pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

प्रतिगमनविरोधी एकातिर, मतियारहरु अर्कातिर हुन्छन् : उपेन्द्र यादव

जनता समाजवादी पार्टी९जसपा० का अध्यक्ष उपेन्द्र यादवले पार्टीमा लोकतन्त्रका पक्षधर, प्रतिगमन विरोधीहरु एकातिर र त्यसका मतियारहरुले अर्कोतिर हुने बताएका छन् । बिहीबार नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले कुनै एउटा पार्टीमा मात्र नभई पूरै देशभर ध्रुवीकरण हुने उल्लेख गरे ।


अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा पार्टी नफुट्ने र फुटाउन पनि नहुने बताए । अहिले सरकार हटाउने र बनाउने खेलभन्दा पनि जनताले हासिल गरेको उपलब्धीको रक्षाको लडाइँ प्रमुख रहेको उनले उल्लेख गरे । 


अध्यक्ष यादवले जनताले लामो समय गरेको त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, मौलिक हकलगायतका उपलब्धि जोगाउनका लागि राजनीतिक लडाइँ चलिरहेको बताए । उनले भने, ‘जनताले प्राप्त गरेका उपलब्धिलाई समाप्त पार्ने र मुलुकलाई प्रतिगमनतर्फ लैजाने एउटा ध्रुव छ भने अर्को त्यसलाई जोगाउने । यो प्रतिगमन र अग्रमनबीचको लडाइँ हो ।’


यादवले अहिले विचार र मिसनको लडाइँ चलेको बताउँदै मिसनका पक्षमा जो अगाडि बढ्छ, ती एक ठाउँ हुने र त्यसमा कुनै पार्टी, जाति र वर्गको दायरा नहुने बताए । जो प्रतिगमनका पक्षमा रहन्छन् र उनीहरुको  मतियार हुन्छन् तिनीहरु अर्कोतिर ध्रुवीकरण हुने यादवले बताए ।

जसपा अध्यक्ष यादवले भने, ‘२०१७ सालमा राजा महेन्द्रले प्रतिगमन गर्दा कोही जेलमा परे, प्रतिगमनका विरुद्ध उभिने कोही निर्वासनमा जानुप७थभलसयो । जो प्रतिगमनका पक्षमा थिए, राजा महेन्द्रका पक्षमा लागेर मोज गरिरहेका थिए । हरेक ऐतिहासिक कालखण्डमा देखापर्ने स्वभाविक घटना हुन्छन् । अन्तिम जित जनताको पक्षमा उभिनेकै हुन्छ ।’

यादवले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने कुरामा पार्टीमा फरक विचार हुनु सामान्य घटना भएको टिप्पणी गर्दै सकेसम्म एकमतले निर्णय गर्ने दाबी गरे ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg