Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

नेकपा थाहानगरको अध्यक्षमा अरुण सचिवमा सानोकाजी

MMMMMMMMMMMMM-1566724439.jpg


नेकपा मकवानपुरको आज बसेको जिल्ला सचिवालय बैठकले स्थानीय तहमा अध्यक्ष र सचिव तोकेको छ । पार्टी अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकले हेटौंडा उपमहानगरपालिकासँगै १० वटै स्थानीय तहमा अध्यक्ष र सचिव समेत चयन गरेको जिल्ला सचिव प्रेमबहादुर पुलामीले जानकारी दिए ।

पार्टी अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकले नेकपालको थाहा नगरपालिकाको अध्यक्षमा अरुण रायमाझि र सचिवमा सानोकाजी गोपाली चयन गरेका छन । यसैगरी हेटौंडा उपमहानगरपालिका कमिटिको अध्यक्षमा रघु आचार्य र सचिवमा तिर्थ बहादुर थापालाई चयन गरेको छ ।

सचिवालय बैठकले नेकपा बागमती गाउँपालिकाको अध्यक्षमा अरुण बल, सचिवमा उत्तम पौडेल चयन गरेको छ । बकैया गाउँपालिकाका अध्यक्ष नारायण प्रसाद तिमल्सीना, सचिवमा भक्तबहादुर खत्री, मकवानपुर गढी गाउँपालिकामा अध्यक्ष रामजी प्रसाद सापकोटा र सचिबमा राजकुमार खड्का चयन गरेको छ । भिमफेदी गाउँपालिकामा अध्यक्ष सानु थापा र सचिवमा दिपक गोले, इन्द्रसरोवर गाउँपालिकामा अध्यक्ष ऋसी पुणासैनी र सचिबमा ब्रिजु पदम लामा चयन हुनु भएको छ । बैलास गाउँपालिकामा अध्यक्ष बुद्धीबहादुर मोक्तान र सचिवमा लालसिंह गुरुङ, राक्सीराङमा अध्यक्ष हस्तबहादुर मोक्तान र सचिवमा ओमबहादुर स्याङतान, मनहरीमा अध्यक्षमा रामप्रसाद कालाखेती र सचिवमा हेमलाल उप्रेतीलाई चयन गरेको नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले बताईन् ।

बैंठकले नगर रगाउँपालिकाको अध्यक्ष र सचिव चयनसँगै जिल्ला कार्यालय टिमपनि चयन गरेको उनले बताए । स्थानीय तह भाग लगाएर सहमतिको आधारमा नेतृत्व चयन गरेको पुलामीले उल्लेख गरे । तत्कालिन नेकपा एमालेको भागमा ६ वटा स्थानीय तह तथा माओवादी केन्द्रको भागमा ४ वटा स्थानीय तहमा नेतृत्व चयन गरेको छ । जस अनुसार हेटौँडा उपमहानगरपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोबर गाउँपालिका तथा भीमफेदी गाउँपालिका तत्कालिन एमालेको भागमा परेको छ ।

राक्सीराङ गाउँपालिका, मनहरी गाउँपालिका, वागमती गाउँपालिका तथा थाहा नगरपालिका माओवादीको भागमा परेको छ ।
 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg