिव निलम देबकोटा, क्षेत्रिय सचिव ओम बस्नेत, बिद्यार्थी नेता मिलन पुडासैनी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
संसद विघटनको कार्यलाई नेपाली कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै आज ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको हो ।
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...