Monday, 20 May, 2024
राजनीति

नेकपा फुट्दै फुट्दैन : सांसद रामनारायण बिडारी

नेकपामा अहिले देखिएको बिवाद सिद्धान्तमाथिको लडाई रहेको राष्ट्रिय सभा प्रत्यायोजित व्यबस्थापन तथा सरकारी आश्वासन समिति सभापति तथा नेकपा नेता रामनारायण बिडारीले बताउनुभएको छ । उहाँले दुई अलग बिचार र कार्यशैलीबाट आएका अलग–अलग समूहलाई ब्यस्थापन गर्नु सहज नभएको दावी गर्नुभयो ।

सरकारमा भएका र सरकार बाहिर भएकाहरु बिचको पनि सोचाई फरक हुदा अहिले पार्टी बिभाजनतिर जान लागेजस्तो देखिएको उहाँले बताउनुभयो । अहिले नेकपा सङ्कटमा रहेको स्वीकार गर्दै पार्टी एकीकरण हुनै बाँकी रहेको तर पार्टी संयन्त्र बनिसकेको अबस्थामा यस्तो दरार आउनु राम्रो नभएको बताउनुभयो ।

पाट्री सत्तामा गएपछि विश्वका धेरै कम्युनिष्टहरु बिलिन भएका उदाहरण दिदै उहाँले नेकपाले यस्तो रोगबाट बाहिरिनुपर्ने बताउनुभयो । आफैले बनाएका कमिटिको बैठक राख्दा पनि आउदिन भनेर एक पक्षिय नेता नआउनु दूर्भाग्य रहेको उहाको बुझाई छ । तर अहिले नेकपा नफुट्ने ठोकुवा गर्दै उहाँले सबै मिलेर जानुपर्ने बताउनुभयो । अब पार्टी बिभाजन भए जनताले सराप्ने उहाँले बताउनुभयो ।

सरकारको कामकारवाही राम्रो नभएको बताउदै उहाले कोभिड १९ को उपचारको सम्बन्धमा गरेको निर्णय गलत भएको बताउनु भयो । उहाँले दिनदिनै निर्णय फेरिरहनुले सरकारको बिश्वसनियता गुम्ने बताउनु भयो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
रास्वपामा शुद्धिकरणको आवश्यकता भैसकेको छ:- महामन्त्री ढकाल
1716221634224-1716221668.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीमा शुद्धिकरणको आवश्यकता महसुस भैसकेको बताएका...

थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण
ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका...

महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....