pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

माओबादीकै एजेन्डामा देश चलेको छ : कुमारी मोक्तान

कात्तिक ०६/नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवं मकवानपुर ईन्चार्ज कुमारी मोक्तानले देश माओवादीको एजेण्डाअनुसार चलेकाले आगामी दिनमा माओवादी शक्तिशाली पार्टी बन्ने बताएकी छिन् । 

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) हेटौंडा ९ को शनिबार आयोजित प्रथम वडा सम्मेलनको उदघाटन गरेपछि उनले नेपालमा विचारको हिसाबले माओवादी सबैभन्दा उत्कृष्ट रहेको भन्दै आमनेपालीको पार्टी बन्ने दाबी गरिन् ।

राष्ट्रियता, जनता, महिला, दलित, आदिवासी जनजाति, मधेशी, उत्पीडित बर्गको उत्थानको लागि पार्टीले महत्वपूर्ण भुमिका खेलिरहेको भन्दै उनले विगतमा पार्टी विभाजन भएपनि चाँडै सबै गोलबद्ध हुने जिकिर गरिन् । 

दश बर्षे जनयुद्धमार्फत् धेरै उपलब्धीमध्ये महिलाको ३३ प्रतिशत आरक्षणपनि एक रहेको भन्दै बागमती प्रदेशकी सांसदसमेत रहेकी मोक्तानले ५० प्रतिशत महिला आरक्षण माग गर्ने एकमात्र संगठन अनेमसंघ क्रान्तिकारी रहेको बताईन् ।

बर्तमान केन्द्र सरकारमा सबैभन्दा धेरै महिला मन्त्री माओवादीले बनाएको भन्दै उनले मकवानपुरमा १ नम्बरको पार्टी बनाउँने अभियानमा रहेको समेत बताईन् । यसैबिच, अनेमसंघ क्रान्तिकारीको वडा सम्मेलनले मञ्जु देवकोटाको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । 

समितिको उपाध्यक्षमा अञ्जु न्यौपाने, सचिवमा दिलकुमारी तामाङ, कोषाध्यक्षमा रसिला ढकाल लगायत रहेका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) हेटौंडा ९ की अध्यक्ष गौरी राईको सभाध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका हेटौंडा नगर ईन्चार्ज विवेक राई, नगर अध्यक्ष तिर्थ बहादुर थापा मगर, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय सदस्यहरु रञ्जना श्रेष्ठ, लक्ष्मी माझी, मकवानपुर जिल्ला कमिटि अध्यक्ष लक्ष्मी पाख्रिन लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg