pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

माधव पक्षसहितको मन्त्रालयको भागबण्डा मिल्यो, भदौ १३ पछि मन्त्रिपरिषद् विस्तार

bipaxi_gathabantha_antark-1629978348.jpg

सत्तारुढ गठबन्धनभित्र संख्यात्मकरुपमा मन्त्रालयको भागबण्डा मिलेको छ । तर, मन्त्रिपरिषद् विस्तार भने जसपाका कारण भदौ १३ पछि घकेलिएको छ ।

 

सत्तारुढ गठबन्धनमा सम्वद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच मन्त्रालयको संख्यात्मक भागबण्डा मिलेको छ ।

एमालेबाट औपचारिकरुपमा बाहिरिएका माधव नेपालले बुधबार नयाँ दल दर्ता गराएपछि एकीकृत समाजवादीलाई सरकारमा जाने बाटो खुलेको छ ।

गठबन्धन दलबीच भएको सहमति अनुसार नेकपा एमाले विभाजन भई माधव नेपालको नेतृत्वमा गठित एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने भएको छ ।

माधव नेपाललाई स्थान दिँदा काँग्रेसले ३,  माओवादीले २ र  जसपाले १ मन्त्री गुमाउनुपर्नेछ । किनभने, नेपाल पक्ष सरकारमा सहभागी नभएको अवस्थामा काँग्रेसले प्रधानमन्त्रीसहित ९ मन्त्री र १ राज्य मन्त्री पाउने सहमति भएको थियो । यस्तै माओवादीले सात मन्त्री र एक राज्यमन्त्री तथा जसपाले ६ मन्त्री र एक राज्यमन्त्री पाउने गठबन्धनमा सहमति जुटेको थियो ।

२५ सदस्यीय मन्त्रीमण्डलमा नयाँ सहमति अनुसार काँग्रेसबाट प्रधानमन्त्रीसहित ७ जना सरकारमा सहभागी हुने अवस्था छ । यस्तै माओवादी, एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्री र १–१ राज्यमन्त्री पाउने सहमति भएको स्रोतले रातोपाटीलाई जानकारी दियो ।

माधव नेपाल समूहले नयाँ पार्टी बनाएर सरकारमा सहभागी हुने भएपछि विगतमा काँग्रेस, माओवादी र जसपाबीच भएको भागबण्डामा हेरफेर भएको छ ।

एमालेमा तत्कालीन माधव नेपाल समूहले पार्टी एकता हुँदा सरकारमा सहभागी हुने अवस्था थिएन । माधव नेपाल एमालेमै रहेको अवस्थामा उनलाई राजनीतिक नियुक्तिमा प्रमुख प्राथमिकता दिएर गठबन्धनलाई लगाएको गुन तिर्ने सरकारको तयारी थियो ।

पहिलो प्राथमिकता माधवलाई

स्रोतका अनुसार संख्यामा सहमति जुटे पनि मन्त्रालयगत भागबण्डा भने अझै मिलिसकेको बुझिएको छैन । काँग्रेसले गृह र माओवादीले अर्थ मन्त्रालय लिइसकेको छ । अब भौतिक पूर्वाधार र सहरी विकासमा एकीकृत समाजवादी र जसपा पाउनेछन् ।

तर, कसले कुन मन्त्रालय पाउने भन्नेमा टुंगोमा पुगिनसकेका जसपा स्रोतले रातोपाटीलाई बतायो । माधव नेपालले रोजको मन्त्रालयमा आफूहरुले अड्डी नसक्ने जसपा स्रोतको भनाइ छ ।

राज्यमन्त्री उमेश श्रेष्ठ के हुन्छन् ?

काँग्रेसले राज्य मन्त्री नपाउने भएकाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री देउवाले मन्त्रीमा बढुवा गर्छन् वा बिदा भन्ने एकीन भएको छैन ।

केही दिनअघि बालुवाटारमा डा. गोविन्द केसीसँग राज्यमन्त्री श्रेष्ठलाई उपयुक्त समयमा विदा गर्ने बताएका थिए । तर, श्रेष्ठलाई राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा गर्ने सम्भावना रहेको बालुवाटार स्रोतले बतायो । कोरोनाविरुद्धको खोप खरिद लगायतमा श्रेष्ठले राम्रो काम गरेको भन्दै तत्काल उनलाई हटाउने पक्षमा प्रधानमन्त्री नरहेको स्रोतको भनाइ छ ।

मन्त्रिपरिषद विस्तार भदौ १३ पछि मात्र

 

असार २९ मा सरकारको नेतृत्व गरेका काँग्रेस सभापति शेरबहादुर देउवाले भदौ १४ मा मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् ।

२९ गते काँग्रेस र माओवादीबाट दुई–दुई मन्त्री बनाएका साउन १० मा एकजना राज्यमन्त्री नियुक्त गरेका थिए । करिब साढे १ महिनादेखि प्रधानमन्त्री देउवाले ५ जना मन्त्रीको भरमा सरकार सञ्चालन गरिरहेको अवस्था छ ।

गठबन्धनमा सामेल माधव नेपाल र उपेन्द्र यादवको पार्टीगत लफडाले देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन सकेका थिएनन् ।

साउन ११ गते उपेन्द्र यादवको पार्टीगत लफडा सकिएको थियो । तर माधव नेपाललाई नयाँ दल दर्ताका लागि सरकारले एक महिना थप कुर्यो ।

बुधबार माधव नेपालको पार्टी पनि दर्ता भएपछि तत्काल मन्त्रिपरिषद विस्तार हुने अपेक्षा थियो । तर, उपेन्द्र यादवले भदौ १४ गतेसम्म मन्त्रिमण्डल विस्तार रोकिदिन आग्रह गरेको खुलेको छ ।

भदौ ७ गते अपरान्ह ४ बजे प्रधानमन्त्रीको निवास बालुवाटार पुगेर यादवले आफ्नो पार्टीको अभिमुखीकरण कार्यक्रमसम्म मन्त्रिमण्डल विस्तार नगर्न देउवालाई आग्रह गरेका थिए । भदौ ११ गते मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका देउवालाई यादवले तीन दिनको समय मागेका थिए ।

स्रोतले रातोपाटीसँग भन्यो, ‘११ गते मन्त्रिपरिषद विस्तार गर्ने कुरा थियो । उपेन्द्रजी बालुवाटार आएर हाम्रो पार्टी पूर्वनिर्धारित कार्यक्रम छ । तीन दिन हाम्रा लागि थप कुरिदिनुपर्यो भन्नुभयो ।’

प्रधानमन्त्री देउवाले पनि तीनदिन पर्खने कुरामा सहमति जनाएको स्रोतको भनाइ छ । एक मन्त्रीका अनुसार गठबन्धन सम्वद्ध पार्टीका शीर्ष नेतासँगको सहमति बेगर निर्णय नलिने प्रधानमन्त्रीको नीति छ ।

अध्यक्ष यादवको आग्रहअनुसार नै मन्त्रिपरिषद विस्तार हुने उनले रातोपाटीलाई जानकारी दिए । भदौ ९ गतेबाट जसपाले सातै प्रदेशमा केन्द्रीय तहको अभिमुखीकरण कार्यक्रम गरिरहको छ । मन्त्री छनोटको जिम्मेवारी पाएका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई कार्यक्रमका लागि उपत्यका बाहिरै छन् ।

उनीहरु सातै प्रदेशको अभिमुखीकरण सकेर १३ गते मात्र काठमाडौं फर्किने कार्यक्रम छ । त्यसपछि मात्र मन्त्रिमण्डलले पूर्णता पाउने बालुवाटार स्रोतले बतायो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg