jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

माओबादीकै एजेन्डामा देश चलेको छ : कुमारी मोक्तान

कात्तिक ०६/नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवं मकवानपुर ईन्चार्ज कुमारी मोक्तानले देश माओवादीको एजेण्डाअनुसार चलेकाले आगामी दिनमा माओवादी शक्तिशाली पार्टी बन्ने बताएकी छिन् । 

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) हेटौंडा ९ को शनिबार आयोजित प्रथम वडा सम्मेलनको उदघाटन गरेपछि उनले नेपालमा विचारको हिसाबले माओवादी सबैभन्दा उत्कृष्ट रहेको भन्दै आमनेपालीको पार्टी बन्ने दाबी गरिन् ।

राष्ट्रियता, जनता, महिला, दलित, आदिवासी जनजाति, मधेशी, उत्पीडित बर्गको उत्थानको लागि पार्टीले महत्वपूर्ण भुमिका खेलिरहेको भन्दै उनले विगतमा पार्टी विभाजन भएपनि चाँडै सबै गोलबद्ध हुने जिकिर गरिन् । 

दश बर्षे जनयुद्धमार्फत् धेरै उपलब्धीमध्ये महिलाको ३३ प्रतिशत आरक्षणपनि एक रहेको भन्दै बागमती प्रदेशकी सांसदसमेत रहेकी मोक्तानले ५० प्रतिशत महिला आरक्षण माग गर्ने एकमात्र संगठन अनेमसंघ क्रान्तिकारी रहेको बताईन् ।

बर्तमान केन्द्र सरकारमा सबैभन्दा धेरै महिला मन्त्री माओवादीले बनाएको भन्दै उनले मकवानपुरमा १ नम्बरको पार्टी बनाउँने अभियानमा रहेको समेत बताईन् । यसैबिच, अनेमसंघ क्रान्तिकारीको वडा सम्मेलनले मञ्जु देवकोटाको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । 

समितिको उपाध्यक्षमा अञ्जु न्यौपाने, सचिवमा दिलकुमारी तामाङ, कोषाध्यक्षमा रसिला ढकाल लगायत रहेका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) हेटौंडा ९ की अध्यक्ष गौरी राईको सभाध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका हेटौंडा नगर ईन्चार्ज विवेक राई, नगर अध्यक्ष तिर्थ बहादुर थापा मगर, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय सदस्यहरु रञ्जना श्रेष्ठ, लक्ष्मी माझी, मकवानपुर जिल्ला कमिटि अध्यक्ष लक्ष्मी पाख्रिन लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...