jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

परिवर्तनलाई संस्थागत गर्न युवाको भुमिका महत्त्वपूर्ण : मोक्तान

Screenshot_20210912-13481-1631433895.png

भदौ, २७/नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) को भीमफेदी गाउँपालिकाको भेला शनिबार सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानले परिवर्तनलाई संस्थागत गर्न युवाहरुको प्रभावकारी भूमिका जरुरी रहेको बताएकी छन् । यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध अझै देशमा गम्भीर षडयन्त्रहरु निरन्तर भइरहेकाले त्यसलाई परास्त गर्न लगनशील युवाहरुको तागतले मात्रै सम्भव हुने उनको भनाइ थियो । जनचाहना अनुसारको समाजवाद उन्मुख राज्य व्यवस्था निर्माणकालागि युवा वर्गले स्वयंसेवकको भूमिका खेल्नुपर्ने उनले बताइन् ।

भेलाले बुद्धिमान बज्यूलाई अध्यक्षमा चयन गरिएको छ । उपाध्यक्षमा सुनिल कुमार लामा, अनोज विक, सचिव अनिता थापा, सहसचिव दिपक आले, सपना थिङ, कोषाध्यक्ष पेमा शेर्पा चयन भएका छन् । तसैगरी सदस्यहरुमा सुमन मोक्तान, राजु थापा मगर, अनिल पुडासैनी लगायत ३५ सदस्यीय नयाँ कार्यसमति चयन भएको माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिए ।

भेलामा बागमती प्रदेश कमिटी सदस्य सर्केश घलान, जिल्ला सचिवालय सदस्य प्रमिला पुलामी, वाइसीएल इन्चार्ज सुमन पाख्रिन, भिमफेदी गातपालिका पार्टी कमिटी इन्चार्ज बद्री स्याङतान , वाइसीएल मकवानपुर जिल्ला अध्यक्ष राजकुमार मोक्तान, सचिव लवराज ठकुरी, पार्टी जिल्ला समन्वय कमिटी सदस्य सन्तविर लो, अप्सरा लोप्चन, प्रीतिलाल लामा, रञ्जित राना, मदन वर्तौलालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...