jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

संसद् विघटनविरुद्ध सडकमा उत्रिएका शक्तिहरूबीच मोर्चाबन्दी - ‘प्रचण्ड’

prachanda-1-e161321593242-1619435852.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटनविरुद्ध सडकमा उत्रिएका शक्तिहरूबीच मोर्चाबन्दी हुनुपर्ने बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले संसद विघटनलाई प्रतिगमन भनेका शक्तिहरूबीच मोर्चाबन्दी हुनुपर्ने बताएका हुन्। उनले प्रधानमन्त्री केपी ओलीले विदेशी शक्तिको आडमा संविधान मिच्ने कामलाई निरन्तरता दिएकाले त्यसलाई परास्त गर्नका निम्ति पनि मोर्चा भन्नुपर्ने धारणा व्यक्त गरे।

‘प्रतिक्रियावादीले कम्युनिस्ट आन्दोलनलाई धरासायी पार्न जो आँट गरेका छन्, त्यसको निम्ति हामीले राष्ट्रिय एकता कायम गर्दै राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई नयाँ उचाइमा उठाउने संकल्प गर्नुपर्दछ,’ प्रचण्डले भने, ‘चुनौती जहाँ छ अवसर पनि त्यही हुन्छ। कम्युनिस्ट क्रान्तिकारीहरुले त्यसको निम्ति आफूलाई तयार पार्नुपर्छ। हामी पहिला वैचारिक, राजनीतिक, संगठनात्मक रुपमा बलियो हुनुपर्छ। आफ्नै खुट्टामा उभिनु पर्छ। त्यसपछि वामपन्थी शक्तिबीच एकता गर्नुपर्छ।’

बुधबार बसेको स्थायी कमिटी बैठकमा समेत प्रचण्डले क्रान्तिकारी शक्तिबीच मोर्चाबन्दी जरुरी रहेको औँल्याएका थिए। कम्युनिस्ट पार्टीको विभाजनको प्रसंगमा उनले एकता जोगाउने प्रयास गरेपनि सफल नभएको बताए। नेकपाको एकता भंग भए पनि आफूहरू पराजित नभएको प्रचण्डको दाबी छ। उनले माओवादी आन्दोलन कमजोर नभएको पनि बताए।

‘अहिले अब के हुन्छ र भनेको जस्तो, अहिले प्रतिगमनकाविरुद्ध लडेर कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने अवसर पनि हो। हामी कमजोर भएका छैनौं। माओवादी आन्दोलन, माओवादी केन्द्र कमजोर भएको छैन,’ प्रचण्डले भने, ‘यो बीचमा सामान्य जनताकोबीचमा गएर उनीहरुको मनोभावनालाई नजिकबाट बुझ्ने कोशिस गरिराखेको छु। उहाँहरु सबैको कुरा हामी पहिलाको जस्तै क्रान्तिकारी भइदिऊन्, पहिलाको जस्तै माओवादी भएर आइदिऊन्, प्रचण्ड पनि पहिलाको जस्तै गर्जियोस्, पार्टी पनि त्यसरी आवोस् भन्ने जनताको चाहना छ।’

एमालेसँग पार्टी एकता गरेर कुनै गल्ती नगरेको तर प्रतिक्रियावादी र अवसरवादी शक्तिले जबरजस्त रुपमा नेकपा विभाजन गरेको प्रचण्डको दाबी छ। ‘हामीले एकता गरेर गल्ती गरेका थिएनौं। हाम्रो पक्षमा त्यति शक्ति सन्तुलन नभएको भएर विभाजन रोक्न त सकेनौं। तर हामी पराजित भएको हैन। पार्टी एकता गर्दा गलत प्रवृत्तिका नायकलाई गलत्याएका नै थियौं। वैधानिक ढंगले नै गलत प्रवृत्तिका खलनायकहरुलाई निकालेकै हो। त्यहाँ पराजित भएको थिएनौं,’ प्रचण्डले भने, ‘पराजित उनीहरु भए जो प्रतिक्रान्तिको बाटो हिँडे जसको साथमा पार्टीको बहुमत थिएन। एक तिहाइ लिएर बसेकाहरुले विदेशी शक्तिको आडमा यहाँ कानुन, संविधान मिच्ने, मूल्य मान्यता मिच्ने काम भएको छ।’

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...