pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव

FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन सफल आफ्नी छात्रा सजिना रायमाझीलाई सम्मान गरेको छ।
विद्यालयले शुक्रबार विद्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरी उत्कृष्ट नतिजा ल्याएर नगर प्रथम बनेकी रायमाझीलाई कदरपत्र तथा नगद ५५ हजार ५ सय रुपैयाँसहित सम्मान गरेको विद्यालयका प्रधानाध्यापक बाबुलाल कार्कीले जानकारी दिए।
सोही अवसरमा विद्यालयबाट २०७९ सालको एसइइ परीक्षामा छात्रतर्फ नगर प्रथम बनेकी तथा हाल नेपाल सरकार चिकित्सा शिक्षा आयोगअन्तर्गत बीएसएन शैक्षिक कार्यक्रममा बंगलादेशस्थित IUBAT विश्वविद्यालयमा छात्रवृत्तिमा नाम निकाल्न सफल निरुता रायमाझीलाई पनि सम्मान गरिएको थियो।
सम्मानित विद्यार्थीहरुलाई विद्यालयका अध्यक्ष पुरुषोत्तम कार्की तथा निर्देशक सानोभाइ कार्कीले सम्मानपत्र, दोसल्ला तथा मायाको चिनोसहित सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै निर्देशक कार्कीले विद्यार्थीको लगनशीलता, शिक्षकको मेहनत र अभिभावकको त्यागबाट मात्रै उत्कृष्ट नतिजा सम्भव हुने उल्लेख गर्दै सफल विद्यार्थीहरुको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीका अभिभावकलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने सम्मानित विद्यार्थीहरुलाई शिखरकोट बजार परिक्रमा गराई उत्साहपूर्ण स्वागत गरिएको थियो। कार्यक्रममा शिक्षक, विद्यार्थी, एसइइ उत्तीर्ण विद्यार्थी तथा अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...