Monday, 20 May, 2024
राजनीति

मन्त्री मण्डल हेरफेर गरेर तत्कालकाे विवाद समाधान गर्ने मनस्थितिमा ओली

download-1595494834.jpg

 प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनःगठन गरि नेकपा भित्रकाे तत्कालकाे विबाद समाधान गर्ने तयारी अघि बढाउनुभएको छ ।

नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको अवस्थामा प्रधानमन्त्री ओलीले सो तयारी अघि बढाउनुभएको बुझिएको छ । सबैलाई समेटिएर मन्त्रिपरिषद् पुनःगठन गर्न लागिएको हो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री ओलीबीच मन्त्रिपरिषद् पुर्नगठनबारे छलफल भइसकेको बताइएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्र असन्तुष्ट रहेका माधव नेपाल, झलनाथ खनाल समूहका नेताहरुलाई समेत मन्त्री बनाउने गृहकार्य अघि बढाउनुभएको छ ।

गत असार १८ गतेको नेकपा स्थायी कमिटी बैठकमा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए । नेकपाभित्र उत्पन्न विवाद समाधानका लागि प्रधानमन्त्री ओली सबै असन्तुष्ट समूहलाई समेटेर अगाडि बढ्ने मनस्थितिमा पुग्नुभएको हो । अब पुनःःगठन गर्ने बेला दुई वर्षदेखि मन्त्री रहेकालाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने अध्यक्ष प्रचण्डसँग सहमति गर्नुभएको छ ।

मन्त्रिमण्डलमा आफ्नो उपस्थिति नरहेकोमा असन्तुष्टि प्रकट गर्दै आउनुभएका वरिष्ठ नेता खनाल , उपाध्यक्ष वामदेव गौतमको समूह र वरिष्ठ नेता नेपाल निकट समूहका केही नेतालाई मन्त्री वनाउने सम्भावना रहेको छ । पूर्व माओवादीबाट जर्नादन शर्मा, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल,पम्फा भुषाल र प्रभु शाहलगायतको मन्त्री बन्ने सम्भावना रहेको छ ।

प्रधानमन्त्रीले पछिल्लो पटक गत मंसिर ६ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । उहाँले ६ जना मन्त्री नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी मन्त्रालयमा घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायातमा वसन्तकुमार नेम्वाङ,महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा पार्वत गुरुङलाई नियुक्त गरेका थिए । त्यस्तै राज्यमन्त्रीहरुमा मोतीलाल दुगड (उद्योग, वाणिज्य तथा आपूर्ति), नवराज रावत(स्वास्थ्य तथा जनसंख्या) र रामवीर मानन्धर (सहरी विकास राज्यमन्त्री) लाई नियुक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले केही राज्यमन्त्री परिवर्तन गरेर नयांँलाई राज्यमन्त्री बनाउने र आफ्ना सल्लाहकारहरुको समेत परिवर्तन गर्ने प्रधानमन्त्रीको तयारी छ । नेकपामा प्रदेशका मुख्यमन्त्री,पार्टीका प्रदेश इन्चार्ज र प्रदेशका मन्त्रीहरु समेत परिवर्तन गर्ने गरी दुई अध्यक्षबीच छलफल चलिरहेको छ ।अहिले प्रधानमन्त्री ओलीको क्याबिनेटमा २५ जना मन्त्री रहेका छन् ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण
ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका...

महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...