pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

नेविसंघ मकवानपुरमा विवाद : एउटाले मान्यता पायो, अर्कोले ताला लायो

FB_IMG_1741361032268-1741361100.jpg

आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको विषयमा मकवानपुरको नेपाल विद्यार्थी (नेवि) संघको विवादले समस्या सृजना भएको छ ।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेवि संघको जिल्लामा दुइवटा समिति रहेको छ । लामो समयदेखि विवाद गर्दै आएका दुवै समूहले स्ववियु निर्वाचनका लागि संगठन दर्ता गरेपछि फेरि थप विवाद बढेको हो । सागर घिमिरे नेतृत्वको नेवि संघलाई मान्यता दिँदै बुद्ध बराम नेतृत्वको संगठनलाई निर्वाचनमा भाग लिन नपाउने अवस्था सृजना गरिएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसको निर्वाचन समितिको सचिवालयमा ताला लगाएको छ । संघले स्ववियु निर्वाचनका लागि बराम नेतृत्वको संगठनलाई खारेज गर्दै घिमिरे नेतृत्वको समितिलाई मान्यता दिएको थियो । संगठन दर्ताको क्रममा नेवि संघकै नामबाट घिमिरे नेतृत्वले तेस्रो नम्बरमा र बरामको नेतृत्वले चौथो नम्बरमा संगठन दर्ता गरेको थियो । निर्वाचन समितिले जारी गरेको संगठनको नाममा सागर घिमिरे नेतृत्वको नेवि संघलाई मान्यता दिइएको छ । आफू नेतृत्वको संगठनलाई निर्वाचनको प्रक्रियामा भाग लिन नदिने अवस्था सृजना गरेको भन्दै बराम नेतृत्वको नेवि संघले क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएर सचिवालयमा ताला लगाएको हो । फागुन १९ गते संगठन दर्ताको कार्यक्रम रहेको थियो ।

बुधबार स्ववियु निर्वाचन समितिले अध्यक्ष÷सभापति तथा संयोजकको नामसहित ६ वटा संघसंगठनको सूची प्रकाशन गरेको थियो । जसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (प्रसिद्ध रेग्मी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (दिपेश कार्की), नेपाल विद्यार्थी संघ (सागर घिमिरे), अखिल (क्रान्तिकारी) अभ्युदय खनाल, अखिल (समाजवादी) निर्मला गोले र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (समृत खतिवडा) रहेका छन् । आफ्नो नेतृत्वमा भएको संघलाई निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने गरी विभिन्न षड्यन्त्र गरी निर्वाचन समितिले संगठनको नाम हटाएकोले आन्दोलित हुनुपरेको नेवि संघका दुइमध्येका एक क्याम्पस अध्यक्ष बरामले बताए । उनले आफू नेतृत्वको संघठनलाई निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने वातावरण सृजना गरिए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । रेडियो मकवानपुर बाट 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg