himalen-2083-1778725505.jpg
Tuesday, 14 Jul, 2026
jkmv2083-1778723862.jpg

राजनीति

शिक्षा, स्वास्थ, पुर्वाधारका लागि मेरो उम्मेद्वारी : रविन प्रधान

1732773914598-1732773990.jpg

मकवानपुर १२, मंसिर । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२  को वडाअध्यक्ष पदका उम्मेद्वार रबिकुमार प्रधान (रविन)ले वडामा शिक्षा, स्वास्थसंगै पुर्वाधार विकासका लागि आफ्नो उम्मेद्बारी भएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)को तर्फवाट वडाअध्यक्ष पदका उम्मेद्वार प्रधानले हेटौंडा १२ मा शिक्षाको विकास गर्ने आफ्नो पहिलो एजेण्डा भएको बताएका छन् ।

उम्मेद्वार प्रधानले शिक्षा समाज रुपान्तरणको प्रमुख कुरा भएकोले आफ्नो कार्यकालमा शिक्षाको विकासमा बिभिन्न कार्यक्रम संचालन गर्ने बताए । शिक्षाले असल संस्कारको विकास हुने भएकोले समाजको विकासको लागि शिक्षा प्रमुख भएको प्रधानले बताए ।

प्रधानले शिक्षासंगै स्वास्थ र पुर्वाधारको विकासको लागि पनि विभिन्न योजना संचालन गरिने बताए ।

वडामा घरदैलो कार्यक्रमका क्रममा वडाअध्यक्ष पदका उम्मेद्वार प्रधानले प्रचारप्रसारका क्रममा आफुले गरेका बाचा पुरा गरेरै छाड्ने बताए ।

साथै वडाका नगरिक, राजनैतिक दलहरुसंगको सल्लाह र सहकार्यमा साझा विकासका योजनाहरु संचालन गरिने उम्मेद्वार प्रधानले बताए ।

घरदैलो कार्यक्रममा वडाबासीको उत्साहजनक सहभागिता, स्वागत र साथले आफुमा उत्साह बढेको बताउदै उम्मेद्वार प्रधानले मंसिर १६ गते हुने निर्वाचनको दिनमा मतदाताहरुले आफुलाई मतदान गरि बिजयी गराउनेमा बिश्वस्त भएको बताए । उनले सम्पूर्ण मतदातासमक्ष आफुलाई मतदान गर्नको लागि अनुरोध गरे ।

निर्वाचन आयोगले बिभिन्न कारण रिक्त हुन आएको स्थानीय तहको ४४ पदहरुमा उपनिर्वाचन गर्न लागेको हो ।
गत स्थानीय तह निर्वाचनमा हेटौंडा १२ को वडाअध्यक्ष पदमा माओवादी केन्द्रबाट निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाअध्यक्ष पद रिक्त थियो ।

वडाअध्यक्ष पदमा माओबादी केन्द्रका प्रधानसंगै नेकपा एमालेका राजेश नगरकोटी, नेपाली काँग्रेसका अर्जुनप्रसाद तिवारी, नेकपा एकीकृत समाजवादीका बलराम बल, राष्ट्रिय प्रजातन्त्र पार्टीका  प्रेमबहादुर ब्लोन, राष्ट्रिय स्वतन्त्र पार्टीका आशाविर बल, नेपाल मजदुर किसान पार्टीबाट फुलमाया तितुङ, मंगोल नेशनल अर्गनाईजेसनबाट दिपा लामा, जनता समाजवादी पार्टीबाट छबिलाल वाईबा प्रतिस्पर्धामा छन् ।
यसैगरी छत्रप्रसाद अधिकारी, गिताकुमारी नेवार, अर्जुन घलान पनि वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेद्वारीसहित प्रतिस्पर्धामा छन् ।

हेटौंडा १२ मा  ४ हजार १ सय ७४ महिला र ३ हजार ८ सय ७८ पुरुष, १ अन्य गरी ८ हजार ५३ जना मतदाता रहेका छन् ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...