jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

थाहा नगरमा नेकपाको विस्तारित बैठक सम्पन्न 
प्रधानमन्त्रीले संबिधानको मर्ममा छुरा हान्नुभयो : खतिवडा


नेपाल कम्युनिष्ट पार्टी नेकपा थाहा नगरको बिस्तारित बैठकमा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज बिरोध खतिवडाले हाल प्रधानमन्त्रीले संबिधानमै उल्लेख नभएको अधिकार प्रयोग गरि संसद भंग गरेर संविधानमा छुरा हान्नुभएको बताउनुभयो ।
खतिवडाले आफ्नै पार्टी भित्र समेत सर्वसम्मत हुन नसक्ने मान्छे राजनेता नहुने भएकोले हाल प्रधानमन्त्रीले बोलेको कुराको पछि नलाग्न कार्यकर्ताहरुलाइ अनुरोध गर्नु भयो ।
नेकपा थाहा नगर कमिटि अध्यक्ष अरुण रायमाझीको अध्यक्षतामा भएको बैठकमा नेकपा बागमति प्रदेश कमिटि सचिवालय सदस्य बिष्णु बिष्ट, सदस्य महेश्वर सुबेदि, मकवानपुर जिल्ला कमिटि सचिवालय सदस्य तथा संगठन बिभाग सहसंयोजक कमान सिं पाख्रीन, जिल्ला कमिटि सचिवालय सदस्य तथा थाहा नगर इन्चार्ज बिष्णु प्रसाद ढकाल, जिल्ला कमिटि सदस्य तथा थाहा नगर सह इन्चार्ज लक्ष्मण बिष्ट, जिल्ला सदस्यहरु कल्याणबिक्रम घलान,  जयराम रायमाझी थाहा नगर सचिवालय सदस्य कल्पना बलामि लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।


बक्ताहरुले प्रधानमन्त्रीले संबिधानमै नभएको काम गरि जनतामा भ्रम छर्नु भएकोले अब सत्य र न्यायको पक्षमा लाग्न कार्यकर्ताहरुमा अनुरोध गर्नुभयो ।
बैठकमा नेकपा मकवानपुर जिल्ला कमिटि सचिवालय लवशेर बिष्ट, जिल्ला सदस्य तारा सिन्तान, गौतम बुद्ध लामा, ईश्वर लाल रुम्बा, किरणमान बल लगायतको उपस्थिति रहेको थियो ।
थाहा नगर कमिटि सचिब सानोकाजि गोपालीले संचालन गर्नुभएको कार्यक्रममा थाहा नगर कमिटि सचिवालय सदस्य बिनोद कुमार लामाले स्वागत मन्तब्य राख्नुभएको थियो ।


 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...