Saturday, 18 May, 2024
राजनीति

प्रधानमन्त्रीले गर्नुभएको मन्त्रिपरिषद् विस्तार बदर
ओलीले नियुक्ति गरेका २० मन्त्री पदमुक्त

८ असार। सर्वोच्च अदालतले गत जेठ २१ र २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरी सबै नयाँ मन्त्रीहरुलाई बर्खास्त गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले प्रधानमन्त्रीले गर्नुभएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । प्रतिनिधिसभा विघटन गरेको कामचलाउ चुनावी सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए । 

सर्वोच्चको आदेशपछि जनता समाजवादी पार्टीका ९ र एमालेका थपिएका मन्त्रीको पद गएको छ । मन्त्रिपरिषद्मा अब प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेलसहित ५ मन्त्रीमात्र बाँकी रहेछन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र २७ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेसँगै सरकार कामचलाउमा परिणत भएको थियो ।विघटन सम्बन्धी मुद्दा समेत सर्वोच्चमा विचाराधिन छ ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...