jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

प्रदेश सरकारको बजेट प्रचारमुखी, सत्ता पक्षलाई नै हेपियोः राजेन्द्र पाण्डे

rajendra-pandey-photo-768-1624264531.png

बागमती प्रदेशसभा सदस्य तथा नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रचारमुखी रहेको टिप्पणी गरेका छन् ।

रातोपाटीसँग कुराकानी गर्दै उनले बागमती प्रदेश सरकारले प्रचारमूखि नीति तथा कार्यक्रमलाई नै बजेटमा प्राथमिकतामा राखेको बताए ।

कोरोना नियन्त्रण, उपचार र खोपलाई प्राथमिकता दिएर बजेट ल्याउनु पर्ने भएपनि प्रदेश सरकारले जनअपेक्षा अनुसारका कार्यक्रम तथा बजेट ल्याउनबाट चुकेको उनले बताए ।

‘प्रदेश सरकारले कोरोना नियन्त्रण, उपचार र खोपलाई प्राथमिकतामा राखेर नागरिकको हित हुने बजेट ल्याउनु पर्ने हो तर त्यसो हुन सकेन, बजेटमा प्राथमिकतामा पर्नुपर्ने विषय सरकारले छुटाएको छ,’ उनले भने ।

उनले वर्तमान डोरमणि पौडेल नेतृत्वको सरकारले एमालेको माधव नेपाल समूहलाई विपक्षीको रुपमा हेरेको र आफूले दिएका सुझावलाई समेत वेवास्ता गरेर बजेट ल्याएको बताए ।

प्रदेश सरकार निश्चित व्यक्तिहरुसंगको छलफलमा चलिरहेको र सत्तापक्षको माधव नेपाल समूहका सांसदलाई विपक्षीको सोचले हेर्ने गरेकाले आफूहरुसँग छलफल गर्न नचाहेको र बजेट जन अपेक्षा भन्दा फरक आएको उनको धारणा छ ।

उनका अनुसार ‘प्रदेश सरकारले आफ्नै हिसाबमा चलेको छ । हामी सत्तापक्ष हौं तर प्रदेश सरकारले माधव नेपाल समूहका सांसद् (हामी)संग कुनै छलफल गरेको छैन । सत्तापक्षको विपक्षीको रुपमा हेरेकाले हाम्रा सुझाव समावेश नभएको देखिएको छ । त्यसैले बजेटमा जनताको अपेक्षा समावेश भएन ।’

सांसद् पाण्डेले बजेटमा आफ्ना सुझाव नसमेटिनु गलत भएकाले केही दिनमा नै बजेटमाथि छलफल हुने र त्यसमा संशोधनका लागि आग्रहसमेत गर्ने तयारी भइरहेको बताए ।

प्रदेश सरकारले सत्तापक्षलाई नै हेप्ने प्रवृत्ती देखाइरहे आफूहरुले पनि त्यसका बारेमा सोच्न बाध्य हुनु पर्ने र सोही अनुसारको अघि बढ्नु पर्ने अवस्थाको सृजना हुने उनको भनाई छ ।

‘प्रदेश सरकारले सत्तापक्षकै सांसद्को सुझावलाई ग्रहण गर्दिन भन्न मिल्दैन हामीले आफ्नो विचार र धारणा सरकार समक्ष राखेका छौं । सुझाव ग्रहण नगरी वेवास्ता गर्दै नभएपनि हुन्छ भन्ने व्यवहार देखाए त्यही बेला सोचौंला ।’ उनले थपे ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...