jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

नेपाली काँग्रेस थाहा नगर सभापतिमा गोपालीको उम्मेदवारी

Screenshot_20210910-11185-1631252374.png

भदौ, २५/नेपाली काँग्रेसको थाहानगरको येहि भदौ २७ गते हुने नगर अधिवेशनमा वर्तमान उपसभापति भरत गोपालीले सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ  ।

पार्टीको गतिबिधि बढाउन, नीति र सिद्धान्त अनुरुप पार्टीलाई मजबुद गर्न आफू योग्य रहेको बताउँदै आफुले सभापति पदको उम्मेद्वारी दिने घोषणा गरेको गोपालीले थाहापाटी अनलाइनलाई बताउनुभयो ।
गर्नु भएको हो । 
नगर अधिवेशन नजिकिदैँ गर्दा गोपालीले सक्षम र सबल नेतृत्व चयनका लागि कार्यकर्तासँग आग्रह गर्नु भयो ।

आफु कार्यकर्ता माझ सधैं रहेको र कार्यकर्ता तथा आम नागरिकको सुख दुखमा सधै सहभागी भएकोले थाहा नगरमा नेपाली काँग्रेस पार्टीलाई बलियो, शक्तिशाली पार्टी बनाउनको लागि आफुले उम्मेदवारी घोषणा गरेको बताउनु भयो ।


नगर सभापति पदमा अरुको पनि उम्मेदवारी छ भन्ने प्रश्नमा गोपालीले 'प्रजातान्त्रिक पद्धतिमा योग्य ब्यक्तिहरुले चाहना राख्नु उपयुक्त भएको र सबैलाई समेटेर मजबुत संगठन बनाउन सबैले आफुलाई सघाउन आग्रह गर्नुभयो ।' 


गोपालीले काँग्रेसको संगठनलाई मजबुद बनाउन आफूसँग लिपिबद्ध योजना रहेको समेत बताउनु भयो ।  उहाँले आन्तरिक पार्टी सुदृढिकरणमा हाम्रो जिम्मेवारी,नयाँ सोच र नेतृत्वको लागि हाम्रो उम्मेद्वारी भन्ने नाराका साथ आफु उम्मेदवार भएको बताउनुभयो ।


विद्यार्थीकाल देखि नेपाली काँग्रेसको राजनीति सुरु गरेका गोपाली नेपाल किसान संघ मकवानपुर जिल्ला सचिव, नेपाली काँग्रेस थाहा नगर उपसभापतिको समेत जिम्मेवारी सम्हालिसक्नु भएको छ । गोपाली लायन्स क्लव अफ धादिङ पिस खानीखोलाको अध्यक्ष, पालुङ जेसीजको अध्यक्षको जिम्मेवारी समेत लिइसक्नु भएको छभने हाल थाहानगर उद्योग वाणिज्य संघका कोषाध्यक्ष, पालुङ बहुमुखी क्याम्पस संचालक समितिका सदस्य, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था पालुङ केन्द्रका संयोजक, पालुङ भ्याली हार्ट एकडेमीका संचालक अध्यक्ष समेत हुनुहुन्छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...