pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी, पाण्डे मुख्यमन्त्री बन्ने निश्चित


कात्तिक १०/ बागमती प्रदेशको मुख्यमन्त्रीको लागि ५९ जना सांसद्को हस्ताक्षरसहित राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । 

नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता पाण्डेले प्रदेशसभामा रहेका ४ वटा दलको समर्थनमा मुख्यमन्त्री पदमा दावी पेश गरेका हुन् । 

नेता पाण्डेले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका ५९ सांसदहरुको समर्थनमा मुख्यमन्त्री पदमा दावी पेश गरेका हुन् । 

बागमती प्रदेशकी मुख्यमन्त्री अष्ठलक्ष्मी शाक्यले नेपालको संविधानको धार १६७ को उपधारा १ को (क) अनुसार आफ्नो पदबाट राजिनामा दिएपछि प्रदेश प्रमुख यादव चन्द्र शर्माले राजिनामा स्विकृत गर्दै प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका थिए ।


सोही अनुसार बुधबार नै पाण्डेले काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपासहितका सांसदको समर्थनमा मुख्यमन्त्री पदमा दावी पेश गरेका हुन् । 


प्रदेश प्रमुख शर्माले जारी गरेको पत्र अनुसार प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई आफ्नो दावी पेश गर्नुपर्ने हुन्छ ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक संस्कार कायम राख्ने भन्दै बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजिनामा पेश गरेकी थिएन् । 

उनले बागमती प्रदेशको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजिनामाको घोषणा गरेकी थिएन् । 

गत भदौ २ गते नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री बनेकी शाक्य भदौ २५ गते बागमती प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत समाजवादी पार्टीलाई मान्यता दिँदै निर्वाचन आयोगको पत्र दर्ता भएसंगै अल्पमतमा परेकी थिएन् ।

शाक्य नेतृतवको सरकार अल्पमतमा परेसंगै ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने वाध्यता रहेको थियो । सोही अनुसार मुख्यमन्त्री शाक्यले गत असोज २४ गतेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को २ अनुसार विश्वासको मत लिन प्रस्ताव पेश गरेकी थिईन। 


सो प्रस्ताव माथि कात्तिक ४ गतेको प्रदेश सभा बैठकमा दलगत रुपमा छलफल भएको थियो भने आज बुधबार बसेको बैठकमा मत विभाजन हुने कार्य सूचि रहेको थियो । 


बागमती प्रदेशसभामा १०९ जना सांसद रहेका छन् । प्रदेश सरकार गठनका लागि ५५ सांसद आवश्यक हुन्छ ।

बागमती प्रदेशमा एमाले सभामुखसहित ४३ जना संसद् रहेका छन् । स–साना दलहरुको ८ जना संसद् रहेका छन् । जसमा विवेकशिल साझाको ३ जना, राप्रपा र नेमकीपाको २/२ र जसपाको १ जना सांसद् रहेका छन् । 
जसपा पनि गठबन्धनमा रहेको छ । 

सोही अनुसार गठबन्धनको कुल ५९ मत हुन जान्छ । जसमा माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३ सांसदहरु रहेका छन् ।

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg