jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

'प्रचण्डले भनेजस्तै भयो, सेटिङ हो कि भन्दै अतालिय महेश बस्नेत

नेकपा एमालेका युवा नेता महेश बस्नेतले मन्त्रिपरिषद विस्तारविरुद्धको रिटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेजस्तै आदेश आएको भन्दै सेटिङको आशंका गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले प्रचण्डले विशेष सूचना भन्दै धादिङमा हिजो दिएको अभिव्यक्ति अनुसार नै अदालतको आदेश आएको भन्दै प्रश्न उठाएका हुन्। 

‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सुनियो।' 

उनले लेखेका छन्, ‘यो फैसला पछाडि आम रुपमा के प्रश्न उठेको छ भने अदालतका फैसलाहरू कि सेटिङमा हुने गर्दछन् कि न्यायालयहरूले सम्भाव्य फैसलाको पूर्वअनुमान खास ठाउँमा दिने गर्दछन्। कि प्रचण्डको भविष्यवाणी स्याल कराउनु कुखुरा हराउनु भएको हो।'

जे भए पनि न्यायालयको बारेमा अहिले भइरहेका गतिबिधि ठीक नभएको उनले उल्लेख गरेका छन्।

'राजनीति बिग्रँदा अराजकता फैलन्छ र न्यायालय बिग्रँदा जनतामा निराशा प्रकट हुने गर्दछ',  उनले लेखेका छन्, 'त्यसैले सम्बन्धित सबै गम्भिर हुन आवश्यक छ।’

उनले सर्वोच्चको अन्तरिम आदेशले संसद विघटनलाई सदर गरेको पनि दाबी गरेका छन्।  

'जे होस अन्तरिम आदेशको अन्तर्य हेर्दा प्रधानमन्त्रीले गरेको संसद विघटन गरेर गरेको निर्वाचन घोषणालाई भने स्विकार गरेको देखियो।' उनले लेखेका छन्। 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...