jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

नेकपा मकवानपु्रद्धारा पार्टी विधान विपरित कार्य गर्ने सात जनालाई कारबाही 

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मकवानपुरको बैठकले पार्टीको विधान,सिद्धान्त र नीति विपरीत काम गरेको भन्दै सात जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । 
पार्टी अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकले पार्टीका कार्यालय सदस्य एकलाल श्रेष्ठसहितलाई कारबाही गर्ने निर्णय गरेको हो । 
केही दिन अघि नेकपा ओली समूहका मकवानपुर संयोजक बनेका श्रेष्ठलाई  पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।

बैठकले पार्टी सचिवालय सदस्य लालबहादुर थापा, नगर सचिवालय सदस्य शालिकराम पुडासैनी, नगर सदस्य बोलबहादुर कार्की, राक्सिराङ गाउँपालिकाका पार्टी सचिव ओम स्याङ्तान, मनहरी गाउँपालिकाका पार्टी सचिव हेमलाल उप्रेती, कैलाश गाउँपालिकाका पार्टी अध्यक्ष बुद्धिबहादुर मोक्तानलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको नेकपा मकवानपुरका सचिवालय सदस्य तथा संगठन विभागका सहसंयोजक कमानसिं पाख्रिन “पृथक” ले जानकारी दिनु भयो  । कारबाही गरिएका थापा ओली समूहका जिल्ला सचिव, पुडासैनी नगर अध्यक्ष र कार्की नगर सचिव भएका छन् ।

बैठकले श्रेष्ठसहित ७ जनाले पार्टीको विधान, सिद्धान्त र नीति विपरीत काम गरेको भन्दै पार्टीको विधानको धारा ५६ को उपधारा ९क० को १,२ र ३ बमोजिम कारबाही गरिएको पाख्रिनले बताउनु भयो  । उक्त उपधारामा पार्टीको सिद्धान्त, नीति विपरीत काम गरेमा, पार्टी भित्र गुटबन्दी, षडयन्त्र गरेमा, पार्टी निर्णय उल्घन गरेमा कारबाही गर्न सक्ने उल्लेख छ ।

यसैगरी, बैठकले पार्टीको विभिन्न स्थानमा नयाँ जिम्मेवारी पनि दिने निर्णय गरेको छ । जसमा भीमफेदी गाउँपालिकाको पार्टी अध्यक्षको जिम्मेवारी प्रकाश पुडासैनीलाई दिने निर्णय गरेको नेता पाख्रिनले बताउनु भयो। उहाँका अनुसार राक्सिराङ गाउँपालिकाको पार्टी सचिवमा ज्ञानेन्द्र थोकर, मनहरी गाउँपालिकाको पार्टी सचिवमा नारायण श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ ।

पार्टीका केन्द्रीय सदस्य केदार न्यौपानेको आतिथ्यतामा बसेको बैठकमा केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज विरोध खतिवडा, केन्द्रीय सदस्य तथा मकवानपुर सहइन्चार्ज कुमारी मोक्तान, प्रदेश सचिवालय सदस्य तथा जिल्ला सचिव प्रेमबहादुर पुलामी, विष्णु विष्ट, प्रदेश सदस्य ओम घलान, सर्केश घलान, ललित घलानलगायतको सहभागिता रहेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...