Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

1768134003232-1768134032.jpg

थाहा नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक प्रशिक्षण (ToT) तालिम सम्पन्न भएको छ। २०८२ साल पौष २७ गते पाइनस होटलमा सम्पन्न तालिम नगर उपप्रमुख भरत गोपालीज्यूको प्रमुख आतिथ्यता तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख माधवविक्रम मल्लज्यूको सभाध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा ENSSURE परियोजना इकाई, बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका Technical Officer कृष्ण घिमिरे, Being Youth का अध्यक्ष बसन्त कार्की, सचिव प्रविण विष्ट तथा कार्यक्रम व्यवस्थापक मनिषा बस्नेतको विशेष आतिथ्यता रहेको थियो।
पौष २१ गतेदेखि २७ गतेसम्म ७ दिन सञ्चालन गरिएको तालिममा नगरभित्रका १८ वटा माध्यमिक विद्यालयबाट २४ जना शिक्षकहरूको सहभागिता रहेको थियो। तालिमको सहजीकरण बरिष्ठ प्रशिक्षक राजु के.सी. र सन्तोष खनालले गर्नुभएको थियो।
तालिममार्फत १८ वटा माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत ६१६ जना विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। तालिमपछि प्रशिक्षित शिक्षकहरूले विद्यालयस्तरमा सुरुमा अभिभावकलाई अभिमुखीकरण गर्ने, त्यसपछि कक्षा ९ मा ६ वटा बृत्ति मार्गनिर्देशन सेसन सञ्चालन गर्ने र समिक्षा गर्ने कार्यक्रम रहेको छ। साथै, हाल कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूलाई आगामी वर्ष कक्षा १० मा थप एक सेसन सञ्चालन गरिने जानकारी दिइएको छ।
कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूको रुचि, क्षमता र खुबीको आधारमा क्षमता मापन गरी उपयुक्त बृत्ति छनोटमा सहयोग पुर्‍याउनु रहेको आयोजकले बताएका छन्। यस तालिमले विद्यार्थीहरूलाई भविष्यको अध्ययन र पेशा छनोटमा स्पष्ट दिशा दिने विश्वास लिइएको थाहा नगर शिक्षा शाखाका अधिकृत सुर्य बहादुर थिङले जनाए।

1768134010997-1768134032.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...