gumba-1715660528.jpg
Saturday, 18 May, 2024
राजनीति

'प्रचण्डले भनेजस्तै भयो, सेटिङ हो कि भन्दै अतालिय महेश बस्नेत

नेकपा एमालेका युवा नेता महेश बस्नेतले मन्त्रिपरिषद विस्तारविरुद्धको रिटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेजस्तै आदेश आएको भन्दै सेटिङको आशंका गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले प्रचण्डले विशेष सूचना भन्दै धादिङमा हिजो दिएको अभिव्यक्ति अनुसार नै अदालतको आदेश आएको भन्दै प्रश्न उठाएका हुन्। 

‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सुनियो।' 

उनले लेखेका छन्, ‘यो फैसला पछाडि आम रुपमा के प्रश्न उठेको छ भने अदालतका फैसलाहरू कि सेटिङमा हुने गर्दछन् कि न्यायालयहरूले सम्भाव्य फैसलाको पूर्वअनुमान खास ठाउँमा दिने गर्दछन्। कि प्रचण्डको भविष्यवाणी स्याल कराउनु कुखुरा हराउनु भएको हो।'

जे भए पनि न्यायालयको बारेमा अहिले भइरहेका गतिबिधि ठीक नभएको उनले उल्लेख गरेका छन्।

'राजनीति बिग्रँदा अराजकता फैलन्छ र न्यायालय बिग्रँदा जनतामा निराशा प्रकट हुने गर्दछ',  उनले लेखेका छन्, 'त्यसैले सम्बन्धित सबै गम्भिर हुन आवश्यक छ।’

उनले सर्वोच्चको अन्तरिम आदेशले संसद विघटनलाई सदर गरेको पनि दाबी गरेका छन्।  

'जे होस अन्तरिम आदेशको अन्तर्य हेर्दा प्रधानमन्त्रीले गरेको संसद विघटन गरेर गरेको निर्वाचन घोषणालाई भने स्विकार गरेको देखियो।' उनले लेखेका छन्। 


world-link-1690434568.jpg
गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...