gumba-1715660528.jpg
Saturday, 18 May, 2024
राजनीति

प्रदेश सरकारको बजेट प्रचारमुखी, सत्ता पक्षलाई नै हेपियोः राजेन्द्र पाण्डे

rajendra-pandey-photo-768-1624264531.png

बागमती प्रदेशसभा सदस्य तथा नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रचारमुखी रहेको टिप्पणी गरेका छन् ।

रातोपाटीसँग कुराकानी गर्दै उनले बागमती प्रदेश सरकारले प्रचारमूखि नीति तथा कार्यक्रमलाई नै बजेटमा प्राथमिकतामा राखेको बताए ।

कोरोना नियन्त्रण, उपचार र खोपलाई प्राथमिकता दिएर बजेट ल्याउनु पर्ने भएपनि प्रदेश सरकारले जनअपेक्षा अनुसारका कार्यक्रम तथा बजेट ल्याउनबाट चुकेको उनले बताए ।

‘प्रदेश सरकारले कोरोना नियन्त्रण, उपचार र खोपलाई प्राथमिकतामा राखेर नागरिकको हित हुने बजेट ल्याउनु पर्ने हो तर त्यसो हुन सकेन, बजेटमा प्राथमिकतामा पर्नुपर्ने विषय सरकारले छुटाएको छ,’ उनले भने ।

उनले वर्तमान डोरमणि पौडेल नेतृत्वको सरकारले एमालेको माधव नेपाल समूहलाई विपक्षीको रुपमा हेरेको र आफूले दिएका सुझावलाई समेत वेवास्ता गरेर बजेट ल्याएको बताए ।

प्रदेश सरकार निश्चित व्यक्तिहरुसंगको छलफलमा चलिरहेको र सत्तापक्षको माधव नेपाल समूहका सांसदलाई विपक्षीको सोचले हेर्ने गरेकाले आफूहरुसँग छलफल गर्न नचाहेको र बजेट जन अपेक्षा भन्दा फरक आएको उनको धारणा छ ।

उनका अनुसार ‘प्रदेश सरकारले आफ्नै हिसाबमा चलेको छ । हामी सत्तापक्ष हौं तर प्रदेश सरकारले माधव नेपाल समूहका सांसद् (हामी)संग कुनै छलफल गरेको छैन । सत्तापक्षको विपक्षीको रुपमा हेरेकाले हाम्रा सुझाव समावेश नभएको देखिएको छ । त्यसैले बजेटमा जनताको अपेक्षा समावेश भएन ।’

सांसद् पाण्डेले बजेटमा आफ्ना सुझाव नसमेटिनु गलत भएकाले केही दिनमा नै बजेटमाथि छलफल हुने र त्यसमा संशोधनका लागि आग्रहसमेत गर्ने तयारी भइरहेको बताए ।

प्रदेश सरकारले सत्तापक्षलाई नै हेप्ने प्रवृत्ती देखाइरहे आफूहरुले पनि त्यसका बारेमा सोच्न बाध्य हुनु पर्ने र सोही अनुसारको अघि बढ्नु पर्ने अवस्थाको सृजना हुने उनको भनाई छ ।

‘प्रदेश सरकारले सत्तापक्षकै सांसद्को सुझावलाई ग्रहण गर्दिन भन्न मिल्दैन हामीले आफ्नो विचार र धारणा सरकार समक्ष राखेका छौं । सुझाव ग्रहण नगरी वेवास्ता गर्दै नभएपनि हुन्छ भन्ने व्यवहार देखाए त्यही बेला सोचौंला ।’ उनले थपे ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...