pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

यथास्थितिमा एमसिसि स्वीकार नहुने माओवादी केन्द्रका नेता सुर्य सुबेदीको भनाई

Screenshot_20210911-07064-1631323389.png

२५ भदौ /नेकपा माओवादी केन्द्र मकवानपुरको जिल्ला कमिटि बैठक आज हेटौंडाम सम्पन्न भएको छ ।
बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सहइन्चार्ज सुर्य सुवेदी पथिकले जनआधारित पार्टी निर्माण अभियानमा जुटेको बताए । शान्तिपूर्ण रुपमा समाजवाद उन्मुख संबैधानिक ब्यवस्थालाई स्थापित गर्ने पार्टीको लक्ष्य रहेको उनको भनाई छ । यथास्थितीमा एमसीसी स्वीकार नगर्ने पार्टीको नीति रहेको सहइन्चार्ज सुवेदीले जानकारी दिए ।

पार्टीका बागमती प्रदेश अध्यक्ष नारायण दाहालले पार्टीको स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रको सम्मेलन गरेर चुस्त क्रान्तिकारी पार्टी निर्माण गर्ने बताए । ‘हामी पार्टीलाई सुदृढ बनाउँदै समाजवादमा पुग्ने लक्ष्य रहेको छ’, उनले भने ।

नेकपा एमालेसँगको एकता गलत नभएको बताउँदै दाहालले एमालेभित्र रहेको घोर दक्षिणपन्थी बिचारक नेताहरु हाबी भएकाले एकता असफल भएको दाबी गरे । उनले पार्टी एकता भत्किनुको प्रमुख कारण नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रहेको बताए ।

बैठकले पार्टी सदस्यता नवीकरण गराउदै पार्टीको सेल हुँदै वडा, गाउँ /नगर सम्मेलन, जबस मोर्चाहरुको भेला/सम्मेलन अभियानलाई निरन्तरता दिने निर्णय गरेको नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक)ले बताए ।

पार्टी जिल्ला समन्वय समितिका अध्यक्ष प्रेम बहादुर पुलामीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तान, प्रदेश कमिटि सचिवालय सदस्य विष्णु विष्ट, प्रदेश कमिटि सदस्य ओम ग्लान, सर्केश घलान, ललित ग्लान, बिर बहादुर घलान लगायतको उपस्थिती रहेको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg