Wednesday, 22 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

नेकपा थाहा नगरपालिकाद्वारा चुनावी अभियानको औपचारिक सुरुवात

FB_IMG_1769259425445-1769259628.jpg

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) थाहा नगरपालिकाले मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लवशेर बिष्टलाई विजयी गराउने उद्देश्यसहित आफ्नो चुनावी अभियानको औपचारिक सुरुवात गरेको छ।
नेकपा थाहा नगरकमिटीका संयोजक बिनोद कुमार लामाको अध्यक्षतामा जेसीज हलमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा नगर तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नेताहरू प्रल्हाद लामिछाने, माधव तिमिल्सिना, गौतम बुद्ध लामा, रामचन्द्र बल, वीर बहादुर घलान ‘ज्वाला’, निर्वाचन परिचालन समिति मकवानपुर–२ का उपसंयोजक किश्वर बर्तौला, प्रदेश सदस्य, जिल्ला सदस्य, नगरकमिटी तथा वडा कमिटी सदस्यहरू सहभागी थिए।
कार्यक्रमबाट प्रदेश सदस्य इन्द्र श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ। साथै थाहा नगरपालिकाका १२ वटै वडामा पार्टी संयोजकहरूको नेतृत्वमा वडा–गत निर्वाचन परिचालन समिति गठन गरिएको जानकारी संयोजक बिनोद कुमार लामाले दिनुभयो। उहाँका अनुसार जनवर्गीय संगठनहरूलाई समेत आ–आफ्नो जिम्मेवारी तोक्दै परिचालन गरिनेछ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार लवशेर बिष्टले निर्वाचन जिते पनि नजिते पनि मकवानपुर क्षेत्र नं. २ को सर्वाङ्गीण विकासका लागि निरन्तर पहल गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जनताको आवश्यकता र समावेशी विकासलाई केन्द्रमा राखेर राजनीति गर्ने धारणा राख्नुभयो।
कार्यक्रमले नेकपाको चुनावी अभियानलाई थप व्यवस्थित र सशक्त बनाउने विश्वास व्यक्त गर्दै उपस्थित नेता तथा कार्यकर्ताहरूले एकताबद्ध भएर चुनावी मैदानमा होमिने प्रतिबद्धता जनाएका छन्।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png