Thursday, 15 Jan, 2026
nagar-shubha-1759206951.jpg

राजनीति

शिखरकोटमा पृथ्वीनारायण शाहको ३०४ औं जन्म जयन्ती र एकता दिवस मनाइयो

FB_IMG_1768144032739-1768144741.jpg

थाहा नगर, शिखरकोट, पौष २७ –
राप्रपा थाहा नगर कमिटी र राप्रपा मकवानपुर प्रदेश (क)को आयोजनामा शिखरकोट स्थित कृष्ण मन्दिर अगाडि पृथ्वीनारायण शाहको ३०४ औं जन्म जयन्ती र एकता दिवस मनाइएको छ। कार्यक्रममा प्रमुख अतिथि राप्रपा  केन्द्रीय सदस्य तथा संघीय समितिका अध्यक्ष राम बहादुर थोकरको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको शुरुआत पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरेर गरिएको थियो। त्यसपछि चियापान कार्यक्रमको आयोजना गरिएको थियो, जसमा थाहा नगर अध्यक्ष कुलमान तामाङ, जिल्ला सदस्य दिपक थापा लगायतका स्थानीय नेताहरूले सहभागिता जनाए।
कार्यक्रममा राष्ट्रवादी युवा शक्ति द्वारा समन्वय गरिएको थियो, जसको माध्यमबाट एकता र राष्ट्रियता सम्बन्धी सन्देश फैलाउने प्रयास गरिएको थियो। कार्यक्रममा उपस्थित प्रमुख अतिथि राम बहादुर थोकरले पृथ्वीनारायण शाहको योगदानलाई सम्झदै, राष्ट्रको एकता र अखण्डतामा सबैको समर्पणको महत्त्वलाई जोड दिएका थिए।
कार्यक्रममा राप्रपा प्रदेश( क ) का अध्यक्ष नवीन रायमाझीले कार्यक्रमको समापनमा धन्यवाद व्यक्त गर्दै, भविष्यमा यस्ता कार्यक्रमहरूको निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
उनले यस कार्यक्रमले नेपालका एकता र अखण्डताको प्रतीक पृथ्वीनारायण शाहको योगदानलाई सम्झना गर्दै, समर्पण र राष्ट्रवादी भावना फैलाउने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताए।


world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
थाहा नगरपालिकाको १९ औं नगरसभा सम्पन्न
FB_IMG_1768404470682-1768404507.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं अधिवेशनले चालु आर्थिक वर्षको हालसम्मको प्रगती समीक्षात्मक प्रतिवेदन बहुमतले...

सुखी भविष्य बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न
20260113_123644-1768290635.jpg

थाहा नगरपालिका–शिखरकोटस्थित विकास घरमा सुखी भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा...

शिखरकोटमा पृथ्वीनारायण शाहको ३०४ औं जन्म जयन्ती र एकता दिवस मनाइयो
FB_IMG_1768144032739-1768144741.jpg

थाहा नगर, शिखरकोट, पौष २७ – राप्रपा थाहा नगर कमिटी र राप्रपा मकवानपुर प्रदेश (क)को आयोजनामा शिखरकोट स्थित कृष्ण...

लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768138703028-1768138720.jpg

थाहा नगरपालिका वडा नं. १, ओखरबजारमा २०५९ जेठ २ गते स्थापना भएको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको...

बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768136296400-1768136314.jpg

थाहा नगरपालिकाको वडा नं. ३ मा स्थित बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
1768134003232-1768134032.jpg

थाहा नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक...

थाहा नगरपालिकाको हिउँदे अधिवेशन पौष ३० गते हुने
FB_IMG_1743852711198-1768056769.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं नगर सभा (हिउँदे अधिवेशन) ३० पुसमा हुने भएको छ । नगरपालिकाले सभा सदस्यहरुलाई सभा...

प्रलोपाका नेता सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवार
InShot_20260110_181123878-1768048179.jpg

मकवानपुर । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य...

थाहा दिवस २०८२: बिडारीलाई थाहा पत्रकारिता पुरस्कार, सानोभाई कार्कीलाई तिर्थदास सामाजिक सम्मान
InShot_20260110_133549017-1768031480.jpg

थाहा आन्दोलनका प्रणेता स्वर्गीय रुपचन्द्र बिष्ट (रुदाने) को ९२औँ जन्मजयन्तिको अवसरमा थाहा नगरपालिकामा विविध...