jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

थाहा नगरका जीर्ण मध्यकालीन ढुङ्गेधाराको जीर्णोद्धार हुने

dhara-1611223879.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिका पालुङमा जीर्ण अवस्थामा रहेको मध्यकालीन ढुङ्गेधाराको जीर्णोद्धार हुने भएको छ । ऐतिहासिक महत्व बोकेको ढुङ्गेधारा जीर्ण भएपछि संरक्षणको लागि स्थानीयवासीले निरन्तर पहल गर्दै आएकोमा वाग्मती प्रदेश सरकारको सहयोगमा जीर्णोद्धार हुन लागेको हो ।
यसअघि पछिल्लोपटक ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षणमा जोड दिँदै आएका वागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जीर्ण ढुङ्गेधाराको अवलोकन–निरीक्षण गरेका थिए । प्रदेशको खानेपानी तथा सरसफाइ डिभिजन–१ कार्यालयले पालुङमा ऐतिहासिक ढुङ्गेधाराको जीर्णोद्धार गर्न लागेको मन्त्री फुयाँलले जानकारी दिए । ढुङ्गेधारा जीर्णाद्धारको काम शुरु गर्नु अघि खानेपानी तथा सरसफाइ डिभिजन–१ कार्यालयका इञ्जिनीयर शेखर कोइराला, प्राविधिक यदुनाथ न्यौपाने र पुरातत्व विभागका ध्रुब अधिकारीसहितको टोलीले आज उपभोक्ता समितिसँग छलफल गरेको छ ।

ढुङ्गेधारा जीर्णाद्धारको लागि लागत स्टमेट तयार भई बजेटसमेत स्वीकृत भइसकेको र अब तुरुन्तै उपभोक्ता समितिसँग सम्झौता गरेर पुनर्निर्माणको काम शुरु गरिने इञ्जिनीयर खनालले जानकारी दिए । जीर्णोद्धारका लागि रु १६ लाख खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ ।

यसअघि राष्ट्रिय समाचार समितिले थाहानगरको ऐतिहासिक ढुङ्गेधारासँगै स्थानीय संस्कृति लोप हुने खतरासम्बन्धी आलेख प्रकाशन गरेको थियो । थाहा नगरमा रहेका ४५ वटा ऐतिहासिक ढुङ्गेधारामध्ये पालुङको डबलीमा रहेको जीर्ण ढुङ्गेधारा मध्यकालमा निर्माण गरिएको मानिन्छ । कालन्तरमा जीर्ण बन्दै गएपछि ४२ मौजाको जिम्मावाल रहेको बेला तोयापानी प्रधानले विसं १९९९ मा उक्त ढुङ्गेधारा जीर्णोद्धार गरी पुनर्निर्माण गरेका थिए । त्यसयता उचित संरक्षणको अभावमा दुईवटै ढुङ्गेधारा जीर्ण बन्दै गएका थिए ।

इञ्जिनीयर खनालले पालुङमा रहेका दुईवटै ढुङ्गेधाराको पुरातत्व विभागको मापदण्डअनुसार पुरानै शैलीमा जीर्णोद्धार गरिने बताए । दुबै ढुङ्गेधारामा गरुड, नारायण र सरस्वतिका मूर्ति रहेका छन् । एउटा धारामा रहेको सिङ्गमरमरको मूर्ति चोरी भएपछि बुद्धको मूर्ति राखिएको छ । केही वर्षअघिसम्म धारामा तिरतिर पानी आइरहेकोमा अहिले सुकेको छ
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...