pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

नेकपा मकवानपु्रद्धारा पार्टी विधान विपरित कार्य गर्ने सात जनालाई कारबाही 

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मकवानपुरको बैठकले पार्टीको विधान,सिद्धान्त र नीति विपरीत काम गरेको भन्दै सात जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । 
पार्टी अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकले पार्टीका कार्यालय सदस्य एकलाल श्रेष्ठसहितलाई कारबाही गर्ने निर्णय गरेको हो । 
केही दिन अघि नेकपा ओली समूहका मकवानपुर संयोजक बनेका श्रेष्ठलाई  पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।

बैठकले पार्टी सचिवालय सदस्य लालबहादुर थापा, नगर सचिवालय सदस्य शालिकराम पुडासैनी, नगर सदस्य बोलबहादुर कार्की, राक्सिराङ गाउँपालिकाका पार्टी सचिव ओम स्याङ्तान, मनहरी गाउँपालिकाका पार्टी सचिव हेमलाल उप्रेती, कैलाश गाउँपालिकाका पार्टी अध्यक्ष बुद्धिबहादुर मोक्तानलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको नेकपा मकवानपुरका सचिवालय सदस्य तथा संगठन विभागका सहसंयोजक कमानसिं पाख्रिन “पृथक” ले जानकारी दिनु भयो  । कारबाही गरिएका थापा ओली समूहका जिल्ला सचिव, पुडासैनी नगर अध्यक्ष र कार्की नगर सचिव भएका छन् ।

बैठकले श्रेष्ठसहित ७ जनाले पार्टीको विधान, सिद्धान्त र नीति विपरीत काम गरेको भन्दै पार्टीको विधानको धारा ५६ को उपधारा ९क० को १,२ र ३ बमोजिम कारबाही गरिएको पाख्रिनले बताउनु भयो  । उक्त उपधारामा पार्टीको सिद्धान्त, नीति विपरीत काम गरेमा, पार्टी भित्र गुटबन्दी, षडयन्त्र गरेमा, पार्टी निर्णय उल्घन गरेमा कारबाही गर्न सक्ने उल्लेख छ ।

यसैगरी, बैठकले पार्टीको विभिन्न स्थानमा नयाँ जिम्मेवारी पनि दिने निर्णय गरेको छ । जसमा भीमफेदी गाउँपालिकाको पार्टी अध्यक्षको जिम्मेवारी प्रकाश पुडासैनीलाई दिने निर्णय गरेको नेता पाख्रिनले बताउनु भयो। उहाँका अनुसार राक्सिराङ गाउँपालिकाको पार्टी सचिवमा ज्ञानेन्द्र थोकर, मनहरी गाउँपालिकाको पार्टी सचिवमा नारायण श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ ।

पार्टीका केन्द्रीय सदस्य केदार न्यौपानेको आतिथ्यतामा बसेको बैठकमा केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज विरोध खतिवडा, केन्द्रीय सदस्य तथा मकवानपुर सहइन्चार्ज कुमारी मोक्तान, प्रदेश सचिवालय सदस्य तथा जिल्ला सचिव प्रेमबहादुर पुलामी, विष्णु विष्ट, प्रदेश सदस्य ओम घलान, सर्केश घलान, ललित घलानलगायतको सहभागिता रहेको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg