jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादी कै एजेन्डामा देश चलिरहेको छः कुमारी मोक्तान

असोज,२/नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ४ को शनिबार सम्पन्न वडा सम्मेलन उद्घाटन गर्दै माओबादी केन्द्रकी केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले राष्ट्रिय मुद्धाहरु स्थापित गर्न र राष्ट्रघाती गतिबिधि रोक्नका लागि माओबादी नै चाहिने बताउनुभयो । उहाँले माओवादी कै एजेन्डामा देश चलिरहेको समेत दाबी गर्नुभयो ।


कार्यक्रममा बोल्दै माओवादी केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमानसिं पाख्रिनले माओवादी केन्द्रले हार्दा महिला, जनजाती, दलित, पिछडिएका लगाएतका मुद्धाले हार्ने भएको कारण जनस्तरबाट पार्टीलाई माथी उठाउन आग्रह गर्नुभयो । 

वडा सम्मेलनले अजिब भट्टराईको अध्यक्षतामा ३५ सदस्य वडा कमिटी गठन गरेको छ । कमिटिको उपाध्यक्षमा महेन्द्र श्रेष्ठ, सचिवमा शान्ति श्रेष्ठ, सह सचिवमा बिमल श्रेष्ठ, कोषाध्यक्षमा अम्बिका देउला चयन भएका छन्  ।

त्यसैगरी सोही भेलाबाट २१ सदस्यीय अखिल क्रान्तिकारी हेटौंडा ४ वडाकमिटी समेत गठन भएको छ । गंगा अर्यालको अध्यक्षतामा गठन भएको कमिटीको उपाध्यक्षमा शान्ता थापा, सचिवमा साबित्री लामिछाने, कोषाध्यक्षमा गिता खनाल चयन भएका छन्  । 

सम्मेलन कै क्रममा विभिन्न पार्टी परित्याग गरी ५५ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । प्रबेश गर्नेलाई माओबादी केन्द्रकी केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले टीका लगाई स्वागत गर्नुभएको थियो ।


हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा संयोजक हरी ढकालको अध्यक्षतामा भएको सम्मेलनमा बागमती प्रदेश सदस्य ललित घलान , सल्लाहकार कौशल पाँडे , जिल्ला सचिवालय सदस्य प्रमिला पुलामी , नगर इन्चार्ज विवेक राई , अखिल महिला संघ क्रान्तिकारीका अध्यक्ष लक्ष्मी पाख्रिन , जिल्ला समन्वय सदस्यहरु रिनेश श्रेष्ठ ,जंग बहादुर बि.क. ,सम्पूर्ण पौडेल , पुनम खतिवडा ,सल्लाहकार ऋषिराम पोख्रेल , नगर अध्यक्ष तिर्थ थापा , वडा कमिटी इन्चार्ज लवराज ठकुरी लगायतकाले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

https://thahapati.com/public/images/users/simu-1609137209.jpg
सिम्रन खड्का
rjsimran888@gmail.com

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...