Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

नेकपा थाहानगरको अध्यक्षमा अरुण सचिवमा सानोकाजी

MMMMMMMMMMMMM-1566724439.jpg


नेकपा मकवानपुरको आज बसेको जिल्ला सचिवालय बैठकले स्थानीय तहमा अध्यक्ष र सचिव तोकेको छ । पार्टी अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकले हेटौंडा उपमहानगरपालिकासँगै १० वटै स्थानीय तहमा अध्यक्ष र सचिव समेत चयन गरेको जिल्ला सचिव प्रेमबहादुर पुलामीले जानकारी दिए ।

पार्टी अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकले नेकपालको थाहा नगरपालिकाको अध्यक्षमा अरुण रायमाझि र सचिवमा सानोकाजी गोपाली चयन गरेका छन । यसैगरी हेटौंडा उपमहानगरपालिका कमिटिको अध्यक्षमा रघु आचार्य र सचिवमा तिर्थ बहादुर थापालाई चयन गरेको छ ।

सचिवालय बैठकले नेकपा बागमती गाउँपालिकाको अध्यक्षमा अरुण बल, सचिवमा उत्तम पौडेल चयन गरेको छ । बकैया गाउँपालिकाका अध्यक्ष नारायण प्रसाद तिमल्सीना, सचिवमा भक्तबहादुर खत्री, मकवानपुर गढी गाउँपालिकामा अध्यक्ष रामजी प्रसाद सापकोटा र सचिबमा राजकुमार खड्का चयन गरेको छ । भिमफेदी गाउँपालिकामा अध्यक्ष सानु थापा र सचिवमा दिपक गोले, इन्द्रसरोवर गाउँपालिकामा अध्यक्ष ऋसी पुणासैनी र सचिबमा ब्रिजु पदम लामा चयन हुनु भएको छ । बैलास गाउँपालिकामा अध्यक्ष बुद्धीबहादुर मोक्तान र सचिवमा लालसिंह गुरुङ, राक्सीराङमा अध्यक्ष हस्तबहादुर मोक्तान र सचिवमा ओमबहादुर स्याङतान, मनहरीमा अध्यक्षमा रामप्रसाद कालाखेती र सचिवमा हेमलाल उप्रेतीलाई चयन गरेको नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले बताईन् ।

बैंठकले नगर रगाउँपालिकाको अध्यक्ष र सचिव चयनसँगै जिल्ला कार्यालय टिमपनि चयन गरेको उनले बताए । स्थानीय तह भाग लगाएर सहमतिको आधारमा नेतृत्व चयन गरेको पुलामीले उल्लेख गरे । तत्कालिन नेकपा एमालेको भागमा ६ वटा स्थानीय तह तथा माओवादी केन्द्रको भागमा ४ वटा स्थानीय तहमा नेतृत्व चयन गरेको छ । जस अनुसार हेटौँडा उपमहानगरपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोबर गाउँपालिका तथा भीमफेदी गाउँपालिका तत्कालिन एमालेको भागमा परेको छ ।

राक्सीराङ गाउँपालिका, मनहरी गाउँपालिका, वागमती गाउँपालिका तथा थाहा नगरपालिका माओवादीको भागमा परेको छ ।
 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg