pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

माओवादी कै एजेन्डामा देश चलिरहेको छः कुमारी मोक्तान

असोज,२/नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ४ को शनिबार सम्पन्न वडा सम्मेलन उद्घाटन गर्दै माओबादी केन्द्रकी केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले राष्ट्रिय मुद्धाहरु स्थापित गर्न र राष्ट्रघाती गतिबिधि रोक्नका लागि माओबादी नै चाहिने बताउनुभयो । उहाँले माओवादी कै एजेन्डामा देश चलिरहेको समेत दाबी गर्नुभयो ।


कार्यक्रममा बोल्दै माओवादी केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमानसिं पाख्रिनले माओवादी केन्द्रले हार्दा महिला, जनजाती, दलित, पिछडिएका लगाएतका मुद्धाले हार्ने भएको कारण जनस्तरबाट पार्टीलाई माथी उठाउन आग्रह गर्नुभयो । 

वडा सम्मेलनले अजिब भट्टराईको अध्यक्षतामा ३५ सदस्य वडा कमिटी गठन गरेको छ । कमिटिको उपाध्यक्षमा महेन्द्र श्रेष्ठ, सचिवमा शान्ति श्रेष्ठ, सह सचिवमा बिमल श्रेष्ठ, कोषाध्यक्षमा अम्बिका देउला चयन भएका छन्  ।

त्यसैगरी सोही भेलाबाट २१ सदस्यीय अखिल क्रान्तिकारी हेटौंडा ४ वडाकमिटी समेत गठन भएको छ । गंगा अर्यालको अध्यक्षतामा गठन भएको कमिटीको उपाध्यक्षमा शान्ता थापा, सचिवमा साबित्री लामिछाने, कोषाध्यक्षमा गिता खनाल चयन भएका छन्  । 

सम्मेलन कै क्रममा विभिन्न पार्टी परित्याग गरी ५५ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । प्रबेश गर्नेलाई माओबादी केन्द्रकी केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले टीका लगाई स्वागत गर्नुभएको थियो ।


हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा संयोजक हरी ढकालको अध्यक्षतामा भएको सम्मेलनमा बागमती प्रदेश सदस्य ललित घलान , सल्लाहकार कौशल पाँडे , जिल्ला सचिवालय सदस्य प्रमिला पुलामी , नगर इन्चार्ज विवेक राई , अखिल महिला संघ क्रान्तिकारीका अध्यक्ष लक्ष्मी पाख्रिन , जिल्ला समन्वय सदस्यहरु रिनेश श्रेष्ठ ,जंग बहादुर बि.क. ,सम्पूर्ण पौडेल , पुनम खतिवडा ,सल्लाहकार ऋषिराम पोख्रेल , नगर अध्यक्ष तिर्थ थापा , वडा कमिटी इन्चार्ज लवराज ठकुरी लगायतकाले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

https://thahapati.com/public/images/users/simu-1609137209.jpg
सिम्रन खड्का
rjsimran888@gmail.com

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg