jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओवादीले बनायो वडादेखि राष्ट्रिय सम्मेलनसम्म प्रतिनिधिको मापदण्ड

images-1635415129.jpg

आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा केन्द्रित रहेको नेकपा माओवादी केन्द्रले सबै तहका सम्मेलनमा सहभागी हुने प्रतिनिधित्वको विषयमा मापदण्ड बनाएको छ ।  कात्तिक १, २ र ३ गते बसेको स्थायी समितिको बैठकले वडा तहदेखि राष्ट्रिय सम्मेलनसम्म सहभागी हुने प्रतिनिधिहरूका विषयमा मापदण्ड बनाएको हो ।

 

 

राष्ट्रिय सम्मेलनका लागि प्रदेशहरूबाट कुल ६ सय प्रतिनिधि संख्या तोकिएको छ भने प्रत्येक प्रदेशलाई कम्तिमा ३० जना प्रतिनिधिको व्यवस्था गर्ने र बाँकी प्रतिनिधि पार्टी सदस्य संख्याको अनुपातमा प्रदेशले छान्न पाउने माओवादी बैठकले निर्णय गरेको छ । माओवादीले टोल भेला कात्तिक २७ गते, वडा भेला मंसिर ४, पालिका सम्मेलन मंसिर ११ र प्रदेश सम्मेलन मंसिर २५ गतेका लागि तय गरेको छ । राष्ट्रिय सम्मेलन पुस १३, १४ र १५ गतेका लागि तय गरिएको छ ।

राष्ट्रिय सम्मेलनमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु सबै आयोजक एवं प्रतिनिधि मानिनेछन् । पार्टी मातहतको आयोग, सल्लाहकार परिषद् र जेष्ठ नागरिक मञ्चका पदाधिकारी एवं सदस्यहरु पनि स्वतः प्रतिनिधि हुनेछन् । यसैगरी सबै विभागका प्रमुख र उपप्रमुखसमेत १० प्रतिशतले सम्मेलनमा सहभागिताको अवसर पाउनेछन् । केन्द्रीय समितिले कुल प्रतिनिधि संख्याको १० प्रतिशत मनोनित गर्ने निर्णय माओवादी स्थायी कमिटीको बैठकले गरेको छ ।

​राष्ट्रिय परिषदमा पदेन सदस्यहरुको संख्याको २० प्रतिशत मनोनित गर्ने व्यवस्था भएअनुसार मनोनित २० प्रतिशत मध्येबाट १० प्रतिशत नेता–कार्यकर्ताहरु राष्ट्रिय सम्मेलनको प्रतिनिधि हुन पाउने माओवादीले व्यवस्था गरेको छ । यसैगरी आयोजक र केन्द्रीय निकायका प्रतिनिधिभन्दा प्रदेशबाट चुनिने प्रतिनिधि बहुमत हुने व्यवस्था गरिएको माओवादीले जनाएको छ ।

प्रदेश सम्मेलनमा को–को बन्न पाउँछन् प्रतिनिधि ?

 माओवादीले प्रदेश सम्मेलनका लागि पनि प्रतिनिधिको मापदण्ड तय गरेको छ । जसअनुसार प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु आयोजक हुनेछन् । प्रदेशस्तरीय निकायका पदाधिकारी र सदस्यहरु प्रदेश सम्मेलनको प्रतिनिधि हुनेछन् । यस्तै प्रदेश स्तरीय विभागहरूबाट १० प्रतिशतका दरले प्रतिनिधि चयन हुनुपर्ने व्यवस्था पनि गरिएको माओवादीका एक नेताले बताए ।

यसैगरी प्रदेश समितिले स्थानीय पालिकाहरुबाट प्रतिनिधिहरू चयन गर्नका लागि प्रदेशभित्रका सबै पालिकाहरुको प्रतिनिधित्व ४ सय कायम गरिएको र सो संख्यालाई पालिकाहरुको सदस्य संख्याको अनुपातमा प्रदेशले विभाजन गर्नुपर्ने ती नेताले जानकारी दिए । उनका अनुसार प्रदेश समितिले सम्मेलनमा प्रतिनिधित्व हुने कुल सदस्य संख्याको १० प्रतिशत मनोनित गर्न सक्नेछ ।

पालिका सम्मेलनको मापदण्ड 

माओवादी केन्द्रले पालिकास्तरीय प्रतिनिधित्वको मापदण्डसमेत टुंगो लगाएको छ । जसअनुसार सम्बन्धित पालिका समितिका पदाधिकारी र सदस्य आयोजक प्रतिनिधि हुनेछन् भने पालिकास्तरका निकायका पदाधिकारी र सदस्यहरु सम्मेलनका प्रतिनिधि हुनेछन् । यस्तै विभागहरूबाट १० प्रतिशत प्रतिनिधि चयन गर्नुपर्नेछ । 

महानगरपालिकाहरुको चार सय, उपहानगरपालिकाको तीन सय, नगरपालिकामा दुई सय र गाउँपालिकामा १५० जना प्रतिनिधि कायम गरिएको माओवादीले जनाएको छ । वडा सम्मेलनहरूको हकमा आफ्नो वडामा रहेका कुल सक्रिय सदस्य संख्याको कम्तिमा ५१ प्रतिशत नघट्ने गरी प्रतिनिधित्व गराउनुपर्ने माओवादीले मापदण्ड बनाएको छ ।

पार्टीका हरेक समितिहरुमा महिला ३५ प्रतिशत, दलित २५, युवा २० र मुस्लिम ५ प्रतिशत समावेशी हुने विधानको व्यवस्थालाई ध्यानमा राखी सम्मेलनहरूमा प्रतिनिधित्व गराउन स्थायी कमिटीको बैठकले मातहममा निर्देशन दिएको एक स्थायी कमिटी सदस्यले बताए ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...