Monday, 13 May, 2024
राजनीति

माओवादी केन्द्रको जिल्ला प्रशिक्षण सम्पन्न

हेटौडा । नेकपा(माओवादी केन्द्र) जिल्ला संगठन समिति, मकवानपुरले आज बृहत बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा (माओवादी केन्द्र)का ३ नं. प्रदेश इन्चार्ज हितमान शाक्यले देश माओवादीको मुद्धामा हिड्ने तर जनमत भने पक्षमा आउन नसक्नुको कारण जनतामाझ माओवादी पुग्न नसेको निष्कर्ष निकाल्नुभएको छ । 
    आज भएको जिल्ला स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो–“अब कार्यकर्ताले चुनाव लड्न पैसा नै सबैथोक होइन भन्ने कुरा बुझ्दै मुल कुरा संगठन, क्रियाशिलता र जनसम्बन्ध जोड्ने कुरा हो ।” उहाँले हामी अरु पार्टी भन्दा फरक नदेखिने परिस्थिति बनेको छ त्यसलाई तोड्दै अघि बढ्न कार्यकर्तालई आग्रह गर्नुभयो । कार्यक्रममा पार्टीकै ३ नं. प्रदेशका संयोजक झक्कुु प्रसाद सुवेदीले माओवादी सिद्धान्त र विचारलाई भन्दा प्राविधिक कुरातिर बढी केन्द्रित भएको विचार राख्नुभयो।
    जिल्ला इन्चार्ज कुमारी मोक्तानको अध्यक्षतामा भएको बैठक प्रशिक्षणमा पार्टीका केन्द्रीय कार्यालय सदस्य सुर्य सुवेदी (पथिक), दिलिप कुमार प्रजापति (भिष्म)ले पनि पार्टीको योजनालाई कार्यान्वयन गर्न जोड दिनुभयो । बैठक÷प्रशिक्षणमा १० ओटा गाउँ÷नगरपालिकाका पार्टी इन्चार्जहरुले पार्टीको अवस्थाबारे रिर्पोट राखेका थिए । कार्यक्रम पार्टीका जिल्ला संयोजक प्रेम बहादुर पुलामीले संचालन गर्नुभएको थियो ।  
 


world-link-1690434568.jpg
मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...

चित्लाङमा नेपाली काङ्ग्रेस द्वारा अग्रज नेता कार्यकर्ता सम्मान
FB_IMG_1715524598064-1715524641.jpg

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी...

साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
1715508960244-1715508992.jpg

एक युगमा एक पटक इतिहास मै पहिलो पटक आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ ।...

मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी
1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको...

थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...