Monday, 13 May, 2024
राजनीति

संसद विघटनको विरोधमा थाहामा कांग्रेसको प्रदर्शन

संसद विघटनको विरोधमा थाहामा कांग्रेसको प्रदर्शन
नेपाली कांगे्रस थाहा नगर कमिटिले वडा नम्वर ७ डांडावासमा ¥याली सहित संसद विघटनविरुद्ध विरोध प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेस जिल्ला सल्लाहकार तथा महासमिति सदस्य जयराम लामीछानेको प्रमुख आतिथ्य र् थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको हो । 
कार्यक्रममा असंवैधानिक र अलोकतान्त्रिक संसद विघटनको टोल टोलवाट विरोध गर्दै एकढिक्का भएर लाग्न जोड दिइएको जिल्ला सदस्य प्रमोद कृष्ण जोशिले जानकारी दिनु भयो ।
थाहा नगरपालिकाको वडा नम्वर ७ डांडावासमा वृहत भेला सहितको विरोध सभामा वडा सदस्य शिवराज थिङको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा जिल्ला सदस्य खडग बहादुर गोपाली, जिल्ला सदस्य भिमवहादुर भोन्जन लगायतको आतिथ्य रहेको थियो ।
यस्तै हेटौंडा उपमहानरपालिकामा नेकपा र राप्रपा पार्टी परित्याग गर्दै २७ जना नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् ।
आज हेटौंडाको शितलमहलचोकमा नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका समितिद्वारा आयोजित विरोध कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनिहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र विघटित प्रतिनिधिसभा सदस्य प्रकास स्नेहीले स्वागत गरेका थिए ।
यसस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली कांग्रेस भीमफेदी गाउँपालिकाले प्रधानमन्त्री ओलीको असंबैधानिक कदम विरुद्ध प्रदर्शन तथा सभाको आयोजना गरेको थियो ।
नेपाली कांग्रेस भीमफेदी गाउँपालिका समितिका सभापति संजिव श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डिनाले सर्बसत्तावादको विरुद्धमा सडकमा उत्रिन बाध्य भएको उल्लेख गर्दै केपी ओलीको असंबैधानिक कदमले खतरामा परेको संविधान र लोकतन्त्रको रक्षाको लागी सडकमा आएको बताएकी छिन् ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेसकी महासमिति सदस्य एवम् जिल्ला प्रतिनिधि रिता खनाल जिल्ला सचिव आनन्द कठायत, महासमिति सदस्य दिनेश उपाध्याय, जिल्ला सदस्य अमृता थापा, नेपाल महिला संघकी जिल्ला सचिव निलम देबकोटा, क्षेत्रिय सचिव ओम बस्नेत, बिद्यार्थी नेता मिलन पुडासैनी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
संसद विघटनको कार्यलाई नेपाली कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै आज ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको हो ।
 


world-link-1690434568.jpg
चित्लाङमा नेपाली काङ्ग्रेस द्वारा अग्रज नेता कार्यकर्ता सम्मान
FB_IMG_1715524598064-1715524641.jpg

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी...

साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
1715508960244-1715508992.jpg

एक युगमा एक पटक इतिहास मै पहिलो पटक आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ ।...

मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी
1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको...

थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...