pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

शिक्षा, स्वास्थ, पुर्वाधारका लागि मेरो उम्मेद्वारी : रविन प्रधान

1732773914598-1732773990.jpg

मकवानपुर १२, मंसिर । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२  को वडाअध्यक्ष पदका उम्मेद्वार रबिकुमार प्रधान (रविन)ले वडामा शिक्षा, स्वास्थसंगै पुर्वाधार विकासका लागि आफ्नो उम्मेद्बारी भएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)को तर्फवाट वडाअध्यक्ष पदका उम्मेद्वार प्रधानले हेटौंडा १२ मा शिक्षाको विकास गर्ने आफ्नो पहिलो एजेण्डा भएको बताएका छन् ।

उम्मेद्वार प्रधानले शिक्षा समाज रुपान्तरणको प्रमुख कुरा भएकोले आफ्नो कार्यकालमा शिक्षाको विकासमा बिभिन्न कार्यक्रम संचालन गर्ने बताए । शिक्षाले असल संस्कारको विकास हुने भएकोले समाजको विकासको लागि शिक्षा प्रमुख भएको प्रधानले बताए ।

प्रधानले शिक्षासंगै स्वास्थ र पुर्वाधारको विकासको लागि पनि विभिन्न योजना संचालन गरिने बताए ।

वडामा घरदैलो कार्यक्रमका क्रममा वडाअध्यक्ष पदका उम्मेद्वार प्रधानले प्रचारप्रसारका क्रममा आफुले गरेका बाचा पुरा गरेरै छाड्ने बताए ।

साथै वडाका नगरिक, राजनैतिक दलहरुसंगको सल्लाह र सहकार्यमा साझा विकासका योजनाहरु संचालन गरिने उम्मेद्वार प्रधानले बताए ।

घरदैलो कार्यक्रममा वडाबासीको उत्साहजनक सहभागिता, स्वागत र साथले आफुमा उत्साह बढेको बताउदै उम्मेद्वार प्रधानले मंसिर १६ गते हुने निर्वाचनको दिनमा मतदाताहरुले आफुलाई मतदान गरि बिजयी गराउनेमा बिश्वस्त भएको बताए । उनले सम्पूर्ण मतदातासमक्ष आफुलाई मतदान गर्नको लागि अनुरोध गरे ।

निर्वाचन आयोगले बिभिन्न कारण रिक्त हुन आएको स्थानीय तहको ४४ पदहरुमा उपनिर्वाचन गर्न लागेको हो ।
गत स्थानीय तह निर्वाचनमा हेटौंडा १२ को वडाअध्यक्ष पदमा माओवादी केन्द्रबाट निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाअध्यक्ष पद रिक्त थियो ।

वडाअध्यक्ष पदमा माओबादी केन्द्रका प्रधानसंगै नेकपा एमालेका राजेश नगरकोटी, नेपाली काँग्रेसका अर्जुनप्रसाद तिवारी, नेकपा एकीकृत समाजवादीका बलराम बल, राष्ट्रिय प्रजातन्त्र पार्टीका  प्रेमबहादुर ब्लोन, राष्ट्रिय स्वतन्त्र पार्टीका आशाविर बल, नेपाल मजदुर किसान पार्टीबाट फुलमाया तितुङ, मंगोल नेशनल अर्गनाईजेसनबाट दिपा लामा, जनता समाजवादी पार्टीबाट छबिलाल वाईबा प्रतिस्पर्धामा छन् ।
यसैगरी छत्रप्रसाद अधिकारी, गिताकुमारी नेवार, अर्जुन घलान पनि वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेद्वारीसहित प्रतिस्पर्धामा छन् ।

हेटौंडा १२ मा  ४ हजार १ सय ७४ महिला र ३ हजार ८ सय ७८ पुरुष, १ अन्य गरी ८ हजार ५३ जना मतदाता रहेका छन् ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg