pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

नेविसंघ मकवानपुरमा विवाद : एउटाले मान्यता पायो, अर्कोले ताला लायो

FB_IMG_1741361032268-1741361100.jpg

आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको विषयमा मकवानपुरको नेपाल विद्यार्थी (नेवि) संघको विवादले समस्या सृजना भएको छ ।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेवि संघको जिल्लामा दुइवटा समिति रहेको छ । लामो समयदेखि विवाद गर्दै आएका दुवै समूहले स्ववियु निर्वाचनका लागि संगठन दर्ता गरेपछि फेरि थप विवाद बढेको हो । सागर घिमिरे नेतृत्वको नेवि संघलाई मान्यता दिँदै बुद्ध बराम नेतृत्वको संगठनलाई निर्वाचनमा भाग लिन नपाउने अवस्था सृजना गरिएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसको निर्वाचन समितिको सचिवालयमा ताला लगाएको छ । संघले स्ववियु निर्वाचनका लागि बराम नेतृत्वको संगठनलाई खारेज गर्दै घिमिरे नेतृत्वको समितिलाई मान्यता दिएको थियो । संगठन दर्ताको क्रममा नेवि संघकै नामबाट घिमिरे नेतृत्वले तेस्रो नम्बरमा र बरामको नेतृत्वले चौथो नम्बरमा संगठन दर्ता गरेको थियो । निर्वाचन समितिले जारी गरेको संगठनको नाममा सागर घिमिरे नेतृत्वको नेवि संघलाई मान्यता दिइएको छ । आफू नेतृत्वको संगठनलाई निर्वाचनको प्रक्रियामा भाग लिन नदिने अवस्था सृजना गरेको भन्दै बराम नेतृत्वको नेवि संघले क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएर सचिवालयमा ताला लगाएको हो । फागुन १९ गते संगठन दर्ताको कार्यक्रम रहेको थियो ।

बुधबार स्ववियु निर्वाचन समितिले अध्यक्ष÷सभापति तथा संयोजकको नामसहित ६ वटा संघसंगठनको सूची प्रकाशन गरेको थियो । जसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (प्रसिद्ध रेग्मी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (दिपेश कार्की), नेपाल विद्यार्थी संघ (सागर घिमिरे), अखिल (क्रान्तिकारी) अभ्युदय खनाल, अखिल (समाजवादी) निर्मला गोले र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (समृत खतिवडा) रहेका छन् । आफ्नो नेतृत्वमा भएको संघलाई निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने गरी विभिन्न षड्यन्त्र गरी निर्वाचन समितिले संगठनको नाम हटाएकोले आन्दोलित हुनुपरेको नेवि संघका दुइमध्येका एक क्याम्पस अध्यक्ष बरामले बताए । उनले आफू नेतृत्वको संघठनलाई निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने वातावरण सृजना गरिए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । रेडियो मकवानपुर बाट 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...