pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

संसद् विघटनविरुद्ध सडकमा उत्रिएका शक्तिहरूबीच मोर्चाबन्दी - ‘प्रचण्ड’

prachanda-1-e161321593242-1619435852.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटनविरुद्ध सडकमा उत्रिएका शक्तिहरूबीच मोर्चाबन्दी हुनुपर्ने बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले संसद विघटनलाई प्रतिगमन भनेका शक्तिहरूबीच मोर्चाबन्दी हुनुपर्ने बताएका हुन्। उनले प्रधानमन्त्री केपी ओलीले विदेशी शक्तिको आडमा संविधान मिच्ने कामलाई निरन्तरता दिएकाले त्यसलाई परास्त गर्नका निम्ति पनि मोर्चा भन्नुपर्ने धारणा व्यक्त गरे।

‘प्रतिक्रियावादीले कम्युनिस्ट आन्दोलनलाई धरासायी पार्न जो आँट गरेका छन्, त्यसको निम्ति हामीले राष्ट्रिय एकता कायम गर्दै राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई नयाँ उचाइमा उठाउने संकल्प गर्नुपर्दछ,’ प्रचण्डले भने, ‘चुनौती जहाँ छ अवसर पनि त्यही हुन्छ। कम्युनिस्ट क्रान्तिकारीहरुले त्यसको निम्ति आफूलाई तयार पार्नुपर्छ। हामी पहिला वैचारिक, राजनीतिक, संगठनात्मक रुपमा बलियो हुनुपर्छ। आफ्नै खुट्टामा उभिनु पर्छ। त्यसपछि वामपन्थी शक्तिबीच एकता गर्नुपर्छ।’

बुधबार बसेको स्थायी कमिटी बैठकमा समेत प्रचण्डले क्रान्तिकारी शक्तिबीच मोर्चाबन्दी जरुरी रहेको औँल्याएका थिए। कम्युनिस्ट पार्टीको विभाजनको प्रसंगमा उनले एकता जोगाउने प्रयास गरेपनि सफल नभएको बताए। नेकपाको एकता भंग भए पनि आफूहरू पराजित नभएको प्रचण्डको दाबी छ। उनले माओवादी आन्दोलन कमजोर नभएको पनि बताए।

‘अहिले अब के हुन्छ र भनेको जस्तो, अहिले प्रतिगमनकाविरुद्ध लडेर कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने अवसर पनि हो। हामी कमजोर भएका छैनौं। माओवादी आन्दोलन, माओवादी केन्द्र कमजोर भएको छैन,’ प्रचण्डले भने, ‘यो बीचमा सामान्य जनताकोबीचमा गएर उनीहरुको मनोभावनालाई नजिकबाट बुझ्ने कोशिस गरिराखेको छु। उहाँहरु सबैको कुरा हामी पहिलाको जस्तै क्रान्तिकारी भइदिऊन्, पहिलाको जस्तै माओवादी भएर आइदिऊन्, प्रचण्ड पनि पहिलाको जस्तै गर्जियोस्, पार्टी पनि त्यसरी आवोस् भन्ने जनताको चाहना छ।’

एमालेसँग पार्टी एकता गरेर कुनै गल्ती नगरेको तर प्रतिक्रियावादी र अवसरवादी शक्तिले जबरजस्त रुपमा नेकपा विभाजन गरेको प्रचण्डको दाबी छ। ‘हामीले एकता गरेर गल्ती गरेका थिएनौं। हाम्रो पक्षमा त्यति शक्ति सन्तुलन नभएको भएर विभाजन रोक्न त सकेनौं। तर हामी पराजित भएको हैन। पार्टी एकता गर्दा गलत प्रवृत्तिका नायकलाई गलत्याएका नै थियौं। वैधानिक ढंगले नै गलत प्रवृत्तिका खलनायकहरुलाई निकालेकै हो। त्यहाँ पराजित भएको थिएनौं,’ प्रचण्डले भने, ‘पराजित उनीहरु भए जो प्रतिक्रान्तिको बाटो हिँडे जसको साथमा पार्टीको बहुमत थिएन। एक तिहाइ लिएर बसेकाहरुले विदेशी शक्तिको आडमा यहाँ कानुन, संविधान मिच्ने, मूल्य मान्यता मिच्ने काम भएको छ।’

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg