Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहा नगर अनिवार्य तथा निशुल्क नगरपालिका घोषित

449615896_138934736508810-1720020896.jpg

मकवानपुरको थाहा नगरपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको छ । बुधबार नगरको जेसीज हलमा एक सभाको आयोजना गरेर पालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको हो । बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय र पालिकाबीच भएको सम्झौता अनुसार पालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मुक्तानले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गर्न सजिलो नभएको बताउनुभयो। मन्त्री मोक्तानले कतिपय पालिकाले गर्न सक्छौ कि सक्दैनौ भन्ने अवस्थाको  बीचमा पनि थाहाले कार्यक्रम सफल गर्न सकेको बताउनुभयो । 
कतिपय पालिकाले बालमैत्री पालिका समेत घोषणा गरिसकेको उल्लेख गर्दै दोलखाको सबै पालिका अनिवार्य तथा निशुल्क पालिका घोषणा गरिसक्दा हामी अलि पछाडी परेको हो कि भन्ने भान परिरहेको बताउनुभयो ।
वहाँले आर्थिक बर्ष २०८१/०८२ मा प्रदेश सरकारले २५ वटा पालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा पालिका घोषणा गर्न बजेट छुट्टाएको बताउदै सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी कमजोर हुन नहुने उहाँको भनाइ छ । प्रदेश सरकारले अहिले शिक्षालाई केन्द्रमा राखेर काम गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक दिपेन्द्र सुवेदीले राज्यले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मन्चहरुमा राखेको प्रतिवद्द्ता आज स्थानीय सरकार मार्फत प्रदेश सरकारको सहजीकरणमा थाहा नगरपालिकाले प्रतिवद्द्ता सहित पूरा गरेर राज्यलाई गुण लगाएको बताउनुभयो। साथै सुवेदीले शिक्षक र विद्यार्थीलाई उत्प्रेरित गर्न वातावरण तयार गर्नुपर्ने  बताउदै अब थाहा नगरमा जन्मने सबै बच्चाहरु विद्यालय आउने र घर वा कतै काम नगरी विद्यालय आउने हुँदा आज देखि थाहा नगरपालिका बालश्रम मुक्त भएको पनि उल्लेख गरे।

कार्यक्रममा थाहा नगरपालिका प्रमुख बिष्णु बिष्टले विद्यालय जाने उमेरका नगरपालिकाका सबै बालबालिका विद्यालय गएकाले आफ्नो पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोेषणा गरिएको स्पष्ट गरे ।
निशुल्क शिक्षा घोषणा कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा, घोषणामा मात्र सीमित हुन नहुने भन्दै विद्यालयबाहिर रहेका बालबालिकालाई यसै शैक्षिक सत्रभित्र विद्यालय भर्ना गर्नुपर्ने चुनौती रहेको बताउनुभयो।

आर्थिक बर्ष २०८०/०८१ मा थाहा नगरपालिकाको सबै गाउँ टोल,बस्ती क्षेत्रभित्र गरिएको सर्वेक्षणमा नगरपालिकाका १२ वडाको ९ हजार ७ सय ४९ घरधुरी तथा ६४ वटा विद्यालय भित्र ४ देखि १३ बर्ष उमेर समुहका १७५ जना बालबालिका विद्यालय बाहिर रहेको पाइयपछि विद्यालय,महिला समूह,टोल विकास संस्था,शिक्षा शाखा,वडा शिक्षा समिति,नगर शिक्षा समिति,सामुदायिक सिकाइ केन्द्र र सबैको सामुहिक प्रयत्नमार्फत सबै बालबालिका विद्यालय भर्ना भएको र नगरपालिका भित्रका सबै वडाहरुमा अनिवार्य तथा निशुल्क शिक्षा कार्यक्रम लागुभएको वडागत रुपमा घोषणा भैसकेकाले थाहा नगरपालिका नगर शिक्षा समितिको २०८१ असार १६ गतेको निर्णय अनुसार १९ गते बुधवार देखि लागू हुनेगरी थाहा नगरपालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा लागू भएको स्थानीय तह घोषणा गरिएको हो।
थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको अध्यक्षता तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको घोषणा सभामा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,शिक्षा विकास निर्देशनालयका महानिर्देशक दिपेन्द्र सुवेदीको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रममा नेपाल शिक्षक महासंघका नगर अध्यक्ष राजाराम कार्की,नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद लामा,नेकपा एमालेका नगर सचीव सुजन रायमाझीले शुभकामना दिएका थिए।
नगर शिक्षा शाखा प्रमुख माधव विक्रम मल्लले घोषणा सभामा शिक्षा विकास निर्देशनालय र थाहा नगरपालिका बीच भएको सम्झौताको प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा थाहा नगरपालिका वडा अध्यक्षहरु,कार्यपालिका सदस्य नगर भित्र रहेका विभिन्न संघसंस्थाका प्रमुख,राजनैतिक दलका प्रतिनिधि,सामुदायिक विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी,शिक्षक संघ संगठनका प्रतिनिधिहरु,प्रधानाध्यापक,शिक्षक,विद्यार्थी हरुको उपस्थिति रहेको थियो।
सभामा २५ जना आर्थिक स्थिती कमजोर विद्यार्थी हरुलाइ शैक्षिक सामाग्री सहयोग गरिएको थियो।

अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयन भएसँगै अब नगरपालिका भित्रका सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तकबापतको रकम लिन पाउने छैनन् ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...