himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी, पाण्डे मुख्यमन्त्री बन्ने निश्चित


कात्तिक १०/ बागमती प्रदेशको मुख्यमन्त्रीको लागि ५९ जना सांसद्को हस्ताक्षरसहित राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । 

नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता पाण्डेले प्रदेशसभामा रहेका ४ वटा दलको समर्थनमा मुख्यमन्त्री पदमा दावी पेश गरेका हुन् । 

नेता पाण्डेले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका ५९ सांसदहरुको समर्थनमा मुख्यमन्त्री पदमा दावी पेश गरेका हुन् । 

बागमती प्रदेशकी मुख्यमन्त्री अष्ठलक्ष्मी शाक्यले नेपालको संविधानको धार १६७ को उपधारा १ को (क) अनुसार आफ्नो पदबाट राजिनामा दिएपछि प्रदेश प्रमुख यादव चन्द्र शर्माले राजिनामा स्विकृत गर्दै प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका थिए ।


सोही अनुसार बुधबार नै पाण्डेले काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपासहितका सांसदको समर्थनमा मुख्यमन्त्री पदमा दावी पेश गरेका हुन् । 


प्रदेश प्रमुख शर्माले जारी गरेको पत्र अनुसार प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई आफ्नो दावी पेश गर्नुपर्ने हुन्छ ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक संस्कार कायम राख्ने भन्दै बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजिनामा पेश गरेकी थिएन् । 

उनले बागमती प्रदेशको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजिनामाको घोषणा गरेकी थिएन् । 

गत भदौ २ गते नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री बनेकी शाक्य भदौ २५ गते बागमती प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत समाजवादी पार्टीलाई मान्यता दिँदै निर्वाचन आयोगको पत्र दर्ता भएसंगै अल्पमतमा परेकी थिएन् ।

शाक्य नेतृतवको सरकार अल्पमतमा परेसंगै ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने वाध्यता रहेको थियो । सोही अनुसार मुख्यमन्त्री शाक्यले गत असोज २४ गतेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को २ अनुसार विश्वासको मत लिन प्रस्ताव पेश गरेकी थिईन। 


सो प्रस्ताव माथि कात्तिक ४ गतेको प्रदेश सभा बैठकमा दलगत रुपमा छलफल भएको थियो भने आज बुधबार बसेको बैठकमा मत विभाजन हुने कार्य सूचि रहेको थियो । 


बागमती प्रदेशसभामा १०९ जना सांसद रहेका छन् । प्रदेश सरकार गठनका लागि ५५ सांसद आवश्यक हुन्छ ।

बागमती प्रदेशमा एमाले सभामुखसहित ४३ जना संसद् रहेका छन् । स–साना दलहरुको ८ जना संसद् रहेका छन् । जसमा विवेकशिल साझाको ३ जना, राप्रपा र नेमकीपाको २/२ र जसपाको १ जना सांसद् रहेका छन् । 
जसपा पनि गठबन्धनमा रहेको छ । 

सोही अनुसार गठबन्धनको कुल ५९ मत हुन जान्छ । जसमा माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३ सांसदहरु रहेका छन् ।

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg